Page header hundai
  • सुनसरीका चार क्षेत्रमध्ये तीन कांग्रेसले जित्ने


    विराटनगर । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता मुर्धन्य नेतालाई प्रतिनिधि बनाएर पठाउने गरेको सुनसरी जिल्ला दोस्रो जनआन्दोलनपछि राजनीतिक रूपमा ओझेलमा परेको छ । दोस्रो जनआन्दोलनपछि विजयकुमार गच्छदार, उपेन्द्र यादवलगायत क्षेत्रीय नेताहरूको प्रभावमा पुगेको सुनसरी जिल्लाले फेरि पुरानै साख फिर्ता गर्ने सम्भावना देखाएको छ । 
    गच्छदार नेपाली कांग्रेसमा फर्केपछि र केन्द्रीय नेता अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार भएपछि सुनसरी जिल्ला फेरि पुरानै साखमा फर्कन लागेको हो । संविधानसभाका दुईवटा चुनावमा ६ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा नयाँ संविधान निर्माणपछि चारवटा क्षेत्र कायम भएका छन् । गत संविधानसभा र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्दा चारैवटा क्षेत्रमा लोकतान्त्रिक गठबन्धन र कम्युनिस्ट गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमध्ये क्षेत्र नम्बर १ मा वामपन्थी गठबन्धनको मत धेरै देखिन्छ भने अरु तीनवटा क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको मत बढी देखिन्छ । 
    क्षेत्र नं १
    धरान उपमहानगरपालिका, वराह नगरपालिकाका पाँचवटा वडा र रामधुनी नगरपालिकाका दुईवटा वडा समेटेर क्षेत्र नम्बर १ कायम गरिएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र 

    पुरानो प्रतिष्ठा
    माओवादीको मिलाएर ४१ हजार तीन सय मत देखिन्छ भने नेपाली कांग्रेसको २३ हजार दुई सय मत देखिन्छ । यसैगरी, राप्रपाले ५४०, फोरम लोकतान्त्रिकले ९२ र संघीय समाजवादी फोरमले ७५० मत प्राप्त गरेको देखिन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई अघि सार्ने सम्भावना छ ।

    प्रदेशसभा १
    क्षेत्र १ अन्तर्गतको प्रदेशसभा १ मा  धरान उपमहानगरपालिकाका १ देखि १०, १२ देखि १५ र १९ नम्बर वडा पर्दछन् । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र माओवादीले २० हजार ६ सय र नेपाली कांग्रेसले ११ हजार चार सय मत ल्याएका थिए । यसैगरी, राप्रपाले २५३ र संघीय समाजवादी फोरमले ५०९ मत ल्याएका थिए ।  

    प्रदेशसभा २
    प्रदेशसभा २ मा धरान उपमहानगरपालिकाका ११, १६, १७, १८ र २० नम्बर वडा, वराह नगरपालिकाका १ देखि ५ नम्बर वडा, रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडा समेटिएको छ । गत स्थानीय निर्वाचनमा  यी वडामा एमाले र माओवादीले २० हजार ६ सय मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसले ११ हजार नौ सय मत प्राप्त गरेको थियो । यसैगरी, राप्रपाल २९२, फोरम लोकतान्त्रिकले ९२ र संघीय समाजवादी फोरमले २४५ मत प्राप्त गरेका थिए ।  

    क्षेत्र नं २
    इटहरी उपमहानगरपालिकाका १० वटा वडा, रामधुनी नगरपालिकाका पाँचवटा वडा, इनरुवा नगरपालिकाका ६ वटा वडा, देवानगन्ज गाउँपालिकाका सातवटा वडा र हरिनगरा गाउँपालिकाको वडा नम्बर ३  मात्र समेटर क्षेत्र नम्बर २ कायाम गरिएको छ । यो क्षेत्रमा पर्ने वडाहरूमा गत स्थानीय निर्वाचनमा एमाले र माओवादीको कुल मत ३३ हजार आठ सय, नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाको कुल मत ३७ हजार पाँच सय र संघीय समाजवादी फोरमको चार हजार दुई सय मत देखिन्छ ।   यस क्षेत्रमा नेपाली कांग्रेसले सीताराम मेहता र राजीव कोइरालामध्ये एकलाई उम्मेदवारका रूपमा अघि सार्नेछ । यो नेपाली कांग्रेसले विजय प्राप्त गर्ने सुनिश्चित भएको क्षेत्र हो ।

    प्रदेशसभा १
    प्रतिनिधिसभाको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ मा इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म, वडा नम्बर १६ देखि २० सम्म तथा रामधुनी नगरपालिकाको वडा नम्बर ३ र ५ समेटिएको छ ।   यो क्षेत्रमा समटिएका वडाबाट गत स्थानीय चुनावमा एमाले र माओवादीले १९ हजार ६ सय तथा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकले  १७ हजार पाँच सय मत प्राप्त गरेका थिए । संघीय समाजवादी फोरमले दुई हजार ५२ मत प्राप्त गरेको थियो ।  

    प्रदेशसभा २
    प्रदेशसभा २ मा रामधुनी नगरपालिकाको वडा नम्बर १, २, ८ र ९, इनरुवा नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ९ र १० हरिनगराको ३ नम्बर र देवानगन्जका सातैवटा वडा समटिएको छ । यो क्षेत्रमा समेटिएका वडाबाट गत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादीले कुल १४ हजार दुई सय तथा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकले २० हजार मत प्राप्त गरेका छन् । संघीय समाजवादीले ३८ सय ३० मत प्राप्त गरेको छ ।  

