Page header hundai

  • इनरुवा । अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफू बीपी र गिरिजाप्रसाद कोइरालाको कर्मभूमिमा उहाँहरूको उद्देश्य पूरा गर्न आएको बताउनुभएको छ ।  प्रतिनिधिसभाका लागि सुनसरी ४ का उम्मेदवार कार्कीले आफ्नो उज्ञेश्य नेता बन्ने मात्र नभएर बाँकी जीवन सुनसरीको विकासका लागि समर्पित गर्ने रहेको बताउनुभएको छ । 
    नेता कार्कीले भन्नुभयो, ‘बीपी र गिरिजाप्रसाद कोइरालाले मुलुकको समृद्धिका लागि जुन उद्देश्य बोक्नुभएको थियो, त्यो उद्देश्य पूरा गर्न भोजपुरबाट यहाँ चुनाव लड्न आएको हुँ ।’ राजनीतिक लडाइँ सकिएकाले मुलुकको विकासमार्फत समृद्धिका लागि आफूले काम गर्ने बताउनुभयो । शनिबार इनरुवा नगर पालिकाको वडा नम्बर ३ स्थित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अब यहीँ नै आफ्नो बाँकी जीवन बिताउने प्रतिबद्धता जनाउनुभयो ।
    अहिलेको चुनावमा मुख्य रूपमा यस क्षेत्रको विकास प्रमुख उद्देश्य रहेको बताउँदै उहाँले भन्नुभो, ‘यो क्षेत्रको जिम्मा मैले मात्र लिन सक्छु । यो क्षेत्रको विकासलाई राष्ट्रिय राजनीतिमा मैले मात्र जोड्न सक्छु । म निर्वाचित भएपछि यो क्षेत्रको विकास पाँच वर्षमा अन्यको तुलनामा यो क्षेत्रलाई १ नम्बर बनाउनेछु ।’ महिला, किसान र युवा लक्षित विशेष कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
    ‘नेपाली कांग्रेसको जित सुनिश्चित भएकाले विलम्ब नगरीकन तपाईहरू जनताको घरदैलोमा पुग्नुस्,’ उपस्थित कार्यकर्तालाई उहाँको निर्देशन थियो । आफूलाई विपक्षीले बाहिरबाट आएको भन्दै झुटो प्रचारवाजी गरेकोमा दुःख लागेको उहाँले बताउनुभयो । ‘म सुनसरीका लागि कुनै नौलो व्यक्ति होइन, भोजपुर मेरो जन्मभूमि भए पनि कर्मभूमि वा घरबार यही प्रकाशपुरमा छ ।’ नेपाली जनतालाई सम्पन्नता दिलाउने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँले बहुमतले निर्वाचित गराउन आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री कार्कीले दुई दर्जन युवालाई नेपाली कांग्रेस प्रवेश गराउनु भएको छ । 

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…