Page header hundai
  • सुकुम्बासी समस्य सधैका लागि अन्त्य गर्छु : शर्मा


    पथरी शनिश्चरे । शुक्रबार मध्याह्न मोरङको पथरी स्थित जनआन्दोलन चौकबाट थोरै पश्चिम पञ्चेबाजा बजिरहेको थियो । कोही गीत गाउँदै थिए, कोही थपडी मारी–मारी पञ्चे बाजाको लयलाई साथ दिइरहेका थिए । न त त्यहाँ कुनै बर बधु बैवाहिक जीवनमा बाँधिदै थिए न कुनै पुराण, अनुष्ठानको उद्घाटन नै हुँदै थियो । कार्यक्रम – थियो नेकपा एमाले मोरङका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ सहित ३ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गर्ने ।  
    लामो समय वाम राजनीतिमा सक्रिय तामाङ पथरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् । एक दर्जन बढी सामाजिक संघ संस्थाको नेतृत्व गरिरहेका तामाङ कांग्रेसमा प्रवेश गर्ने कार्यक्रमलाई स्थानीय आयोजकले निक्कै महत्व दिएको थियो । तामाङ लगायतको समूहलाई  प्रतिनिधि सभा मोरङ–३ का उम्मेद्वार डा.सुनील शर्मा र प्रदेश सभा ‘क’ का उम्मेद्वार सुर्यराज राईले फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरेका थिए । कांग्रेस प्रवेश गर्नेमा युवा संघ पथरीशनिश्चरेका मिलन राई, दिनेश राई, नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य प्रेम सम्बाहाम्फे लगायत छन् ।
    नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार डाक्टर शर्माले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको जीत आवश्यक भएको औल्याए ।  शर्माले ३ वर्षमा आफ्नो निर्वाचन क्षेत्रका सबैलाई आधारभुत स्वास्थ्य सुविधा घर घरमा पु¥याउँने  प्रतिवद्धता ब्यक्त गर्दै भने  –‘राज्यले दिने स्वास्थ्य सेवा सुविधालाई अझै विस्तार गरेर कुनै पनि ब्यक्तिले पैसाको अभावमा मर्नु पर्ने दिनको अन्त्य गर्नेछु ।’
    प्रदेश सभा उम्मेद्वार सुयर्माराज राईले कांग्रेसको नेतृत्वमा मात्र मोरङ ३ को सुकुम्बासी समस्या र नदी नियन्त्रण सम्भव भएको जिकिर गर्दै कांग्रेसलाई जिताए  सुकुम्बासी समस्याको मत माग्ने एजेण्डा सधैंका लागि अन्त्य हुने घोषणा गरे ।  उनले सुकुम्वासी  समस्या समाधान भए जनताले कम्युनिष्ट पार्टीमा भोट नहाल्ने डरले ३८ वर्ष यता यो समस्या समाधान नभएको जिकिर गरेका थिए । राईले सत्ता र शक्तिमा नभएको जनताका लागि राम्रो काम गर्ने प्रयास गरिरहेको बताए । कतै मैले नराम्रो काम गरेको थाहा पाउनु भयो भने प्रमाण लिएर आउनु होस्, आजैका मितिमा उम्मेद्वारी त्याग गर्छु ।’ उनले  पैसा कमाउन राजनीतिमा नआएको बताउँदै एक पटक काम गर्ने अबसर मागेका थिए ।  
    कार्यक्रममा कांग्रेस प्रवेश गर्नेहरूको तर्फबाट बोल्दै युथ फोर्स बेलबारी नगर समितिका उपाध्यक्ष भूपेन्द्र अधिकारीले आफूहरूलाई  बन्दुक उठाउन लगाएर नेकपा एमाओवादी केन्द्र बाम गठबन्धनका नाममा एमालेसँग सति गएको बताए ।  उनले प्रचण्डलाई जनयुद्वको नाममा बलिदानी दिएका १७ हजार नेपालीको सराप लाग्ने बताए । यति चाँडै पार्टी बिलय होला भन्ने कल्पना समेत नगरेको बताउँदै उनले  अब प्रजातान्त्रिक धारबाट आर्थिक रुपान्तरणको अभियानमा लागेको उल्लेख गरे । उनले मन्तब्य कै क्रममा गजल समेत प्रस्तुत गरेका थिए ।  
    पथरीशनिश्चरे नगर समितिका सभापति टेकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार बसन्त भट्टराई,प्रदेश सभाका समानुपातिक उम्मेद्वार शेखरचन्द्र थापा र एमाले परित्याग गरी कांग्रेसमा आएका ब्यवसायी गंगा तिम्सिना लगायतका बक्ताले बोलेका थिए ।
    हरि कोइराला

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…