Page header hundai

  • काठमाडौं । एक दशकअघिसम्म नेपाली कलाकारहरू आफ्नो प्रेम सम्बन्धबारे सकेसम्म लुकाएरै राख्थे, खुलाउन चाहँदैनथे । कसैसँग प्रेम सम्बन्ध जोडिएको रहस्य खुले चलचित्र खेल्न नपाइने हो कि भन्ने चिन्ता नायक नायिकामा हुन्थ्यो । सम्बन्धबारे खबर बाहिरिए आफ्नो करियर र क्रेज घट्ने मान्यता राख्थे । तर पछिल्लो समय नेपाली चलचित्रमा युवापुस्ताको आगमन बढ्दो छ । एकसे एक उच्च अध्ययन गरेका, घरानियाँ, आफ्नो पहिचान बनाइसकेका नयाँ पुस्ताको क्रेज नेपाली चलचित्रतर्फ देखिएको छ । त्यसैले उनीहरू पुरानो सोच र मान्यता राख्न चाहँदैनन् । आफूलाई लागेको कुरा निर्धक्क साथ भन्न खोज्छन् । आफ्नो प्रेमबारे खुलेर कुरा गर्ने नायक–नायिकाको संख्या बढ्दै छ । लुकेर होइन, सार्वजनिक समारोहमा आफ्नो प्रेम सम्बन्धबारे चर्चा गर्ने, सकेसम्म गहिरो प्रेम सम्बन्ध रहेको देखाउन खोज्ने, मिडियामा समाचार आओस् भनेर आफ्नो प्रेमिका प्रेमी भएको खुलस्त रूपमा बताउने कलाकार धेरै छन् । 
    केही समयअघि चलचित्र अवार्ड समारोहमा नायिका प्रियंका कार्कीलाई प्रेमी आयुष्मान देशराज श्रेष्ठले परिवारका सदस्यकै अगाडि बोकेर किस खाएको दृश्यले पनि नेपाली कलाकारहरू धेरै फरवार्ड भइसकेको प्रमाणित गर्छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आबद्ध हुनेवित्तिकै प्रेम सम्बन्धमा पर्ने र पछि छुट्टिनेको संख्या बढ्दो छ । तर, कोही भने निरन्तर प्रेम सम्बन्धमा छन् । नम्रता श्रेष्ठ–दावा स्टिभिन शेर्पा, प्रियंका कार्की–आयुष्मान देशराज श्रेष्ठ, सलोन बस्नेत–करिश्मा श्रेष्ठ, वर्षा राउत–सञ्जोग कोइरालालगायतका प्रेमजोडी खुलमखुला आफ्नो प्रेम सम्बन्धबारे बताउन चाहने कलाकार हुन् । तर मिडिया र सामाजिक सञ्जालमा खुलेरै प्रेमको सार्वजनिक गरेकामध्ये कतिपय कलाकारको प्रेम जीवन भने अधुरै भएको छ । 

    यी हुन् जसको बीचकै प्रेम सम्बन्ध तोडियो
    विनय श्रेष्ठ–ऋचा शर्मा ः कुनै समय अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठ गहिरो प्रेममा थिए । यी दुईले आफ्नो प्रेमबारे मिडियामा सार्वजनिक गरेका थिए । दुवैले एकसाथ चलचित्रमा पनि काम गरेका छन् । ‘भिसा गर्ल’ नामक चलचित्र पनि निर्माण गरे । तर चलचित्र सफल हुन नसकेपछि दुवैबीच विवाद चुलिएको बताइन्छ । त्यही विवादका कारण २०६९ सालमा यी दुईको ब्रेकअप भएको थियो । त्यसयता ऋचा सिंगल छिन् भने विनयले एनी थापासँग लगनगाँठो कसिसकेका छन् । ऋचा र विनय हाल छुट्टाछुट्टै चलचित्र निर्माण गरिरहेका छन् । ऋचा अर्पण थापासँग मिलेर चलचित्र निर्माणमा लागेकी छन् । उनले निर्माण गरेको ‘आधा लभ’ चलचित्र केही समयअघि प्रदर्शनमा आएको थियो, तर आशातीत व्यापार गर्न असफल रह्यो ।
    अनुपविक्रम शाही–मलिना जोशी ः सन् २०११ की मिस नेपाल मलिना जोशी अभिनेता अनुपविक्रम शाहीको प्रेममा थिइन् । मलिना मिस नेपाल भएकै केही समयमै अनुपको प्रेम सम्बन्ध जोडिएको बताइन्छ । खुलस्त रूपमा मिडियामा प्रेम स्वीकार नगरे पनि यी दुई सँगै हिँड्ने र सँगै घुम्ने गरेका तस्बिर सामाजिक सञ्जालमा छाइरहेका छन् । गत वर्षको अन्त्यमा यी दुईको प्रेम सम्बन्ध टुटेको थियो । अनुपविक्रमले आफ्ना निकटसँग मलिनासँग ब्रेकअप भएको बताउँदै आएका थिए । यी दुुई अभिनित ‘रानी’ नामक चलचित्र हालै प्रदर्शनमा आएको थियो । तर चलचित्रले सोचे जस्तो कमाई गर्न सकेन । दयाराम दाहालले निर्देशन गरेको ‘रानी’ रिलिज हुने समयमै मलिना अमेरिका लागेकी थिइन् ।
