Page header hundai
  • महालक्ष्मी डिना उपाध्याय, प्रतिनिधिसभा सदस्य उम्मेदवार, मकवानपुर २


    ० प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत देखाउनु भएको छ, डर त लागेको छैन ?
    – छैन, म जनताबाटै निर्वाचित हुन चाहन्छु । प्रत्यक्षमा निर्वाचन लडेको यो पहिलो पटक पनि होइन । मैले पहिले पनि प्रत्यक्षमा निर्वाचन लडेकी हुँ । २०४८ र २०५१ सालमा प्रतिनिधिसभामा प्रत्यक्षमा निर्वाचन लड्दा झिनो मतले मात्र हारेकी हुँ । अब देशको समृद्धि र विकासका लागि  जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचनमा जानुपर्छ भन्ने ठानेर निर्वाचन लड्न लागेकी हुँ । प्रत्यक्षमा निर्वाचन लड्छु भनेर मैले नै पार्टीलाई भनेकी हुँ ।

    ० जोखिम उठाउन तयार हुनुभयो नि ?
    – संविधान निर्माण प्रयोजनका लागि म समानुपातिकमा गएकी थिएँ । त्यो अध्याय अब पूरा भइसकेको छ । नयाँ अध्याय सुरु भएको छ । जहाँ मैले लड्नुपर्ने थियो, लडिसकेकी छु । त्यो काम पूरा भइसकेको छ । संविधानसभाबाट जारी भएको संविधानमा महिलाका अधिकार, समावेशी राजनीतिलाई हामीले जसरी स्थापित गरायांै, अब हामीले जनताको समृद्धि र विकासलाई प्राथमिकता दिनुपर्छ भनी निर्वाचन लडेकी हुँ । जहाँसम्म तपाईले मकवानपुर २ को कुरा गर्नुभयो । यसअघि यस क्षेत्रमा एमाले विजयी भएको थियो । तर अब यस क्षेत्रका जनताको सोच बद्लिसकेको छ । फेरि यहाँ एमाले विजयी हुने स्थिति छैन । यहाँका जनताले एमालेका प्रतिनिधिलाई फेरि पठाउन चाहेका छैनन् । 

    ० निर्वाचनको तयारी कस्तो गरिरहनुभएको छ, कहाँ पुग्यो प्रचार प्रसार ? 
    – निर्वाचनको तयारी सुरु भएको छ । हामीले घरदैलो अभियान सुरु गरेका छौं । मेरो क्षेत्र असाध्यै ठूलो छ । सकेसम्म सबै घरमा जाने योजना बनाएका छौं । पार्टीको निर्वाचन परिचालन समितिको बैठकले गरेका प्रचारका कार्यक्रमअनुसार हामी चुनावी अभियानमा छौं । अहिले प्र्रचार अभियानलाई तीव्रता दिएका छांै । 

    ० जनताको माग कस्तो हुँदो रहेको छ ? 
    – जनताको एउटै गुनासो छ, हामीले विगतमा ज–जसलाई विजयी बनायौं, उनीहरूले निर्वाचन जितेपछि फर्केर हेरेनन् । विकासमा ध्यान दिएनन् । हाम्रो जिल्लाको विकास भएन । त्यसैले अब यहाँको विकासमा ध्यान दिनेलाई जिताउनुपर्छ । अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने सोच मतदातामा भएको देखिन्छ । हामीले जसलाई जिताएर पठाउँछौं, उसले हामीले चिनोस् । र, यहाँको  विकासका लगि काम गरोस् भन्ने भावना मेरो क्षेत्रका जनताको रहेको मैले पाएँ ।

    ० विकासका कुरा गर्दा सभभन्दा धेरै के के कुरा उठ्दो रहेछ ?
    – मेरो क्षेत्र मकवानपुरको माथिल्लो भेग हो । यो अलि विकट क्षेत्र हो । बाटोघाटोको समस्या छ । कृषिका लागि अत्यन्त योग्य जमिन भएको दामन, पालुङलगायतको ठाउँ यसै क्षेत्रमा छ । हामीले कृषिका लागि यति ठूलो मिहेनत गर्दा पनि राज्यको संयन्त्रबाट ध्यान नदिएको भन्ने गुनासो यहाँका जनताको छ । यसैगरी, खानेपानीको  पनि समस्या छ । केही ठाउँमा पानी लिन घन्टांै हिँड्नु पर्छ भन्छन् । कतिपय ठाउँमा न्यूनतम आवश्यकता पनि परिपूर्ति पनि गर्न नसकिएको स्थिति छ । यसतर्फ सरकारको ध्यान नगएको भन्ने गुनासो मेरो क्षेत्रका जनताको रहेको छ । खासगरी विकासको कुरालाई ध्यान दिनुपर्छ भन्ने माग आएको छ ।

