Page header hundai

  • काठमाडौं । कम्युनिस्ट गठबन्धन हुँदै साम्यवादमा पुग्ने नारा लिएर चुनावी मोर्चा बनाएको एमाले र माओवादी केन्द्रबीच आगामी निर्वाचनपछि मात्र पार्टी एकीकरण हुने भएको छ । निर्वाचनअघि मंसिर ९ गते नै पार्टी एकीकरण घोषणा हल्ला मात्र भएको पुष्टि भएको छ । स्वयं एमाले अध्यक्ष केपी ओलीले तत्काल दुई पार्टीबीच एकीकरण नहुने स्पष्ट पारिसकेका छन् । चुनावअघि नै पार्टी एकीकरणको हल्ला चलाउने एकता प्रयासको बाधक भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । 
    शीर्ष नेताको व्यवस्थापनलाई मात्र आधार बनाएर पार्टी एकीकरण घोषणाले एमाले–माओवादी केन्द्रमा ठूलै संकट निम्त्याउने भएको छ । तुलनात्मक रूपमा संस्थागत ढंगले चलेको एमालेमा माओवादीका अराजक कार्यकर्ताको प्रवेशपछि एमालेका प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्ने आशंकाले घोषणा स्थगित भएको हो । दुवै पार्टीका नेता कार्यकर्तालाई ‘सप्राइज’ दिने गरी एकता घोषणा गर्ने तयारी एक साताअघिदेखि गरिए पनि पहिले नै सार्वजनिक भएपछि दुवै पार्टीका शीर्ष नेतामा अन्तरविरोध सुरु भएको छ । 
    ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकप्करणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ,’ एक एमाले नेताले तरुणसँग भने । 
    पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापनको विषयमा छलफल भइरहेको बताइएको छ । पार्टी एकीकरणका लागि बनेको कार्यदलले अहिले ती विषयलाई कसरी टुंगो लगाउने भन्नेबारेमा छलफल गरिरहेको स्रोतले बतायो । एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाबीच एकीकरण गर्दा कुन कुन विषय टुंग्याएर घोषणा गर्ने भन्ने छलफल चलिरहेको छ । 
    ‘तत्काल केही बँुदामा पार्टीको सैद्धान्तिक मस्यौदा बन्नेछ, त्यसैको आधारमा सम्भवतः निर्वाचनपछि पार्टी एकीकरणको घोषणा हुनेछ,’ स्रोतले भन्यो । 
    तत्कालका चुनावी सभामा निर्वाचनपछि वामपन्थीहरू एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरण घोषणाको हल्ला चलाइएको हो । ‘एकीकरण घोषणा भए दुई तिहाइको सम्भावना हुन्छ,’ एमाले स्रोतले भन्यो । मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ भने माओवादीको हत्या हिंसालाई कसरी व्याख्या गर्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको बुझिएको छ । 
    पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखेर दुई पार्टीबीच वाम गठबन्धन गरिएको हो । एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको स्थानमा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा मत मागिएको छ भने माओवादीले एमालेलाई समर्थन गरेको स्थानमा एमालेको चुनाव चिन्ह सूर्यमा मत मागिएको छ । समानुपातिकतर्फ मात्रै बेग्लाबेग्लै चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ ।
    असोज १६ गते माओवादी केन्द्रको पदाधिकारी बैठकमा एमालेसँगको पार्टी एकताबारे छलफल गरेको थियो । माओवादीमा पार्टी एकीकरणको अन्तिम निर्णयका लागि अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । तर एमालेले भने माओवादी केन्द्रसँग तालमेल गर्ने भने पनि एकीकरणको औपचारिक निर्णय भने गरिसकेको छैन । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै पार्टीका नेताले एकता र तालमेललाई प्रभावकारी बनाउन यसअघि नै सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका छन् । एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा दिएका छन् । त्यहीअनुरूप अहिले भेला सभा समारोह तथा चुनावी कार्यक्रम तय भइरहेका छन् । 
    केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्न‘पर्ने विशेष निर्देशनमा उल्लेख छ । विशेष निर्देशनमा केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्यहरूले दुवै पार्टीको केन्द्रीय तहका बैठकमा सम्बोधन गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, एकता समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यले प्रदेश र जिल्लास्तरीय बैठकमा अनिवार्य रूपमा संयुक्त सम्बोधन गर्न‘पर्ने भनिएको छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…