Page header hundai

  • काठमाडौं । नेपाली सेनाले मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल गर्न आगामी कात्तिक १७ गते पृतना सम्मेलन आयोजना गर्ने भएको छ । आठवटै पृतनापतिलाई मुख्यालय बोलाएर हुने दुईदिने सम्मेलनमा मुलुकको समग्र अवस्थाबारे छलफल हुने स्रोतले बताएको छ ।
    यता, संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण अफ्रिकाको द्वन्द्वग्रस्त मुलुक कंगो पुगेका नेपाली सेनाका १५० शान्ति सैनिक फिर्ता भएको विषयले नेपाली सेनालाई बेचैन बनाएको छ । शान्ति सेना निर्देशनालयको कमजोरीका कारण उनीहरू कंगो पुगेर पनि काम गर्न नपाई फर्केको आरोप लागेपछि बेचैन भएको हो । यसअघि नै संयुक्त राष्ट्रसंघले आफ्नो बजेट कम भएको बताउँदै संख्या घटाउन निर्देशन दिएको थियो ।
    शान्ति सैनिक निर्देशनालयलाई राष्ट्रसंघको बजेट कटौती भएको जानकारी दिएको भए पनि त्यहाँ कार्यरत सैनिक अधिकृतहरूको हेलचेक्राइँका कारण तोकिएको संख्याभन्दा बढी शान्ति सैनिक मुख्यालयले पठाएको थियो । ‘संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका हुन्,’ सैनिक स्रोतले भन्यो । अर्थात् दुई महिनामै फिर्ता हुन बाध्य भएका हुन् ।
    सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो, स्रोतले भन्यो । कंगोमा अब सात सय नेपाली शान्ति सैनिक कार्यरत छन् । ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाएको हो मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबर्जस्ती पठायो, तर समन्वय गर्न सकेन,’ सैनिक स्रोतले भन्यो । राष्ट्रसंघले बजेट कटौती गरेको विषयमा नेपाली सेनालाई समेत जानकारी गराइसकेको अवस्थामा उनीहरूलाई किन पठाइएको भन्दै राष्ट्रसंघले कंगोमा तैनाथ रहेको सबै मिसन पठाइदिने धम्की दिएपछि बढी भएका १५० जना सबैलाई फर्काइएको र फर्काइएका सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत फर्केका सैनिकलाई पहिलो प्राथमिकतामा राखेर मिसन पठाइने जनाएको छ । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…