Page header hundai

  • काठमाडौं । अबको १५ दिनपछि सुरु हुने राखेप च्याम्पियनको तयारी शुन्यजस्तै छ । साप च्याम्पियनसिपको तयारीको रुपमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको साप च्याम्पियनसिपको आयोजना स्थलको तयारी मात्र होइन, अहिलेसम्म खेलाडी छनोटसमेत हुन सकेका छैनन् ।
    प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूवर्क सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचार प्रसार, खेल सामाग्री तथा पोशाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरु गठन गरिए पनि चाडपर्वको विदाले गर्दा सक्रिय देखिएका छैनन् । 
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना हुँदैछ । प्रतियोगिता कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ । चाडबाड सम्पन्न सकिने वित्तिकै आयोजना हुन लागेको यो प्रतियोगिताको अहिलेसम्म कुनै रौनकता देखिएको छैन । २७ वटा खेल समावेश गरिएको प्रतियोगितामा १५ दिनअघिसम्म खेलाडी छनोटसमेत छनोट गरिएको छैन । अहिलेसम्म खेलाडी नै छनोट नभएकाले प्रतियोगिता नै आयोजना हुँदैन कि भन्ने आशंका गरिएको छ ।
    वैज्ञानिक ढंगले खेलाडी छनोट नहुने हो भने प्रतियोगिता आयोजना गर्नुको अर्थ नरहने विज्ञहरु बताउँछन् । विगत पाँच वर्ष अघिदेखि राखेपको डाइट खाएर बसेका खेलाडीहरुबीच नै प्रतिस्पर्धा गराउने हो भने नयाँ र सम्भावना बोकेका खेलाडीहरु यस प्रतियोगतामा देखा नपर्ने जानकारहरु बताउँछन् । विगत ५ वर्षदेखि परिषद्ले केही खेलाडीलाई डाइट खुवाएर भरणपोषण गरिरहेको छ । उनीहरुको प्रगति के कति भयो भन्ने मापन गर्ने संयन्त्र परिषद्सँग छैन ।
    नयाँ खेलाडीलाई अवसर नदिने र तिनै आउट डेटेट खेलाडीको भरणपोषण गरिराख्ने हो भने नेपाली खेलकुदले कुनै प्रगति गर्ने छैन भने राज्य करोडौं धनराशी खेर जाने विश्लेषण गरिएको छ । 
    प्रतियोगिता नजिकिएपछि परिषद्ले खेलाडी छनोटका लागि संघलाई निर्देशन दिएको छ । तर संघले खेलाडी छनोट प्रतिस्पर्धा गराएर होइन, प्रशिक्षक र सहायक प्रशिक्षकका नजिकका खेलाडीको नाम परिषद्मा पठाउन थालेको बुझिएको छ । दशैं तिहार मनाउन जिल्ला पुगेका खेलाडीलाई प्रशिक्षकले फोन गरेर बोलाउन थालेका छन् । विज्ञहरुले यो छनोट प्रकृयालाई ‘सेटलाइट छनोट’ नाम दिएका छन् । खेलाडील यस विषयमा राष्ट्रिय टिम तयारी समिति मौन दिएको छ । 
    प्रतियोगितामा १३ औं साग र १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी २७ खेल समावेश गरिनेछ । गोल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेलको प्रतिस्पर्धा हुनेछ । 
    उक्त खेलका सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सञ्चालन गर्न बजेट उपलब्ध गराउने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मयुरलाई मस्कटका रुपमा प्रयोग गरिएको राखेप प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । करिब २ हजार ५ सय खेलाडीको सहभागिता रहने यो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…