Page header hundai
  • सविता प्रसाई सापकोटा


    विगतमा घटेका घटनाहरूको शृंखलाबद्ध विवरण नै इतिहास हो । मानव सृष्टिको अनौठो र रहस्यमय कहानी छ । सृष्टिको विकासक्रममा कैयौँ योनी पार गरेर निकै ठूलो प्रयासमा मात्र मनुष्यरूपी प्राणी पृथ्वीमा देखापरेको हो । मानव धर्तीमा देखिन थालेपछि विभिन्न युगहरूका नाम पनि उसले प्रयोग गरेका पाषाण हतियारका आधारमा  राखियो । जस्तै, प्राचीन पाषाण युग, मध्य पाषाण युग र नव पाषाण युग आदि । मनुष्य चोला पाए पनि मस्तिष्कको विकासक्रममा प्रकृतिसँग जुध्दै आफ्नो अस्तित्वको विकास गर्नु अर्को चुनौती थियो । एक पछि अर्को अवस्थामा फड्को मार्दै जाँदा मानवले जीविकोपार्जनका नयाँ नयाँ तौरतरिकाहरूको पनि आविष्कार गर्दै गयो । 
    मनुष्यको सभ्यताको सिर्जनापूर्व पाषाण युगदेखि नै भएको पनि स्वीकारिएको छ । सामूहिक संस्कृतिमा अभ्यास गरिरहेको मानवले विस्तारै ढुंगेयुगको अन्त्यदेखि नै पशुपालनलाई आफ्नो जीविकोपार्जन बनायो । यसरी विस्तारै जंगली कन्दमुल खोजेर गुजारा गर्ने मानव आफैँ अन्न उत्पादन गर्ने जातिमा परिवर्तित हुँदै गयो । यसक्रममा नयाँ नयाँ उपकरणहरूको आविष्कार गरी जीवनशैली सहज बनाउँदै गयो । अब खेतीबाट अन्न पशुपंक्षीबाट मासु, अण्डा अबका उत्पादन बन्न पुगे र गुफा संस्कृति पूर्ण रूपमा अन्त्य भयो । कृषि र पशुपालनले जीवन अझ सहज र सरलतातर्फ उन्मुख भयो । विस्तारै नयाँ नयाँ आविष्कारको जन्म हुन थाल्यो । फलामे युग र ताम्रयुगमा भित्रिएपछि जीवनशैलीमा नयाँ क्रान्ति नै आयो । खनजोतले जीवनमा निकै ठूलो आर्थिक परिवर्तन ल्यायो । अव पूर्ण रूपमा प्राकृतिमा निर्भर मानिस विस्तारै प्रकृतिलाई आवश्यकताअनुरूप उपयोग गरेर जीवनशैली अझ सहज बनाउँदै जान थाल्यो । सँगसँगै आफू सफल पनि हुँदै जान थाल्यो । खाने, लाउने, वा सम्पूर्ण रूपमा जीवनको सम्पन्नतातिर व्यक्ति उन्मुख हुँदै जान थाल्यो । फूर्सदको वेलामा अन्य पेसा पनि अपनाउन थाल्यो । विस्तारै बढी भएको अन्न बेचबिखनका लागि बजारको आवश्यकता महसुस गरी हाटबजारको स्थापन र विकासबारे सोच्न थाल्यो । बजारको विकास भएपछि अझ वैज्ञानिक तारिकाले उत्पादनमा ध्यान दिन थालियो र विस्तारैे समाज औद्योगितातर्फ उन्मुख हुन थाल्यो । समाजमा विस्तारै शिक्षा, कला संस्कृतिको विकास र जगेर्ना, नयाँ नयाँ आविष्कार तथा टेक्नोलोजी,  ललितकला, उद्योग आदिको विकासले अब समाज सरलताबाट जटिलतातर्फ उन्मुख हुन थाल्यो । 
