Page header hundai
  • यस्ता छन् निधिका एजेन्डा


    जनकपुरधाम । सर्लाहीका राजेन्द्र महतो नेपाली कांग्रेस नेता विमलेन्द्र निधिविरुद्ध चुनाव लड्न धनुषा आएपछि प्रदेश २ को चुनावी माहोल एकाएक गर्माएको छ । २०५६ सालमा राप्रपाले चुनाव जितेको अपवादबाहेक धनुषा ३ मा नेपाली कांग्रेसले पराजय बेहोरेको रेकर्ड छैन । २०५६ सालको आमनिर्वाचनमा निधि पिताजीको काजकिरियामै बिताउनु परेका कारण चुनाव प्रचारमा जान सक्ने अवस्था थिएन । 
    गत स्थानीय निर्वाचनमा पनि वडाहरूको मत विश्लेषण गर्दा नेपाली कांग्रेसको मत सबैभन्दा धेरै छ । नेपाली कांग्रेस एक्लैको मत १९ हजार पाँच सय छ भने एमाले र माओवादीको मत १३ हजार ६ सय तथा राजपा र संघीय समाजवादी फोरमको मत १३ हजार आठ सय छ । निधिको आफ्नै व्यक्तिगत उचाइका कारण करिब पाँच हजार मत थपिने अनुमान धनुषाका बौद्धिक सर्कलले गरेका छन् । यस्तो अवस्था देख्दादेख्दै पनि राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका महतो निधिसँग जुध्न किन जनकपुर आए ? भन्ने प्रश्न भने रहस्यकै गर्भमा छ  । 
    प्रदेश २ को मधेसी बाहुल्य शैक्षिक दृष्टिले मुलुकको अन्य क्षेत्रको तुलनामा पछाडि भए पनि धनुषा त्यसको अपवाद हो । राणा शासन सुरु हुनुभन्दा पहिलेदेखि नै मुलुकको शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुर शिक्षित र चेतनशील नागरिकहरूको भूमि हो । नेपालमा अग्रगामी परिवर्तनका लागि अहिलेसम्म जे जति संघर्ष, क्रान्ति र आन्दोलन भएका छन्, ती सबैमा पहिलो रगत जनकपुरकै छोराछोरीले बगाएको देखिन्छ । जनकपुरको यो चेतनाको नेतृत्व  राणाकाल र पञ्चायतकालमा  महेन्द्रनारायण निधिले गरेका थिए भने  २०३६ सालको जनमतसंग्रहको सेरोफेरोदेखि विमलेन्द्र निधिले गरेका छन् ।
    उमेरमा महतो निधिभन्दा दुई–चार वर्ष पाका हुन्, तर जुनबेला निधि राष्ट्रिय नेताका रूपमा उदाइसकेका थिए, त्यो बेला महतोको  नेपाली राजनीतिमा नामनिसान थिएन । २०२५ सालदेखि राजनीतिमा सक्रिय निधि २०३६ देखि २०३९ सालसम्म नेविसंघको अध्यक्ष थिए ।
    बौद्धिक मतदाताहरूको बाहुल्यता रहेको मिथिलाको राजधानी जनकपुरले नेपाली कांग्रेसका नेता निधि र राजपाका नेता महतोमध्ये कसलाई रोज्लान् ? भन्ने प्रश्नको उत्तर आउन मंसिर २२ गतेसम्म पर्खनुपर्ने हुन्छ । निधिलाई रोज्नुपर्ने र महतोलाई रोज्नुपर्ने आ–आफ्नै कारण छन् । समग्र मुलुकवासीलाई निरंकुशताबाट मुक्त गराई नागरिक अधिकार दिलाउन पु¥याएको योगदानको पाटोबाट हेर्ने हो भने निधि र महतोबीच कुनै तुलना हुन सक्दैन । यो कुरा समग्र मुलुकवासीले मात्रै होइन, धनुषा ३ का मतदाताका लागि पनि सर्वस्वीकार्य छ । तर मधेसी जनताका आफ्नै समस्या मुखरित गर्ने  र समस्या समाधानका लागि प्रयास गर्ने मामिलामा महतोको योगदान पनि कम छैन । तर मधेसी समस्या समाधान गर्ने बलबुत्ता प्रधानमन्त्रीको रोलक्रममा रहेका निधिसँग छ कि ? राष्ट्रिय पार्टीको हैसियत जोगाउन धौ धौ भएका महतोसँग छ ? भन्ने कुरा  धनुषावासीले पक्कै पनि बुझेका छन् । 
    महतोले सयपटक कोसिस गर्दा पनि सुल्झाउन नसक्ने समस्या निधिले एक कोसिसमै सुल्झाएका उदाहरण संविधान निर्माणका क्रममा देखिएकै हो । संविधान निर्माणका क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा दलका शीर्ष नेताहरूबीच सघन छलफल हुँदै गर्दा निधिले मधेसका मुद्दालाई समेटेर १४ पेज लामो सुझावपत्र प्रधानमन्त्री सुशील कोइरालाको हातमा थमाएका थिए । जसमध्ये एमाले र माओवादीले कडा आपत्ति जनाएका केही बुँदाबाहेक प्रायः सबै संविधानमा समेटिएको थियो । मधेसी दलले दर्जनौं सपुतहरू मारिने गरी आन्दोलन उठाउँदासमेत संविधानमा समटिन नसकेका मुद्दालाई निधिले १४पानाको कागजका भरमा समेटेका थिए ।   