    आयुष्मान देशराज–परमिता राना ः ‘चपली हाइट २’ बाट एकसाथ डेब्यु गरेका नायक–नायिका हुन् आयुष्मान देशराज श्रेष्ठ र परमिता राना । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले खुलेरै मिडियामा आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । युवामाझ राम्रो क्रेज बनाएका आयुष्मान र परमिताले सामजिक सञ्जालमा विभिन्न फोटो, भिडियोसमेत पोस्ट गरेका छन् । करिब तीन वर्षभन्दा बढी प्रेममा रहेका यी दुईको सम्बन्ध केही महिना मात्र अगाडि टुटेको थियो । यी दुईको प्रेमको बीचमा अभिनेत्री प्रियंका कार्की आएकी छन् । हाल आयुष्मान प्रियंकासँग प्रेममा छन् । प्रियंका पहिले बिहे गरेर अहिले सिंगल बसेकी नायिका हुन् ।
    आमेश भण्डारी–निता ढुंगाना ः नायिका निता ढुंगाना र आमेश भण्डारीबीचको प्रेम सम्बन्ध कुनै समय निकै चर्चामा थियो । जहाँ जाँदा पनि दुई छुट्टिँदैनथे । यी दुईले दिनेशडिसीले निर्देशन गरेको ‘फूलैफूलको मौसम तिमीलाई’ मा एकसाथ काम गरे । तर त्यही चलचित्र उनीहरूको प्रेम सम्बन्ध छुट्ने कारक बन्यो । चार वर्ष लामो प्रेम सम्बन्धमा रहेका यी दुई केही समयअघि मात्र छुट्टिएका हुन् । चाँडै विवाह बन्धनमा बाँधिने सार्वजनिक घोषणा गरेको यो जोडीको सम्बन्ध विवाहमा परिणत हुन सकेन । निता अहिले अमेरिका पुगेकी छन् । आमेशले भने चलचित्र पाउनै छाडेका छन् ।
    रेमनदास श्रेष्ठ–नम्रता श्रेष्ठ ः नेपाली चलचित्र क्षेत्रमा सुरुदेखि नै चर्चा पाउनेमा नायिका नम्रता श्रेष्ठ पनि पर्छिन् । । काठमाडौंकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रूपमा चिन्छिन् । अभिनय क्षमताका साथै सुन्दरी नम्रताको पहिलो प्रेम सम्बन्ध रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । केही समयको प्रेम सम्बन्ध डिजे तान्त्रिक काण्डले टुंगिएको बताइन्छ । प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठिक त्यहिबेला उनी स्टिभन दावा शेर्पाको प्रेममा परेको खबर सार्वजनिक भयो । पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आरोपसमेत लाग्ने गरेको छ । अहिले नम्रता र दावा स्टिभन शेर्पाबीच डेटिङ चलिरहेको छ । शेर्पा पर्यटन व्यवसायी हुन् । नम्रताले भने अभिनयका साथै चलचित्र निर्माण पनि गरिरहेकी छन् ।
    सुदर्शन थापा–सुष्मा कार्की ः एक समय अभिनेत्री सुष्मा कार्की र निर्देशक सुदर्शन थापाबीचको प्रेम सम्बन्धले सिनेक्षेत्रमा निकै चर्चा पाएको थियो । सुदर्शनले निर्देशन गरेका केही चलचित्रमा सुष्मा मुख्य भूमिकामा रहेकाले पनि दुवैको प्रेम सम्बन्धले धेरै चर्चा पाएको हो । हाल सुदर्शन थापा र नायिका पूजा शर्माबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । दुवै मिलेर चलचित्र निर्माणमा गरेका छन् । यी दुईले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु’ हालै रिलिज भएको थियो । जुन सफल चलचित्र मानिन्छ ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…