Page header hundai

  • काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले आफ्नै कारण तीन–तीनपटक चुनाव हारेर ‘ह्याट्रिक’ कायम गर्न लागेपछि पार्टी पंक्तिमा खैलाबैला मच्चिएको छ । उनी काठमाडौं ५ बाट २०६४ र २०७० सालमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका थिए । यतिबेला कांग्रेसका बौद्धिक नेता डा.प्रकाशशरण महतसँग प्रतिस्पर्धा गर्दैछन् ।
    पोखरेलको अवस्था यसपटक विगतको भन्दा पनि कमजोर बन्नुको दुईवटा कारण रहेको स्थानीय बासिन्दा बताउँछन् । पहिलो कारण हो, कांग्रेसका उम्मेदवार डा.महत व्यक्तिगत रूपमा पनि निकै बलियो हुनु । दोस्रो कारण हो, पोखरेलले एमाले पार्टीभित्रैका गलत र भ्रष्टहरूलाई काखी च्याप्नु । उनले आफ्ना पिए नारायण सिलवाललाई प्रदेशसभाअन्तर्गत (क) मा उम्मेदवार बनाएका छन् । उनकी श्रीमती रत्ना गुरुङ समानुपातिकबाट सांसद बनेकी थिइन् । पोखरेलको सम्पत्ति घरजग्गाको कारोबारमा लगाएर अकुत कमाई गरेका नारायण सिलवाल त्यस क्षेत्रमा एमाले कार्यकर्ताबीच नै बद्नाम छन् । पोखरेल मन्त्री हुनेवित्तिकै रातारात अर्बपति बनेका सिलवालका कारण एमाले कार्यकर्तामा निराशा छाएको छ । स्थानीय नेता हरि अधिकारीलाई प्रदेशसभाको उम्मेदवार बनाएको भए पोखरेलको पराजय २०७० सालको जस्तै कम अन्तरमा हुने सम्भावना थियो । तर यसपटक उनले धेरै मतअन्तरले चुनाव हार्ने अवस्था छ ।
    दुवै प्रतिस्पर्धीलाई बाहिरको भनिए पनि त्यस क्षेत्रका लागि डा.महत स्थानीय हुन् । क्षेत्र नम्बर ५ र नुवाकोट जिल्ला जोडिएको छ । क्षेत्र नम्बर ५ का अधिकांश पुराना बस्तीसँग नुवाकोटको परम्परादेखि नै रोटीबेटीको सम्बन्ध छ । यस क्षेत्रका नयाँ बासिन्दामध्ये करिब ८० प्रतिशत नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, गोरखा, लमजुङ, तनहुँका छन् । जुन समाजसँग डा.महत विगत ४० वर्षदेखि घुलमिल भएका छन् । कक्षा ४ देखि नै काठमाडौं बसेर पढेका डा.महतलाई त्यस क्षेत्रकाले बाहिरका मान्दैनन् । 
    तर ओखलढुंगामा जन्मिएर उच्च शिक्षा जनकपुरमा पढेका पोखरेल चुनाव लड्न मात्रै त्यस क्षेत्रमा पुगेका हुन् । २०५६ सालमा मनमोहन अधिकारीको निधनलगत्तै पोखरेललाई उम्मेदवार बनाइएका कारण सेन्टिमेन्टका कारण उनले झिनो मतले चुनाव जितेका थिए । त्यसयताका चुनावमा भने उनलाई जनताले कहिल्यै पनि रुचाएनन् । यसैगरी, काठमाडौंको उत्तरी क्षेत्रको भविष्य जोडिएको टोखा–छहरे सुरुङमार्ग निर्माणका अवधारणाकार भएका कारण पनि त्यस क्षेत्रमा डा.महतप्रति धेरैले आशा गरेका छन् ।
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…