    आसन्न निर्वाचनमा मधेसको मुख्य एजेन्डा भनेकै संविधान संशोधन हो । मधेसका मुद्दा समाधानका लागि संविधान संशोधनको एजेन्डा  नेपाली कांग्रेसले बोकेको छ । नेपाली कांग्रेसले चाह्यो भने शान्तिपूर्ण रूपमै संविधान संशोधन हुन्छ । यो काम निधिले सक्छन् । महतोले गर्नसक्ने भनेको जनतालाई उचालेर फेरि पनि दबाबमूलक आन्दोलन नै हो । दबाबमूलक आन्दोलनले हत्या हिंसा जन्माउँछ । निधिले पार्टीमार्फत जे जति उपलब्धि दिन सक्छन्, त्यति उपलब्धि दिलाउन महतोलाई महाभारत मच्चाउनुपर्छ । महाभारत सफल नै हुन्छ भन्ने छैन । दोस्रो मधेस आन्दोलन असफल भएकै हो ।
    महतोले २०४६ सालको परिवर्तनपछि नेपाल सद्भावना पार्टीमार्फत राजनीति सुरु गरेका हुन् । सद्भावना पार्टीको एजेन्डा भनेकै मधेसी केन्द्रित हो । त्यही एजेन्डाका कारण महतोले २०५६ र २०६४ सालमा आफ्नो गृहक्षेत्र सर्लाहीबाट चुनाव पनि जितेका थिए । तर यसपटक उनले सर्लाहीका जनतालाई विश्वास गर्न सकेनन् । पटक महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका महतो २०७० सालको निर्वाचनमा आफ्नै गृहक्षेत्रमा पराजित भए । आफू पराजित भएपछि समानुपातिकको कोटामा श्रीमतीलाई सांसद बनाएकै कारण फेरि  आफ्नो क्षेत्रमा चुनाव लड्न महतोलाई लाज लाग्यो । उनी जनकपुर जानुको कारण यही हो । जनकपुरका मतदातालाई एकपटक झुक्याउन सकिने ठम्याइँ उनको होला ।
    प्रतिनिधिसभा सदस्य पदका लागि धनुषा ३ मा उम्मेदवारी दिएपछि कांग्रेस नेता विमलेन्द्र निधिले लेखेका थिए– ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो । यहाँ मैले बामे सर्न सिकेँ, पढेँ, हुर्किएँ । मेरो राजनीति धनुषाबाट सुरु भएर राष्ट्रिय भयो ।’ निधिको यो भनाइ महतोप्रति लक्षित रहेको धेरैले विश्लेषण गरेका छन् । विशेषगरी  देशको राजधानी काठमाडौंमा यो विश्लेषण गरिएको छ । तर  निधिको यो भनाइमा सिंगो प्रदेश २ अटाएको छ । प्रदेशसभाको निर्वाचनपछि प्रदेशको नामाकरण गर्दै राजधानीसमेत तोकिने छ । ‘मिथिलाको राजधानी जनकपुर हो’ भन्ने निधिको उद्गारले चुनावी एजेन्डासमेत समेटेको छ । अर्थात् प्रदेश २ को नाम मिथिला रहनेछ र मिथिलाको राजधानी जनकपुर हुनेछ भन्ने कुरा एउटा सानो उद्गारका क्रममा निधिले स्थापित गराएका छन् । तर यो ताकत महतोले राख्दैनन् । 
    प्रदेश २ मा मिथिला मात्रै छैन, भोजपुरा पनि छ । जनकपुर मात्रै छैन, वीरगन्ज पनि छ । निधिका लागि मिथिलाको राजधानी जनकपुर भन्न जति सजिलो छ, सर्लाहीका महतोका लागि त्यति सजिलो छैन । भोजपुराको राजधानी वीरगन्ज भन्न महतोलाई सजिलो होला ।    मधेस आन्दोलनअघिसम्म विराटनगरलाई औद्योगिक राजधानी, जनकपुरलाई सांस्कृतिक राजधानी, वीरगन्जलाई व्यापारिक राजधानी, पोखरालाई पर्यटकीय राजधानी र कठमाडौंलाई देशकै राजधानी भन्ने मान्यता स्थापित भएको थियो । मधेस आन्दोलनपछि  विराटनगर, जनकपुर र वीरगन्जको राष्ट्रिय हैसियत कमजोर बनेको छ ।   विराटनगरको हैसियतलाई कोइराला परिवारले जोगाउला, निजगढ विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्गसँगै वीरगन्जको हैसियत जोगिएला, तर जनकपुरको हैसियत जोगाउन मिथिलाको राजधानी बन्नै पर्छ र निधिले चुनाव जित्नै पर्छ ।  

    कस्तो छ अवस्था ?
    धनुषा ३ मा जनकपुर उपमहानगरको १ देखि १६ र २०, २३ देखि २५ नम्बर वडा पर्छ । यस्तै, नगराइन नगरपालिकाका साथै धनौजी र मुखियापट्टी मुसहरमिया गाउँपालिका र विदेह नगरपालिकाको वडा नम्बर ९ यो क्षेत्रमा पर्छ । स्थानीय चुनावमा नगराइन, धनौजी र मुखियापट्टी कांग्रेसले जितेको थियो भने जनकपुर उपमहानरमा राजपा १० हजार मतान्तरले विजयी भएको थियो । तर, यो क्षेत्रमा पर्ने स्थानीय तहहरूका वडाध्यक्षको मत विश्लेषण गर्दा कांग्रेसको १९ हजार १३१ र राजपा–फोरम गठबन्धनको १३ हजार आठ सय मत छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…