Page header hundai

  • काठमाडौं । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई पहिलो चरणमा निर्वाचन हुने सबै क्षेत्रमा लैजाने योजना बनाएको छ । यो क्रम गत शनिबार प्रदेश १ को ताप्लेजुङबाट सुरु भइसकेको छ । पार्टी सभापति देउवा ताप्लेजुङ, पाँचथर र सोलुखुम्वुको कार्यक्रम सम्पन्न गरी आइतबार राजधानी फर्केका छन् । 
    आफ्नो गृह निर्वाचन क्षेत्रमा विशेष परिस्थिति आइपरेका कारण नेता पौडेलले भने प्रदेश १ को कार्यक्रमका लागि सभापति देउवालाई साथ दिन सकेनन् । गोविन्दराज जोशी समूहले सहयोग गर्ने वा नगर्ने निधो नरहेका कारण नेता पौडेलले यसपटक अरु जिल्लामा समय दिन सक्ने सम्भावना कम देखिएको छ । पौडेल आफ्नै जिल्लामा व्यस्त छन् । जोशी समूहले अन्तर्घात गरेको अवस्थामा भने पौडेल र एमालेका उम्मेदवारबीचको मतअन्तर कम हुने सम्भावना छ । एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले जोशी समूहसँग आफ्नो सहकार्य भइसकेको बताएका छन्, तर जोशीका कार्यकर्ताहरूले भने आफूहरू अझै पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेको जनाएका छन् । जोशीले भनेकै आधारमा एमालेलाई जाने भोटको संख्या एक हजारदेखि १५ सयसम्म रहेको बताइन्छ । मंगलबार नै प्रधानमन्त्री देउवा सुदूरपश्चिमतर्फ लाग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एक हप्ता लामो चुनावी भ्रमणका लागि मंगलबार नै पश्चिम नेपाल पुग्नु भएको छ । मंसिर ४ गतेमात्र उहाँ काठमाडौं फकर्नु हुनेछ । नेपालगञ्जबाट सुरु हुने प्रधानमन्त्रीको चुनावी यात्रा धनगढी, डडेल्धुरा, बझाङ हुँदै बाजुरासम्म पुग्ने छ । समयले साथ दिएमा रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुसम्म जाने उहाँको योजना रहेको  प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

    पहिलो चरणमा मंसिर १० गते हुन लागेको चुनाव प्रचारका क्रममा   सभापति देउवाले शनिबार ताप्लेजुङ र पाँचथरको कार्यक्रमलाई तथा आइतबार सोलुखुम्बुका कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा देउवाले कम्युनिस्टहरूको गठबन्धन लोकतन्त्र र जनताको अधिकार समाप्त पार्दै जनतालाई दास बनाउने षड्यन्त्र भएको उल्लेख गर्दै सावधान रहन जनतालाई आग्रह गरेका छन् । 
    कम्युनिस्टको सिद्धान्तमा लोकतन्त्र र जनताको अधिकार भन्ने शब्द नै नहुने  उल्लेख गर्दै सभापति देउवाले भने– ‘कम्युनिस्ट भनेकै प्रजातन्त्र विरोधी शक्ति हो र उनीहरू कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन् । त्यसकारण कम्युनिस्टहरूको गठबन्धन भनेको जनताको अधिकार, लोकतन्त्र र संघीयताविरुद्धको गठबन्धन हो ।’ प्रजातन्त्रको स्थापना र जनताको अधिकार सुनिश्चित गर्न भएको लामो संघर्ष र बलिदानबाट नेपालमा लोकतन्त्र स्थापना भई जनता सार्वभौमसत्ता सम्पन्न यो देशको मालिक भएको उल्लेख गर्दै उनले भने, ‘जनताले प्राप्त गरेका यी अधिकारहरू कुनै पनि हालतमा खोसिन दिनु हुँदैन ।
    लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस बलियो भए मात्रै सुरक्षित गर्न सकिन्छ ।’ विश्वका कम्युनिस्टहरूको सैद्धान्तिक विचारका आधारमा देउवाले कम्युनिस्ट शासनमा जनताले बोल्न र लेख्न मात्र नउाउने होइन, आफूलाई अन्याय भयो भन्न समेत नपाइने स्थिति हुने बताए । मधेसी, जनजाति, आदिवासी, दलित सबै समुदायको अधिकार सुनिश्चित गर्न लोकतन्त्रमा मात्रै सम्भव भएको उल्लेख गर्दै देउवाले कम्युनिस्टहरू एक भएर लोकतन्त्र र जनताको अधिकार कमजोर बनाएर जनतालाई दास बनाउने षड्यन्त्रमा लागेको सभापति देउवाले बताए ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…