Page header hundai
  • राधा पौडेल, उपाध्यक्ष, एनआरएनए अमेरिका


    चितवनको शरदपुर माविमा १३ वर्ष पढाएकी राधा पौडेल यतिखेर अमेरिका बस्दै आएकी छन् । डेढ दशकदेखि गीतसंगीतमा लागेकी राधा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति अमेरिकाकी उपाध्यक्षसमेत हुन् । समय र परिस्थतिले विदेशिनु परेको बताउने उनी अमेरिकामा बसे पनि आफू नेपाली भाषा र संस्कृति संरक्षणमा भने लागिरहेको बताउँछिन् । अमेरिकामा मोबाइल व्यवसाय गरिरहेकी उनी अन्तर्राष्ट्रिय साहित्य नेपाली समाजको पहिलो पुरस्कारको प्रायोजकसमेत हुन् । प्रस्तुत छ, तरुणका लागि राधासँग पत्रकार सृजना अर्यालले गरेको कुराकानीका अंश :

    ० तपाई जन्मना साथ ममी ड्याडी भन्ने देश जानु भएछ नि ?
    – विभिन्न कारण र परिस्थितिले म अमेरिकामा छु । अमेरिकामा जन्मिएका नेपालीका छोराछोरीले पनि ममी नै भन्छन् । ममी भनेको आमा हो, आमा भन्न सुहाउँछ, यो उत्कृष्ट छ भनेर हामीले हाम्रा सन्तानलाई बुझाउन सक्नुपर्छ । 

    ० तपाई अमेरिका कसरी पुग्नु भयो ?
    – म नारायणी लाइन्स क्लब अफ नारायणगढको संस्थापक सदस्य हो । त्यही संस्थामार्फत सन् २००२ को अगस्टमा म अमेरिका गएकी हुँ । मैले नेपाली विषयमा स्नातकोत्तर गरेकी छ । त्यसअघि म शरदपुर माविमा नेपाली विषयको शिक्षकका रूपमा कार्यरत थिएँ । 

    ० के गर्न‘हुन्छ अमेरीकामा ?
    – श्रीमान् कृष्ण पौडेल कृषि विकास बैंकको शाखा प्रबन्धक हुनुहुन्थ्यो । म अमेरिका गएको केही वर्षमा उहाँ पनि आउनुभयो । हामी दुवैले अमेरिकामा मोबाइलको बिजनेस सुरु ग¥यौं । पछि दुवै छोरा उज्ज्वल र उत्तम पनि हामीसँगै आए । हामी सबै मोबाइल व्यवसायमा आबद्ध छौं ।

    ० तपाई संगीत र साहित्य क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ?
    – साहित्य मेरो मनपर्ने जीवनको पाटो । नेपालमा रहँदा मैले ५ भागसम्म तीज गीतको संगालो नै निकालेकी थिएँ । बिजनेस गर्ने क्रममा अमेरिकाका विभिन्न राज्यका नेपालीसँग भेटघाट भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इन्डियाना राज्यको सदस्य हुँदै त्यसको पूर्वअध्यक्ष पनि बनें । अमेरिकामा पनि विभिन्न साहित्यिक कार्यक्रम गरिरहन्छौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिने पुरस्कारकोे पहिलो प्रायोजक म नै हुँ । वार्षिक तीन सय डलर प्रायोजन गर्छु । 

    ० गैरआवासीय नेपाली संघमा कहिलेदेखि आवद्ध हुनु भयो ? 
    – अमेरीकामा रहेका एन्मा, नासालगायतको संस्थामा बसेर धेरै काम गरें । सन् २०१३ मा एनआरएन अमेरिका सदस्य, २०१५ मा महिला संयोजक र २०१७ मा उपाध्यक्ष भएकी छु ।

