Page header hundai

  • काठमाडौं । नेपाली कांगे्रसका नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले यो निर्वाचन कम्युनिष्टहरुका लागि अन्तिम पनि हुनसक्ने बताउनुभयो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले भन्नुभयो, ‘राणाले कांग्रेसलाई सिध्याउन खोजेका थिए, पञ्चायतले पनि कांग्रेसलाई नै सिध्याउन खोजेको थियो, तर नेपाली कांग्रेस सिध्यएन, राणा शासन र पञ्चायत नै ढल्यो । 
    नेता खाँणले चुनौतिको भाषामा भन्नुभयो, ‘लोकतन्त्र संस्थागत गरी संविधानको संरक्षणका लागि हामी सहकार्य गर्न तयार छौं । तर एमाले अध्यक्ष केपी ओलीले भनेभैm लोकतन्त्रमा संसदीय पद्धतिको विकल्प पनि हुनसक्छ भनेर साम्यवाद र राष्ट्रपतीय पद्धति ल्याउने कुरा गरियो भने कांग्रेस मुकाबिला गर्न तयार छ । र, कम्युनिष्टहरुका लागि यो निर्वाचन अन्तिम पनि हुनसक्छ । किनभने राजाले कांग्रेससँग निहुँ खोज्दा मुलुकमा गणतन्त्र आयो ।’
    पत्रकार भेटघाटमा नेता खाँणले ‘नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा आफ्ना उम्मेदवार उठाएको छ” नेता खाणले भन्नुभयो,“ यस मध्ये  कम्तिमा ५५ प्रतिशत सीट मात्रै पनि सोझै हाम्रो बहुमत आउछ ।”
    नेता खाँणले ६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएका नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेद्वार उठाएको माओवादीको दुई तिहाइ सीट जित्ने दावी हावादारी भएको पनि आरोप लगाउनुभयो ।
    उहाँले स्थानीय निर्वाचनको नतिजाले नै नेपालको बास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै प्रतिप्रश्न गर्नुुभयो,“ २०३६ सालको जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २०लाख मत पाएको थियो तर २०४६ सालमा आईपुग्दा जनमत बदलियो कि बदलिएन ?”
    नेता खाणले अधिकतम् सीटमा उम्मेदवारी दिएकोले नेपाली कांग्रेसलाई समानुपातिक तर्फको सीट संख्याको लाभ हुने पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो,“हाम्रै मतको लाभ त हामीलाई हुन्छ नै त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरुमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउछ”। कांग्रेस निर्वाचन परिचालन  समितिका संयोजक नेता खाँणले निर्वाचनको परिणाम एमाले र माओवादीका लागि अप्रत्यासित हुन पनि सक्ने उल्लेख गर्नुभयो ।
    कांग्रेस नेता खाँणले नेपाली कांग्रेस यस अगाडिका निर्वाचनभन्दा एकताबद्ध भएर निर्वाचनमा होमिएकोले पनि कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । यो निर्वाचनमा दुई तिहाई सीट जितेर देशमा अधिनायकवादी राज्यको सपना पालेका कतिपय नेताको जमानत जफत हुने दावी पनि गर्नुभयो ।
    पत्रकारहरुसँग प्रेस र अभिव्यक्तिको स्वतन्त्रतासंगै लोकतान्त्रिक अधिकारको रक्षाको लागि उभिन आग्रह गर्नुभएका कांग्रेस नेता खाँणले नेपाली कांग्रेस राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्धितर्फ लैजाने र युवाहरुलाई स्वदेशमा रोजगारी दिने कार्यक्रम तर्जुमामा लागेको बेला कम्युनिष्टहरु नेपाललाई प्रयोगशाला बनाएर देश र जनतालाई राजनीतिक अस्थिरताको अन्तहिन समस्यामा उल्झाउन उद्धत रहेको आरोप लगाउनुभयो ।
    उहाँले कम्युनिष्ट पार्टीका नेताहरु नेपालमा जातिय, भौगोलिक, धार्मिक र साम्प्रदायिक द्घेष र विभाजनको बीउ रोप्दै हिडेकोले उनीहरुबाट विविधता बोकेको नेपालको राष्ट्रियता र अखण्डता सबल नहुने पनि ठोकुवा गर्नुभयो । मधेशमा बसेर सदियौ देखि सीमा र भूमिको रक्षा गर्दै आएका मधेशी समुदायलाई अर्को भूगोलमा बसेर गाली गर्दैमा राष्ट्रियता बलियो नहुने पनि उहाँले बताउनुभयो ।
    काँग्रेस नेता खाँणले नेपालको हिमाल,पहाड र तराईलाई जोड्र राष्ट्रलाई समृद्धिको मार्गमा लैजाने नीति र कार्यक्रम अंगीकार गर्ने नेपाली कांग्रेसबाटै देशको राष्ट्रियतम सबल हुने दावी गर्नुभयो ।
    कार्यक्रममा नेता खाँडले नेपाली कांग्रेस विदेशमा रहनुभएका नेपालीको पनि मताधिकारको उपयोगको पक्षमा रहेको तर निर्वाचन आयोगले समयका कारण यसपटक सो अवसर दिलाउन नसकिने बताएको उल्लेख गर्दै कामका लागि विदेशिएका नेपालीहरुसंग भन्नुभयो, “अर्को निर्वाचनमा तपाइँहरु जहाँ हुनुहुन्छ,, त्यहीबाट नेपालको भाग्य निर्माणमा सहभागी हुन पाउनु हुनेछ ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…