    ० एमाले र माओवादी केन्द्र मिलेका छन्, उनीहरूलाई पराजित गर्ने अस्त्र के छ ?
    – मेरो क्षेत्रमा एमाले र माओवादी केन्द्रप्रति जनताको विश्वास कम भएको छ । जनताले पटक–पटक जिताए पनि उनीहरूले केही गर्न सकेनन् भन्ने जनताको गुनासो छ ।  यहाँ माओवादी केन्द्र निकै कमजोर छ । एमालेप्रति मकवानपुरका जनताको विश्वास घट्दै छ । सधंै एउटै मान्छेलाई जिताउँदा कहिले पनि यहाँको विकासमा ध्यान गएन । त्यसैले अब नयाँ सोच र नयाँ मान्छेलाई जिताउनुपर्छ भन्न भावना मेरो क्षेत्रका जनताको छ । त्यसैले यस क्षेत्रमा मेरो स्थिति बलियो छ ।
    अहिले यस क्षेत्रका जनताले भन्ने गरेका छन्, हामीले निर्वाचन त जिताएर पठायांै । उनीहरू न त मन्त्री नै बन्न सक्छन् न त यो क्षेत्रका लागि केही गर्न सक्छन् । मन्त्री बन्ने हैसियत नभएकालाई फेरी किन जिताउने भन्ने उनीहरुको कुरा छ । त्यसैले अब नेपाली कांग्रेसलाई जिताएर पठायौं भने कांग्रेसबाट जिताएर पठाएका नेताको पहुँच केन्द्रमा छ । उनीहरू मन्त्री पनि भएका छन् । त्यसैले काग्रेसलाई नै जिताएर पठाउनुपर्छ भन्ने भावना यहाँको जनतामा रहेको मैले पाएकी छु । यसबारेमा यहाँ व्यापक छलफल भएको छ । खासगरी स्वतन्त्र किसिमका आममतदाता हामीतिर आएका छन् ।

    ० तपाईको क्षेत्रमा प्रतिस्पर्धा कोसँग हुन्छ ?
    – मेरो क्षेत्रमा प्रतिस्पर्धा एमालेसँग नै हुृन्छ । माओवादी केन्द्र यहाँ निकै कमजोर छ । मेरो प्रतिस्पर्धी उम्मेदवार निकै कमजो मनस्थितिमा हुनुहुन्छ ।

    ० प्रतिस्पर्धी उम्मेदवारसँग तपाईको भोट कतिले फरक होला ?
    – कति फरकमा निर्वाचन जित्छु, यो कुरा अहिले नै यसै भन्न सकिँदैन । तर पनि म विजयी हुनेमा ढुक्क छु । मेरो विश्वास बढेको छ । 

    ० तपाईप्रति जनताको रेस्पोन्स कस्तो पाउनु भयो ?
    – मैले संविधानसभामा रहँदा हिजो जुन किसिमको भूमिका निभाएँ, त्यो भूमिकाबाट पनि यहाँका जनताले मलाई एकदमै माया गर्नुभएको छ । संविधानसभामा मैले महिला अधिकार स्थापना गर्न धेरै काम गरें । यो कुरा उहाँका जनताले सम्झिएका छन् । खासगरी महिलाको बढीभन्दा बढी भोट मैले पाउनेमा म ढुक्क छु । यसमा कुनै द्विविधा छैन । 

    ० तपाईको क्षेत्र मकवानपुर २ मा यसअघि एमालेले जितेको थियो, तपाई विजयी हुने आधार के ?
    – एमालेलाई विजयी गराएर पठाए पनि यहाँका जनता नेताप्रति असन्तुष्ट छन् । अब नयाँ सोचमा जानुपर्छ भन्ने भावना अधिकांश जनतामा भएको देखियो । यसको परिणाम स्थानीय निर्वाचनलाई पनि हेर्न सकिन्छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याएको थियो । त्यो भन्दा राम्रो परिणाम यसपटक आउँछ, यो कुरा पक्का हो । 

    ० तपाईका चुनावी एजेन्डा के के छन् ?
    – हामीले जनताको मागअनुसार एजेन्डा बनाएका छौं । खासगरी यो क्षेत्रको विकासको एजेन्डालाई मैले प्राथमिकताका साथ उठाएकी छु । पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो यो । त्यसैले यस क्षेत्रमा पर्यटनको विकासको एजेन्डालाई मैले उठाएकी छु । यस क्षेत्रमा अहिले पनि महिलाको समस्या छ । महिलाको सोच र विकासमा खासै परिवर्तन आएको छैन । महिला जीवन परिर्वतनका लागि पनि मैले काम गर्ने योजना बनाएकी छु । मैले निर्वाचन लडेको क्षेत्र भौगोलिक रूपमा ठूलो भेग हो । यहाँ धेरै विषयवस्तु छन् । लामो समयदेखि यो क्षेत्र पिछडिएको छ । यहाँबाट जो जो विजयी भएर गए, उनीहरूले यस क्षेत्रका लागि केही काम गरेनन् भन्ने कुरा जनताले धेरै पटक दोहो¥याएका छन् । त्यसैले यहाँका जनता विगतका प्रतिनिधिप्रति निरास छन् । त्यो निरासालाई मैले हटाउने वाचा लिएकी छु । यसैगरी, औद्योगिक क्षेत्र, जडिबुटीको विकास, कृषिमा परिवर्तनलगायतका कुरालाई उठाएकी छु । मैले निर्वाचन जिते भने आफूले गरेका वाचा सबै पूरा गर्छु । मैले गरेको अठोटप्रति जनताको रेस्पोन्स पनि निकै राम्रो छ । त्यसैले म उत्साहित भएकी छु । 

