Page header hundai

  • जनकपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको विरुद्ध सर्लाहीका राजपाका नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं ३ पुगेर उम्मेदवारी दिएको घटना चर्चाको विषय बनेको छ । मधेसी समुदायको आकांक्ष संविधानमा  समेट्न र  यसका लागि संविधान संशोधनमा समेत जुट्नु भएका निधि विरुद्ध  चुनाव लड्न सर्लाहीका महतो नै किन जनकपुर पुगे ?   महतो मधेसी समस्यालाई समान गर्नु भन्दा समस्या बल्झाएर राजनीतिक खेती गर्न चाहन्छन् ? भन्ने  आशंकाका साथ  यस क्षेत्रका चेतनशील मतदाता निधिलाई धेरै मत अन्तरले चुनाव जिताउन अहोरात्र खटिएका छन् । यस सन्दर्भमा निधि के भन्नु हुन्छ त ?
     तपाँईले आफ्ना प्राय जसो मतदातालाई भेटिसक्नु भएको छ ? चुनावी जोडघटाउ कस्तो पाउनु भयो ? भन्ने प्रश्नमा नेता निधिले भन्नु भयो–‘ यस क्षेत्रमा मतको जोड घटाउ गर्नुपर्ने आवश्यकता नै छैन । माओवादी र एमालेको, फोरम र राजपाको मत भन्दा कांग्रेसको मत यसै पनि धेरै नै बढी छ ।  त्यसमा पनि  गत स्थानीय निर्वाचनको मत परिणामको जोखना हेरेर अहिलेको मत परिणमको आंकलन गर्न मिल्दैन ।’  जनताले आँफूलाई चुनाव जिताउँछन् भन्ने कुरामा ढुक्क हुनुको कारणबारे सोधिएको प्रश्नमा नेता निधिले  जनताले मत दिने आधार दुई वटा रहेको उल्लेख गर्दै भन्नु भयो–‘ जनताको अधिकारका लागि को कत्तिको लडेको छ ? र  विकास निर्माणको काम कत्तिको गरेको छ ? भन्ने प्रश्नलाई आधार बनाएर जनताले  प्रतिनिधि रोज्छन् ।’ यी दुवै काम आँफूले गरेको उल्लेख गर्दै नेता निधिले भन्नु भयो–‘ विगत ४५ वर्ष यता मुलुकमा  अग्रगामी परिवर्तनका लागि  जेजति आन्दोलन भए  तिनमा मेरो सक्रीयताका साथ सहभागिता छ , ८–९ कक्षा पढ्दा देखि नै म जेल परेको छु , सिन्धुली , रामेछाप , नख्खु, केन्द्रिय कारागर गरी ७ वर्ष त म जेल नै बसेको छु , प्रहरी हिरासतको त गणना नै भएन ।’ यसैगरी  जनकपुर क्षेत्रको विकास निर्माणका सन्दर्भमा नेता निधिले भन्नु भयो–‘  पूर्वपश्चिम राजमार्गको  बर्दिवासदेखि जटही भन्सार सम्म ६ लेनको सडक धमाधम बन्दै गरेको जनताले देखिरहेका छन् । जनकपुरको  मात्रै होइन राष्ट्रकै गौरवसँग जोडिएको परिक्रमा सडक निर्माण भइरहेको पनि जनताले देखि रहेका छन् । मेरै प्रयासमा जनकपुरमा राजर्षी जनकविश्वविद्यालय स्थापना हुन गइरहेको छ ।’
     यस पटक  मधेस आन्दोलनका एक नेता पनि  प्रतिस्पर्धामा उत्रेका कारण  अलि कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ कि जस्तो लाग्दैन ? भन्ने प्रश्नको उत्तरमा नेता निधिले भन्नु भयो–‘ विगतमा रामराजाप्रसाद सिंह जस्तो उचाई भएको नेता मसँग चुनाव लड्दा पनि यही प्रश्न सोधिएको थियो , तर उहाँको जमानत जफथ भयो । जहाँसम्म अहिलेको प्रतिस्पर्धीको कुरा गर्नु हुन्छ, उहाँलाई त रामराजासँग तुलना गर्नै मिलेन ।’ आफ्नो प्रतिस्पर्धीलाई कम आक्नुको कारणबारे सोधिएको प्रश्नमा नेता निधिले धनुषा   ३ सचेत र सूचना प्रविधिको पहँच भएका मतदाताको बाहुल्यता रहेको निर्वाचन क्षेत्र भएको उल्लेख गर्दै भन्नु भयो–‘ तपाँइ जसको चर्चा गर्दै हुनुहुन्छ,  विगत केही वर्षदेखि हुलदंगा गर्दै आएको बाहेक राजनीतिक पृष्ठभूमी छैन, उहाँले मधेसी जनताको अधिकारका लागि अघि सारेको एउटा दस्ताभेज पनि जनताले देख्न पाएका छैनन् ।’ चुनावमा होमिइसके पछि आँफूलाई माथि र आफ्ना प्रतिस्पर्धीलाई तल ठान्ने त चलन नै हुन्छ नि होइन र ? भन्ने प्रश्नको उत्तरमा नेता निधिले  आँफ्नो जीवन खुला कितावको पाना जस्तै रहेको उल्लेख गर्दै भन्नु भयो–‘  म यहीँ जन्मे हुर्केको र विद्यार्थी जिवनदेखि नै यही राजनीतिक गर्दै आएको हुँ, मैले माथि नै भनिसकेँ कि, –‘ विगत ४५ वर्ष यता मुलुकमा  अग्रगामी परिवर्तनका लागि  जेजति आन्दोलन भए  तिनमा मेरो सक्रीयता र सहभागिता नभएको कुनै आन्दोलन र घटना छैन । ८–९ कक्षा पढ्दा देखि नै म जेल परेको छु , सिन्धुली, रामेछाप, नख्खु, केन्द्रिय कारागर गरी ७ वर्ष त म जेल नै बसेको छु , प्रहरी हिरासतको त गणना नै भएन । तर  हाम्रा नेता रामहरि जोशी पर्यटन मन्त्री हुँदा तपाइँले  अहिले नाम लिन खोजेका पात्र  एयरपोर्टको लोडरको ठेकेदार हुनुहुन्थ्यो ।, उहाँसँग कति लामो राजनीतिक इतिहास छ ? तपाँइहरुले खोजि गरे भइहाल्यो नि ।’
      कति मत अन्तरले चुनाव जित्ने आँकलन गर्नु भएको छ त ? भन्ने प्रश्नमा नेता निधिले  यसबारे निकट भविष्यमै पुष्टि हुने उल्लेख गर्दै भन्नु भयो–‘ तपाँइ हेर्दै जानोस् आश्चर्यजनक मत अन्तरले  जनताले मलाई चुनाव जिताउनुहुनेछ ।’
     चुनाव जितेपछि  यस क्षेत्रका लागि के के गर्नुहुन्छ ? भन्ने प्रश्नमा नेता निधिले संघीय  प्रतिनिधिसभाको मुख्य जिम्मेवारी मुलुकको नीति निर्माण रहेको उल्लेख गर्दै भन्नु भयो–‘ तर मैले सुरुवात गरेका विकास निर्माणलाई पुरा गर्दै जनकपुरको पुरानो प्रतिष्ठालाई कायम गर्ने मात्रै होइन अझै उचाइमा पु¥याउने प्रण गरेको छु ।  मिथिलाको राजधानी जनकपुर नै हुनेछ । संविधान संसोधनको अधुरो काम नेपाली कांग्रेसको नेतृत्वमा पुरा हुन्छ ।’
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…