    क्षेत्र नं ३
    २०४८ सालदेखि नै विजयकुमार गच्छदारले चुनाव जित्दै आएको क्षेत्र हो यो । यस निर्वाचन क्षेत्रमा इटहरी उपमहानगरपालिकाका ६ देखि १५ वडा, गढी नगरपालिकाको १ देखि ६ वडा, दुहवी नगरपालिकाका १ देखि १२ वडा र बुर्जु गाउँपालिकाका १ देखि ६ वडा समेटेर क्षेत्र नम्बर ३ को संरचना गरिएको छ । यो क्षेत्रका वडाहरूबाट गत स्थानीय निर्वाचनमा  एमाले र माओवादीले २७ हजार तथा कांग्रेस, लोकतान्त्रिक फोरम एवं राप्रपाले ३९ हजार तीन सय मत प्राप्त गरेको देखिन्छ । यस क्षेत्रमा नेपाली कांग्रेसले गच्छदारलाई अघि सारेको छ र उनले जित्ने पनि निश्चितजस्तै छ ।

    प्रदेशसभा १
    प्रदेशसभा १ मा समेटिएका वडामा गत स्थानीय चुनावको मत विश्लेषण गर्दा कम्युनिस्ट गठबन्धनले भन्दा लोकतान्त्रिक गठबन्धनले धेरै ठूलो मतअन्तरले चुनाव जित्ने देखिन्छ । एमाले र माओवादीको मत जोड्दा १३ हजार सात सय देखिन्छ भने नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाको मत जोड्दा १९ हजार देखिन्छ । यो क्षेत्रमा इटहरी उपमाहानगरपालिकाका ६ देखि १५ नम्बर वडासम्म, गढी नगरपालिकाको एउटा वडा (१), दुहवी नगरपालिकाका २, ३, ४, ८, ९ नम्बर वडा र इनरुवाको वडा नम्बर ७ पर्छ । 

    प्रदेशसभा २
    प्रदेशसभा २ मा समेटिएका वडाहरूमा गत स्थानीय निर्वाचनमा एमाले र माओवादीले १३ हजार तीन सय, नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले २० हजार तीन सय मत ल्याएको देखिन्छ । 
    यो निर्वाचन क्षेत्रमा  गढी पालिकाका २ देखि ६ नम्बर वडासम्म, बर्जु गाउँपालिकाका १ देखि ६ नम्बर वड , दुहवी नगरपालिकाका १, ५, ६, ७, १०, ११ र १२ नं वडा समेटिएका छन् । 

    क्षेत्र नं ४
    जुन गाउँबस्तीहरूले २०१५ सालको पहिलो आमनिर्वाचनमा बीपी कोइरालालाई, २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा गिरिजाप्रसाद कोइरालालाई चुनाव जिताएका थिए, ती गाउँबस्तीहरू अहिले क्षेत्र नम्बर ४ मा समेटिएका छन् । २०५६ सालसम्म मुलुकको प्रधानमन्त्री बन्ने व्यक्तित्वलाई निर्वाचित गरेको यो क्षेत्रले २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी दलका उपेन्द्र यादवलाई चुनाव जिताएको थियो । 
    आसन्न आमनिर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले पार्टीका जुझारु नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अघि सारेको छ । कम्युनिस्ट गठबन्धनभित्र विवाद छ । गत स्थानीय निर्वाचनको मत परिणाम हेर्दा एमाले र माओवादीले पाएको जम्मा भोटभन्दा कांग्रेस, फोरम लोकतान्त्रिक  र राप्रपाले पाएको मत दुई हजार पाँच सय मात्रै बढी छ । 
    अर्थात् एमाले र माओवादीले २४ हजार मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले २६ हजार पाँच सय मत प्राप्त गरेका छन् । संघीय समाजवादी फोरमले सात हजार ६ सय मत प्राप्त गरेको छ । यस क्षेत्रमा  बराह पालिकाका ६ देखि ११ नम्बरसम्मका वडा, कोसी र भोक्राह पालिकाको सबै वडा, रामधुनी नगरपालिकाको ४ नम्बर वडा, हरिनगराका ६ वटा वडा र इनरुवा नगरपालिकाका (३, ४ र ८) वटा वडा  समेटिएका छन् ।  
     
    प्रदेशसभा १
    प्रतिनिधिसभा क्षेत्र नम्बर ४ अन्तर्गतको प्रदेशसभा १ मा वराह पालिकाका ६ देखि ११ नम्बरसम्मका वडा, रामधुनीको वडा नम्बर ४ र कोशी गाउँपालिकाको सबै वडा (१–८) समेटिएका छन् । 
    गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा समेटिएका वडाहरूमा एमाले र माओवादीका उम्मेदवारको कुल मत १३ हजार पाँच सय देखिएको छ भने कांग्रेस, फोरम लोकतान्त्रिक र  राप्रपाले कुल १२ हजार सात सय मत प्राप्त गरेका छन् । संघीय समाजवादी फोरमले तीन हजार एक सय मत प्राप्त गरेको छ । 

    प्रदेशसभा २
    प्रदेशसभा २ मा भोक्राह पालिका, हरिनगरा पालिकाका वडा नम्बर ३ बाहेक १ देखि ७ नम्बरसम्मका वडाहरू, इनरुवाका ३, ४ र ८ नम्बर वडाहरू समेटिएका छन् । यस क्षेत्रमा समेटिएका वडाहरूबाट गत स्थानीय निर्वाचनमा एमाले र माओवादीले कुल १० हजार पाँच सय मत प्राप्त गरेका थिए भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले १३ हजार आठ सय मत प्राप्त गरेका थिए । संघीय समाजवादी फोरमले चार हजार पाँच सय मत प्राप्त गरेको छ । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…