Page header hundai
  • मोहम्मद अल्लाह उद्दिन हुसैन


    तपाई नेपाली कांग्रेसमा कहिलेदेखि अवद्ध हुनु भयो ?
    पिताजी अलिजान हुसेन २००७ सलको जनक्रान्तिमा होमिइरहेका बेला मेरो जन्म भएको हो । २०१५ सालको आमनिर्वाचनमा जननेता बीपी कोइरालालाई हालको सुनसरीबाट चुनाव लडाउन मेरा पिताजीको पनि योगदान छ । त्यतिबेला जिमिन्दार दिलबहादुर श्रेष्ठको विरोधमा चुइँक्क बोल्न सक्ने अवस्था थिएन । उनलाई चुनाव हराउन बीपीलाई नै सुनसरी ल्याउनुपर्ने निचोडमा पिताजीलगायत तत्कालिन मोरङ हालको सुनसरीका अग्रज नेताहरू पुग्नु भएछ । दिलबहादुरको ठूलो दादागिरीका बाबजुद बीपीले चुनाव जित्नुभयो ।

    तपाईका पिताजी नेपाली कांग्रेस र बीपीप्रति यतिविधि आशक्त हुनुको कारण के थियो होला ? 
    पहिलो कुरा त, मुस्लिम समुदाय स्वाभाविक रूपमा प्रजातन्त्रको पक्षमा हुन्छ । त्यतिबेला मुसलमानको पानी चल्दैनथ्यो । इनारमा पानी लिन जानुपर्दा पनि हिन्दूहरूले पानी भरेर नसक्दासम्म कुरेर बस्नुपथ्र्यो । तर बीपी कोइरालाले मुसलमानका घरघरमा पसेर पानी पिउन, खाना खाने गर्न थाल्नुभयो । बीपी जस्तो ठूलो नेताले यसरी मुसलमानको घरघरमा पसेर भात खान थालेपछि सामाजिक क्रान्ति भयो । मुसलमानको पानी चल्यो । यसको श्रेय कांग्रेस र बीपीबाबुलाई जान्छ । त्यसको प्रतिफलस्वरूप सुनसरीका मुसलमानहरूको भोट आजसम्म कांग्रेसबाहेक अरु पार्टीलाई गएकै छैन भन्दा पनि हुन्छ । केही अपवाद छुट्टै कुरा हो । बीपीले गरेको त्यो क्रान्तिकरी कदमको गुन हामीले तिर्दै आएका छौ ।

    तपाई आफू चाहिँ कहिलेदेखि राजनीतिमा लाग्नुभयो ?
    म प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न भएको २०२७ सालदेखि हो । त्यतिबेला म महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आइएस्सी पढ्थें ।  २०२८ सालमा विजय गच्छदारको अध्यक्षतामा गठित नेविसंघ एकाइ कमिटीको म सदस्य थिएँ । २०३० सालमा लोकसेवा पास गरेर भूमिसुधारमा जागिर खान गएँ, तर राजनीतिलाई निरन्तरता दिन छाडिनँ ।  बीचबीचमा बीपीलाई भेट्न डा.खलिल आजादका साथ वनारस गइरहन्थें । 
    २०३६ सालको जनमतसंग्रह घोषणापछि बीपी बाबुले भन्नुभयो– ‘अब तिमीहरू जस्ता युवाहरूले जागिर खाएर बस्नुपर्दैन, छिट्टै प्रजातन्त्र आउँछ, पार्टीका लागि सुझबुझ भएको थप जनशक्ति आवश्यकता पर्छ ।’ बीपीको यो निर्देशनपछि सुब्बा पदबाट तत्कालै राजीनामा दिएर बहुदलको चुनाव प्रचार प्रसारमा आबद्ध भएँ । जिल्ला सभापति हरिनाथ बास्तोलाले  सदस्यमा मनोनीत गर्नुभयो । त्यसपछि लगातार अहिलेसम्म जिल्ला कमिटीमै छु । हरि सापकोटाको कार्यकालमा बाहेक त्यसपछि लगातार अहिलेसम्म जिल्ला कमिटीमै छु । महासमिति सदस्यभन्दा माथि जाने अवसर पाएको छैन । २०४८ सालयताका सबै महाधिवेशनमा भाग लिने सौभाग्य पाएको छु । मैले कांग्रेसबाट पाएको भनेको अहिलेसम्म यति नै हो भन्दा पनि हुन्छ ।
     