    ० मकवानपुरमा सहमतिअनुसार राप्रपाले कांग्रेसलाई सहयोग गरेको छ त ?
    – यहाँ राप्रपाले हामीलाई पूर्ण सहयोग गरेको छ । राप्रपाका साथीहरू हामीसँगसंँगै हिँड्नु भएको छ ।

    ० मकवानपुरमा कांग्रेस र राप्रपाको तालमेलले कसलाइ बढी फाइदा गरेको छ ?
    – मकवानपुरमा कांग्रेस र राप्रपाबीचको तालमेलले दुवै पार्टीलाई फाइदा  भएको छ । घाटा भएको छैन । अहिले हामी निर्वाचन प्रक्रियामा छांै । उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ ।

    ० मकवानपुर कांग्रेसमा विवाद छ  कि छैन ?
    – अहिले मकवानपुर कांग्रेस पूरै एकढिक्का भएको छ । यहाँका सबै साथीहरूको राम्रो सहयोग पाएकी छु । ममाथि अन्तर्घात हुने कुनै सम्भावना छैन । जसरी भए पनि कांग्रेसलाई विजयी गराउनुपर्छ भन्ने सबै साथीहरुको भावना छ ।  काँग्रेस विजयी भयो भने अवसर पाउने हो नभए एमाले– माओवादीको पेलान हुन्छ भन्ने बुझाई सबैमा छ ।

    ० एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ, यसले निर्वाचनको परिणामलाई कस्तो प्रभाव पार्ला ?
    – एमाले र माओवादी केन्द्रको तालमेलले नेपाली कांग्रेसलाई खासै फरक पर्दैन । किन भने २०४८, ०५१ र ०५६ मा हामी एक्लै लडेका थियौ । माओवादी केन्द्र र एमाले एउटै सिक्काका दुई पाटा हुन् । यी दुईवटै कम्युनिस्ट पार्टी हुन् । दुवैले मुलुकमा अधिनायकवाद ल्याउन चाहेका छन् । लोकतन्त्र समाप्त पार्ने दिशामा एमाले र माओवादी केन्द्र लागेका छन् । तर नेपाली जनता जहिले पनि लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्र जोगाउन नेपाली कांग्रेसलाई नै विजय गराउनुपर्छ भन्ने नेपाली जनताको सोच छ । एमाले र माओवादी केन्द्र विजयी भए भने नेपालमा लोकतन्त्र समाप्त हुन्छ । त्यसबेला हामीले फेरि लोकतन्त्रका लागि लडाइँ लड्नु पर्छ भन्ने सबैले बुझेका छन् । त्यसैले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छ, यो निश्चित हो । कम्युनिस्ट पार्टीलाई नेपाली जनताले यही चुनावमा अस्वीकार गर्नेछन् । 

    ० नेपाली कांग्रेसले कति सिट ल्याउला ?
    – म यो कुरा ढुक्कका साथ भन्छु, नेपाली कांग्रेस पहिलो पार्टी हुन्छ । नेपाली जनता नेपाली कांग्रेसकै पक्षमा छन् । 

    ० भनेपछि फेरि पनि नेपाली कांग्रेसको सरकार बन्छ भन्ने तपाईलाई  लागेको छ ?
    – हो, फेरि पनि नेपाली कांग्रेसको सरकार बन्छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुनेछ । एमाले र माओवादी केन्द्रका नेताहरूले जति कुरा गरेका छन्, त्यो सबै निर्वाचनसम्मका लागि मात्र हो । निर्वाचनपछि नेपाली कांग्रेस नै ठूलो पार्टी हुनेछ । निर्वाचनपछि एमाले र माओवादी केन्द्र झनै खुम्चिने छन् । 

    ० फेरि पनि नेपाली कांग्रेसको सरकार बन्यो भने प्रधानमन्त्री को हुन्छ ?
    – अहिले हामी शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएका छांै । उहाँ नेपाली कांग्रेसको पार्टी सभापति र प्रधानमन्त्री पनि हुनुहुन्छ । अब फेरि पनि उहाँ नै मुलुकको प्रधानमन्त्री बन्नु हुन्छ । नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेता पनि भएकाले उहाँ फेरि प्रधानमन्त्री हुनु स्वाभाविक हो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…