    ० गैरआवासीय संघ अमेरिकाले के गरिरहेको छ त ?
    – अमेरिकामा पनि नेपाली भाषा संस्कृतिको संरक्षण गर्न एकसाथ विभिन्न चाडपर्व मनाउने गरेका छौं । नेपालीहरूले विभिन्न संघसंस्थामार्फत नेपालीपन बचाउन धेरै काम गर्न‘भाको छ । हामीलाई हाम्रो संस्कृति नै प्यारो छ । त्यसैले सबै राज्यमा सामुदायिक भवन, पाठशाला खोल्ने अभियानमा हामी छौं । हाम्रा स–साना बालबच्चाका लागि मात्र नभएर त्यहाँ रहेका अन्य नेपालीका लागि पनि यो आवश्यक छ । हाम्रा बालबच्चाले त्यहाँ नेपाली नै बोले भने पनि ठूलो लाग्ने भाको छ । 

    ० सामुदायिक भवन भन्नाले ?
    – हामी विभिन्न माध्यमबाट अमेरिका पुगेका छौं । कोही विद्यार्थीका रूपमा, कोही डीभी परेर र त कोही विभिन्न पेसा व्यवसाय गर्न अमेरिका पुगेका छन् । यसका लागि हामीले दूतावाससँग पनि सम्पर्क गरिरहेका छौं । उहाँहरूमध्ये कतिलाई भाषाको समस्या छ, कतिलाई सीप र दक्षताको समस्या छ । धेरै विद्यार्थीलाई कामसँगै पढाइ कसरी अघि बढाउने भन्ने समस्या छ । एक्लोपनका कारण अमेरिकामा रहेका नेपालीमा आत्महत्या गर्ने प्रवृत्ति बढेको छ । त्यसैले उनीहरूलाई कसरी पारिवारिक वातावरण दिन सकिन्छ ? भनेर हामी लागेका छौं ।
    अमेरिकाका महिला एकदमै सौखिन हुन्छन् । उनीहरू पार्लर जाने, सपिङ धेरै गर्ने हुन्छन् । त्यसैले यस्ता काम सिकाउन, केयर गिभर, घरको सरसफाइका लागि कुन केमिकल कति राख्नेलगायतका तालिम दिनेलगायत नेपाली भाषा र संस्कृति संरक्षणमा सहयोग पुग्ने विभिन्न कार्यक्रमका लागि यस्ता सामुदायिक भवन आवश्यक परेको हो ।

    ० नेपालमा के कस्ता सहयोग गरिरहनु भाको छ ?
    – नेपालमा पनि धेरै सहयोग गरिरहेका छौं । म महिला संयोजक रहँदा बैतडी जिल्लाका महिलाका सीप विकासका लागि तीन लाख रुपैयाँ सहयोग ग¥यौं । पाठेघरसम्बन्धी शिविर ग¥यौ । साहित्यकलगायत विभिन्न कार्यक्रममा सहयोग गरिरहेका छौं ।

    ० अमेरिकाी साहित्यको नेपालीसँग तुलना गर्न‘पर्दा के भन्नु हुन्छ ? 
    – अमेरिकामा साहित्य सिर्जनाबाट जीविका चलाउन सकिन्छ, राज्यले नै रोयल्टीको व्यवस्था गरेका छ । तर, नेपालमा त्यस्तो अवस्था आइसकेको छैन । 

    ० अमेरिकाको महिलाको अवस्था कस्तो छ ?
    – आममहिलाको अवस्था विश्वभर उस्तै हो । अमेरिकामा पनि राजनीतिकर्मी महिलालाई चुुनौती नै छ । जुन कुरा गत वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनले पनि पुष्टि गरेको छ । सन्तानको स्याहार सुसारमा महिलाकै दायित्व अमेरिकी महिलामा पनि छ । आर्थिक रूपमा सशक्त हुने हुनाले उनीहरू विभेदमा परेको कम देखिएको मात्र हो । नेपाली महिलाको अवस्था सुधार्न पनि आर्थिक रूपले महिलालाई सक्षम पार्न‘पर्छ । 

    ० अन्त्यमा ? 
    – नेपालमा पहिलो पटक प्रदेश र संघीय चुनाव हँुदैछ । यो निर्वाचनको सफलताको कामना गर्दछु । अमेरिकाको संसद्मा महिलाको प्रतिनिधित्व नेपालको भन्दा कम नै छ । नेपालमा समानुपातिक प्रणालीबाट भए पनि महिलाको प्रतिनिधित्व गराउनु खुसीको कुरा हो । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…