    २०३६ सालको जनमतसंग्रह घोषणापछि बीपी बाबुले भन्नुभयो– ‘अब तिमीहरू जस्ता युवाहरूले जागिर खाएर बस्नुपर्दैन, छिट्टै प्रजातन्त्र आउँछ, पार्टीका लागि सुझबुझ भएको थप जनशक्ति आवश्यकता पर्छ ।’ बीपीको यो निर्देशनपछि सुब्बा पदबाट तत्कालै राजीनामा दिएर बहुदलको चुनाव प्रचार प्रसारमा आबद्ध भएँ । 
     

    यस बीचमा जेल पनि बस्नुभयो होला नि ?
    लामो समय बसेको भनेको २०४६ सालको जनआन्दोलनका क्रममा करिब चार महिना हो । पक्राउ पर्दै छुट्दै गरेका घटना चाहिँ थुप्रै छन् । कतिपटक पक्रउ परेँ भन्ने ठ्याक्कै सम्झना भएन, यसको त हिसाब नै गर्नुपर्छ । ममाथि माओवादीले गोली प्रहार ग¥यो । दुईवटा गोली झिकियो, एउटा अझै झिक्न बाँकी छ ।

    कहिले हान्यो माओवादीले गोली र किन ?
    म नेपाली कांग्रेसको नेता नै हुँ । म माओवादीको हिंसा र लुटपाटको सुरुदेखि नै विरुद्धमा थिएँ । २०५८ असोज २९ गते साँझ ५ः३० बजे इनरुवाको मालपोत कार्यालय अगाडि मलाई तीन गोली हानियो । दुई वर्षसम्म उपचारमै बिताएँ । त्यसपछि पनि उनीहरूले ममाथि आक्रमण गर्न छाडेनन् । २०६१ कत्तिक ३० गते फेरि मेरो घर लुटपाट गरियो । मलाई मार्न आएका माओवादीहरूले फेला पार्न नसकेपछि श्रीमती र बुहारीका सबै गरगहना लुटेर लगेका थिए । लगाएको लुगाबाहेक कुनै सामान झिक्न पाइएन, घरमा आगो लगाइदिए । 

    पछाडि परेको मुस्लिम समुदायको पढेलेखेको, पार्टीमा योगदान पु¥याएर माओवादीले अपांगता पनि बनाएकोे तपाई जस्तो मान्छेले टिकट माग्नु भएन ?
    २०४९ सालको स्थानीय निर्वाचनमा डुमराह गाविसको अध्यक्ष पदमा टिकट पाएको थिएँ । त्यहाँ मुस्लिम समुदायको दुई सय र थारु समुदायको करिब सात हजार भोट थियो । एमालेले थारु समुदायकोलाई उम्मेदवार बनाएको थियो, तर मैले अत्यधिक मत ल्याएर चुनाव जितेँ । वरिपरिका सबै गाविस एमालेले चुनाव जित्दा पनि मेरो गाविस डुमरियामा ११ सिटमध्ये नौ सिट कांग्रेसले जित्यो । मैले संगठन गर्दै हिँडेको परिणाम थियो यो । २०५४ सालको स्थानीय चुनावमा कांग्रेसले थारु समुदायबाटै उम्मेदवार छनोट ग¥यो, तर हामीले चुनाव जिताउन सकेनौं । २०४८ सालयताका सबै आमनिर्वाचनमा मेरो गाविस डुमरियाबाट नेपाली कांग्रेसले दुई तिहाइ भोट पाउँदै आएको छ ।

    तपाईको गाउँ कति नम्बर क्षेत्रमा पर्छ ?
    २०४८ देखि २०५६ सम्म क्षेत्र नम्बर ४ मा थियो । २०६४ र २०७० मा क्षेत्र नम्बर ५ मा प¥यो । अहिले फेरि क्षेत्र नम्बर ४ मा परेको छ । 