    मानिसको कसरी विकास भयो, आफ्ना विचार र व्यवहारले कसरी संसारलाई परिवर्तन ग¥यो ? कसरी प्रकृतिमाथि विजय प्राप्त ग¥यो र कसरी भाषा, कला, संस्कृति, दर्शन, साहित्य, धर्म र ज्ञान विज्ञानको आविष्कार ग¥यो र आजको अवस्थामा आइपुग्यो भन्ने वास्तविक तथ्य नै इतिहास हो । त्यसैले इतिहासलाई मानिसले गरेको उन्नतिको एउटा सत्य तथ्य विवरणका रूप नै इतिहास हो भन्दै यसलाई विचार बुद्धिको भण्डारको रूपमा स्वीकारिएकोे पाइन्छ । आजको युग जहिले पनि बितेका युगसँग सम्बन्धित हुन्छ र भविष्यलाई बाटो देखाउने गर्दछ । त्यसैले इतिहासलाई पर राखेर मानिसको पूर्ण रूपमा अध्ययन हुन सक्दैन । 
    मानिस सृष्टिको धेरै पछि मात्र देखापरेको हो । पूर्णरूपमा मेधावी मानिस बन्न त अझ निकै समय कुर्नुप¥यो । जब दिमाग पूर्णरूपले मानिस सभ्य र सुसंस्कृत बन्न पुग्यो, तब उसलाई आफ्नो उत्पत्ति, विकास के कसरी भयो ? कसरी यो समाजको विकास ग¥यो ? र विकासका क्रममा के कस्ता उपलब्धिहरू हासिल भए ? भन्ने जिज्ञासा र कौतुहूलता जाग्न थाल्यो । यी सबै कौतुहूलता मेटाउनका लागि नै इतिहासको जन्म हुन पुग्यो । यस्ता कौतुहूलता बोकेर मानिसको विगत कोट्याउने विद्वानमा प्राचीन ग्रिसका हेरोडोटस, थ्युसिडाइडस र पोलिवियस मानिन्छन् । उनीहरूले तत्कालीन समाजमा आफ्नो अनुभव र लेखनले निकै महत्वपूर्ण स्थान बनाएका थिए । 
    हेरोडोटस पहिला व्यक्ति हुन्, जसले ५०० ई.पू. मा मानवको कार्य र विचारहरूलाई क्रमबद्ध रूपमा ऐतिहासिक गति प्रदान गरेका थिए । यसैको फलस्वरूप उनलाई ‘इतिहासको पिता’ भनिन्छ । उनले विश्वमा घट्न सक्ने घटनालाई क्रमबद्ध रूपले कथाको रूपमा वर्णन गरेका छन् । त्यसैले पनि उनलाई कथात्मक इतिहासको जन्मदाताको रूपमा चिनिन्छ । त्यस्तै, ई.पू ४११ म थ्युसीडाइडसले प्रबोधक इतिहासलाई जन्म दिएको मानिन्छ । तर वैज्ञानिकमा आधारित इतिहासको जन्मको श्रेय भने जर्मनीलाई छ । उन्नाइसौं शताब्दीमा जर्मन विद्वान राँकेले इतिहासको निर्माण वैज्ञानिक ढंगले गरे । उनले सन् १८२४ मा एउटा किताब प्रकाशित गरे, जसमा घटनाहरूको यथार्थलाई व्यवस्थित गरेर लेखन कार्यलाई अगाडि बढाइएको छ र निष्पक्ष ढंगले घटनाहरूको वर्णन गरिएको छ । यसपछि नैवुरले पनि यो कार्यलाई थप योगदान दिएको पाइन्छ । यस प्रकार धेरै लेखकहरूको अथक प्रयास र निरन्तरताको मिहिनेतको फलस्वरूप नै आजको वैज्ञानिक ऐतिहासिक लेखन अगाडि बढ्न सकेको हो । यो परम्परापछि युरोपभरि कायम भयो र विस्तारै पूरै विश्वमै इतिहासको महत्व फैलन पुग्यो । यसैको फलस्वरूप वैज्ञानिक इतिहासको स्थापना हुन पुग्यो । वास्तवमा इतिहास मानव जीवनको सुसंगठित विवरण हो । त्यसैले मानव जीवनको विवेचना गर्नु नै इतिहासको विषयको क्षेत्र हो । सम्पूर्ण विश्व मानवको निवास हो । बितिसकेका घटनाहरूलाई निष्पक्ष रूपले वर्णन गर्र्नु नै इतिहासको परम कर्तव्य हो । सम्पूर्ण मानवको विगत भएको कारणले यसको क्षेत्र पनि फराकिलो छ ।
