Page header hundai

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा गरी २२ सदस्यीय संसदीय समिति गठन गरेका छन् । गत मंगलबार १७ सदस्यीय समिति गठन गरिएको थियो भने शनिबार पाँचजना थप गरी २२ सदस्यीय पु-याइएको हो । 
    गत मंगलबार सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा.रामशरण महत, डा.प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, कृष्णप्रसाद सिटौला, महेश आचार्य, चित्रलेखा यादव रहेको समिति गठन गरिएको थियो । शनिबार एनपी साउद, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, डा. मिनेन्द्र रिजाल र डा. शेखर कोइराला गरी पाँचजना थपिएको छ । 
    जातीय तथा क्षेत्रीय सन्तुलन मिलाउन पनि यो समिति विस्तार गरिएको हो । पछिल्लो विस्तारपछि प्रदेश १ बाट सिटौला, आचार्य, कार्की, डा.रिजाल, डा. शेखर, डा.शशांक गरी ६ जना परेका छन् । प्रदेश २ बाट निधि, मन्सुर, सीता र चित्रलेखा गरी चारजना छन् । प्रदेश ३ बाट डा. रामशरण, डा. प्रकाशशरण, केसी र सिंह गरी चारजना परेका छन् । प्रदेश ४ बाट रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ गरी दुईजना, प्रदेश ६ बाट पूर्णबहादुर खड्का एकजना मात्रै, प्रदेश ५ बाट खाँण, विश्वकर्मा र खड्का गरी तीनजना, प्रदेश ७ बाट देउवा र साउद गरी दुईजना परेका छन् ।
    यसैगरी, जातीय हिसाबले क्षेत्री समुदायबाट नौजना, ब्राह्मण समुदायबाट पाँचजना, मधेसी समुदायबाट चारजना, महिला दुईजना, नेवार (जनजाति) समुदायबाट दुईजना, दलित समुदायबाट एकजना र मुस्लिम समुदायबाट एकजना समेटिएका छन् । संसदीय समिति भनेको नेपाली कांग्रेसको सबैभन्दा माथिल्लो निकाय हो । पार्टीका तर्फबाट उम्मेदवार तय गर्न सभापतिलाई सहयोग गर्नु संसदीय समितिको मुख्य दायित्व हो । महिला, मधेसी, जनजाति र दलितको समेत प्रतिनिधित्व हुनेगरी सन्तुलित संसदीय समिति गठन गरिएको नेपाली कांग्रेसको इतिहासमा पहिलो हो ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…