    अहिले कस्तो छ सुनसरीमा कांग्रेसको अवस्था ?
    २०६४ सालदेखि सुनसरी जिल्लामा कांग्रेसको अवस्था खस्केको हो । २०६४ सालमा एक सिट पनि जितेन, २०७० सालमा एक सिट मात्रै जित्यो । यसपटक कम्तीमा तीनवटा क्षेत्र जित्न सकिन्छ, त्यसका लागि वातावरण बनिसकेको छ । तर क्षेत्र नम्बर १ मा त्यति सजिलो छैन, २, ३ र ४ मा नेपाली काँग्रेसको जित सुनिश्चित भइसकेको छ । ४ मा केन्द्रीय नेता अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्नु भएको छ । एमाले– माओवादीले जसलाई टिकट दिएको छ, उनीहरुसँग नेपाली काँग्रेसका उम्मेदवारको तुलनै हुन सक्दैन । राष्ट्रिय र अन्तराष्ट्रि रुपमा पहुच भएको नेतालाई नेपाली काँग्रेसले उम्मेदवार बनाएकाले उहाँले निकै ठूलो मार्जिनमा चुनाव जित्नु हुन्छ ।

    कस्तो सन्तुलन भन्नुभएको हो ? 
    सुनसरी क्षेत्र नम्बर ४ मा विविध जातजाति, समुदाय तथा धर्मावलम्बीहरूको बसोबास छ । एउटा तप्का भड्कियो भने पनि चुनाव जित्न गाह्रो हुन्छ  । त्यसैले सन्तुलित ढंगले प्रचार अभियानलाई अगाडी बढाउनु पर्छ । 

    कुन कुन समुदाय छन् ? 
    सबैभन्दा ठूलो बहुल्यता पँचपनिया समुदायको छ । यो समुदाय मधेसीभित्रको पँचपनियाभित्र पर्छ । अलि तल्लो जात मानिन्छ । यो समुदायको मत करिब २५ हजार छ । यो समुदायको भोट जता पनि जान सक्छ, स्थिर छैन । दोस्रो बाहुल्यता मुसलमानको छ । मुसलमानको मत  करिब २० हजार छ । जसमध्ये ८० प्रतिशत कांग्रेसलाई नै खस्छ । मुसलमानमा पनि अन्सारी र मन्सुरी भन्ने दुईवटा समुदाय छन् । जनसंख्या बराबर जस्तो छ । मन्सुरी समुदायमा ९५ प्रतिशत कांग्रेस छन्, अन्सारी समुदायमा ७० प्रतिशत मात्रै कांग्रेस छन् । तेस्रो बाहुल्यता पहाडिया बाहुन क्षेत्रीको छ । उनीहरूको मत करिब १८ हजार छ । जसमा नेपाली कांग्रेसको मत करिब ४० प्रतिशत छ । चौथो बाहुल्यता यादव समुदायको छ । उनीहरूको मत सात हजार लगभग छ । पहाडिया जनजातिको मत करिब तीन हजार छ । जसमध्ये आधा मत कांग्रेसले ल्याउन सक्छ । थारुको मत करिब एक हजार छ, यो मत ८० प्रतिशत कांग्रेसकै हो । स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको मत र अहिले एमाले–माओवादीले दिएको उम्मेदवार तुलना गर्दा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिश्पर्धीको भन्दा दोब्बर मतले चुनाव जित्नु पर्ने हो । 
    लोकतान्त्रिक आन्दोलनमा एमाले उम्मेदवारको के योगदान छ ? जनताले प्रश्न गर्नु पर्ने हो । स्वच्छ छवी, प्रजातान्त्रिक आन्दोलनमा काँग्रेसका उम्मेदवार मन्त्री कार्कीले पु¥याएको योगदान, समर्पण र कुर्वानी उहाँले चुनाव जित्ने आधार हो ।
    तपाई आफै पनि प्रदेश सभामा टिकटको दावी गर्दै हुनुहुन्थ्यो होईन ?
    हो, पार्टीमा गरेको लगानीको कदर भईदिए हुन्थ्यो भन्नेमा थिएँ । तर टिकट पाइएन । त्यस हिसावले मन दुख्नु स्वभाविक हो । तर पार्टीले एउटा निर्णय गरिसक्यो, त्यसलाई स्वीकार्नु र चुनाव जिताउनु हाम्रो राजनीतिक सस्कार हो । 
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…