    नेपालको इतिहास लेख्ने आफ्नै परम्परा छ । त्यसैले प्रारम्भदेखि नै इतिहास लेखनमा व्याख्यात्मक शैलीले स्थान पाएको छ । नेपालको इतिहास लेखन कार्य नेपाली लेखकभन्दा पनि विदेशी विद्वानबाट प्रारम्भ भयो । जो एउटा स्वतन्त्र लेखकभन्दा पनि आफ्नै स्वार्थपूर्ण उद्देश्य प्राप्तिका लागि लेखिएको थियो । विशेष नेपाल–अंगे्रज युद्धको सिलसिलामा यहाँ आउँदा लेखिएको कारणले पनि त्यसबेला लेखिएका पुस्तक उनीहरूको स्वार्थअनुरूप नै रहेका छन् । जब नेपालमा राणा शासन भित्रियो, त्यसपछि लेखिएका पुस्तकमा पनि सत्यतथ्यभन्दा पनि सम्भ्रान्त पारिवारिक गुणगानले इतिहासमा ठाउँ पायो । राणाहरूको काँचो व्यवहार र सीमित स्वार्थीपनले गर्दा पनि कतिपय बहुमूल्य पुस्तक तथा कागजपत्रहरू विदेशिएको तीतो यथार्थ हाम्रासामु छ । 
    नेपालका बहुमुल्य ऐतिहासिक डकुमेन्ट विदेशी व्यक्तिको निजी पुस्तकालय तथा संग्रहालयमा हुनुले पनि नेपालको निरीहपन त्यसैवेलादेखि रहेको कुरा बुझ्न सकिन्छ । त्यसैले नेपालको इतिहास खोज्न विदेश जानुपर्ने स्थिति पनि छ । नेपालभित्रै रहेको कागजपत्र पनि सजिलै नेपाली अनुसन्धानकर्ताले हेर्न, खोज्न र प्रकाशित गर्नसमेत नपाउने अप्ठ्यारो अर्कोतिर थियो । यसै हुनाले पनि वैज्ञानिक ढंगले इतिहास लेखन कार्य अगाडि बढ्न निकै कठिन हुन गयो । अर्को नेपालको प्रसाशनिक लापरबाही  र जनसाधारणलाई पुराना ऐतिहासिक वस्तुको महत्व बुझाउन नसकेकाले थुप्रै पुरातात्विक सामग्रीहरू पृथ्वीको गर्भमै लुकेर बसेका छन् । अझ काठमाडौं उपत्यका एउटा ऐतिहासिक सहर हुँदाहुँदै पनि सरकार, प्रशासन तथा सम्बन्धित व्यक्तिको सम्पत्ति मोहले गर्दा थाहा पाइएका र भेटिएका पुरातात्विक महत्वका सामग्रीहरू रातारात पुरिए । जुन नेपाली इतिहास, संस्कृति तथा पुरातत्वका विद्यार्थीका लागि त दुर्भाग्य हो । यसमाथि पनि नयाँ र पुराना इतिहासकारबीच रहेको मतभेद र गुटबन्दीले पनि इतिहास लेखनमा ठूलो असर पुग्यो । यो व्यवहारले इतिहास पढ्ने विद्यार्थीको संख्या बढ्न नसक्नु र इतिहासमा जनसाधारणको रूचि बढाउन नसक्नु पनि अर्को पाटो थियो । 
    पछिल्लो समयमा नेपाल तथा एसियाली अध्ययन संस्थानले ‘नेपालको राष्ट्रिय इतिहास’ तयार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । तर यसमा पनि यथेष्ट जानकारी आउन सकेको छैन । विभिन्न प्रकाशित लेखमा भएका त्रुटिहरू सच्याउनु र अप्रकाशित दस्तावेजलाई सिलसिलाबद्ध तरिकाले प्रकाशमा ल्याउन अझै पर्याप्त मात्रामा सकिएको छैन । निष्पक्ष भएर सत्य तथ्य विवरण बाहिर आउन सक्यो भने मात्र नेपाली इतिहासप्रेमी, देश र जनतालाई न्याय हुन्छ । 
    [email protected]

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…