Page header hundai

  • काठमाडौं । पछिल्लो समय नायिका प्रियंका कार्की निकै चर्चामा छिन् । उनले खेलेका एक पछि अर्को चलचित्र हिट भएपछि उनको चर्चा धेरै भएको छ । छोटो समयमा चलचित्र क्षेत्रमा स्थापित हुनेमा प्रियंका पनि पर्छिन् । पहिलो चलचित्र असफल भए पनि त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । अहिलेकी व्यस्त नायिकामा पर्ने प्रियंकाले चलचित्र क्षेत्रमा पाइला चालेको करिब पाँच वर्ष पुगिसकेको छ । यसै वर्ष मात्र प्रियंका अभिनित लगभग आधा दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन् । सबैले राम्रो व्यापार गरेका छन् । हालै प्रदर्शनमा आएको ‘फाटेको जुत्ता’ ले पनि उत्कृष्ट व्यापार गरेको छ ।
    तर, केही समययता प्रियंका बलिउड प्रवेश गर्ने हल्लाले बजार तताएको छ । आफूले अभिनय गरेको ‘फाटेको जुत्ता’ को प्रमोसन छाडेर प्रेमी आयुष्मान देशराजलाई भेट्न मुम्बई गएको प्रियंकामाथि आरोप लागेको थियो । मुम्बई पुगेकी प्रियंकाले आफ्नो इन्स्टाग्राममा आयुष्मानसँगको केही तस्बिरसमेत सेयर गरेकी थिइन् । तर, पछि उनले आफूलाई लागेको आरोप खण्डन गर्दै आफू विशेष कामले मुम्बई गएको बताएकी छन् । उनले ‘यशराज स्टुडियो र अर्को एक प्रोजेक्टका लागि अडिसन दिन मुम्बई गएको’ खुलाएकी छन् । मुम्बईमा अडिसन दिएर प्रियंका गत सोमबार नै नेपाल फर्किसकेकी छन् । अहिले उनी आर्यन अधिकारीसँग केमेस्ट्री रहेको ‘बटरफ्लाई’ चलचित्रको डबिङमा छिन् । मुम्बईमा अडिसन दिन गएको उनको कुरालाई पत्याउने हो भने प्रियंका पनि बलिउड जाने तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।
    यस्तै, पूर्वमिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठले यशराज ब्यानरमा निर्माण भएको ‘सन्दीप और पिंकी फरार’ फिल्ममा अभिनय गर्ने कुराले नेपाली सिने क्षेत्र निकै गर्मायो । एक्कासि सृष्टिले हिन्दी फिल्म खेल्न लागेको भन्ने कुराले सिंगो नेपाली चलचित्र उद्योग नै चर्चामा आयो । अर्ज‘न कपुर र परिणीति चोपडा अभिनित ‘सन्दीप और पिंकी फरार’ नेपालको बैतडी जिल्ला आसपासमा सुटिङ हुँदैछ । सोही फिल्ममा सृष्टिले पनि अभिनय गर्ने पक्का रहेको समाचार आएपछि उनी तनावमा परिन् । चारैतिर बधाई र शुभकामनाको ओइरो लागेपछि उनले बाध्य भएर मुख खोलेकी छन् । सृष्टिले आफ्नो फेसबुकमा स्टाटस लेखेर आफूले सो फिल्ममा अभिनय गर्न लागेको भन्ने खबर सत्य नभएको बताएकी छन् ।
    ‘सूचना शक्ति हुन सक्छ, तर गलत सूचना चाहिँ शक्तिको दुरुपयोग हो । मेरा प्रिय समर्थकहरू, म यो जानकारी दिन चाहन्छु कि केही दिनयता मैले भारतीय फिल्ममा डेब्यु गर्न लागेँ भनेर आइरहेका समाचार अहिलेका लागि झुटा हुन् । कृपया, गलत सूचना ग्रहण नगर्न‘का साथै अफवाह नफैलाई दिनुहोला,’ सृष्टिले लेखेकी छन् । तर, भरपर्दो स्रोतका अनुसार ‘सन्दीप और पिंकी फरार’ मा नेपाली युवतीका लागि सृष्टिसँग कुराकानी भने भएको हो । धेरैले सोही फिल्मका लागि अडिसन दिन अर्की नायिका प्रियंका कार्की मुम्बई पुगेको हुन सक्ने आशंका गरेका छन् ।
    यसअघि बलिउडको एक चर्चित गीतको कभरमा अभिनय गरेकी सृष्टिको चर्चा त्यहीँबाट सुरु भएको थियो । बलिउडमा आफ्नो परिचय बनाउने दौडमा रहेकी सृष्टि केही समययता मुम्बईमा बस्दै आइरहेकी थिइन् । मुम्बई बसाइमा अडिसन दिएकी सृष्टि अडिसनबाट छानिएको बताइन्छ ।
    ‘गाजलु’ फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी सृष्टिले त्यसपछि ‘लाउरे’ फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्मभन्दा पनि उनी अभिनेता सौगात मल्लसँगको अफेयरका कारण समाचारमा छाउने गरेकी छिन् । ‘लाउरे’ चलचित्रको सुटिङताका नाडीमा पत्तीले काटेर आत्महत्या गर्न खोजेको भन्दै उनको चर्चा भएको थियो । उनी एक सातासम्म थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएकी थिइन् । हाल उनी पूर्ण स्वस्थ छिन् । तर, नयाँ चलचित्रमा भने अनुबन्ध भएकी छैनन् । सौगात मल्लसँग बिहेको तयारीमा रहेकाले सृष्टिले चलचित्र नखेलेको बताइन्छ ।

    भारतीय मिडियामा अदिती बुढाथोकीको चर्चा
    नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकी यतिखेर भारतीय मिडियामा छाएकी छन् । लामो समयदेखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदिती हाल छायाँकन भइरहेको चलचित्र ‘कृ’ मा अनमोलसँग रोमान्स गर्दै छिन् । झापामा जन्मिएकी अदितीले केही हिन्दी गीतको म्युजिक भिडियोमा काम गरिसकेकी छन् । केही समय अगाडि मात्रै उनको एक पञ्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । 
    हालै एबीपी नामक एक भारतीय लिडिङ अनलाइनले बलिउड अभिनेत्री सन्नी लियोनीसँग नाम जोडेर अदितीको समाचार बनाएको छ ।
    ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिँदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा बनाइएको उक्त समाचारमा अदितीका तस्बिरहरू फिचर छन् । समाचारमा बलिउडमा हट र बोल्ड नायिकाहरूको कमी नभएको, तर बलिउड नायिकालाई नै पछि पार्ने नेपालकी हिरोइन् अदिती बुढाथोकी भनेर लेखिएको छ । 
    केही समयअघि नायक अनमोल केसीबारे पनि भारतीय मिडियाले समाचार बनाएका थिए । जसमा नेपालका सबैभन्दा महँगा नायक भनेर अनमोलको चर्चा गरिएको थियो । त्यसबेला अनमोलले ‘कृ’ चलचित्रका लागि २५ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर बाहिरिएको थियो । 
    २५ लाख रुपैयाँ पारिश्रमिक लिने अनमोल पहिलो नायक हुन् । ‘कृ’ को सुटिङ पूरा भएको छ । चलचित्र माघ २६ गते प्रदर्शनमा आउने भएको छ । ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने निर्मातामा सुवास गिरी र भुवन केसी छन् ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…