Page header hundai
  • विजया कोइराला, सचिव, बालकोट बचत तथा सहकारी संस्था लि.


    सहकारीमार्फत् समाज परिवर्तनको अभियानमा लागेकी विजया कोइराला आसन्न निर्वाचनमा नेपाली कांगे्रसको तर्फबाट समानुपातिक उम्मेदवारमा एकाइ र क्षेत्रबाट सिफारिस भएकी छन् । समाजसेवामा रुचि राख्ने विजयाले सहकारी अभियान, राजनीति र घरपरिवारलाई एकै साथ अघि बढाएकी छन् । परिवारको सहयोगमा परिवर्तनका लागि सहकारी र आस्थाको राजनीति गर्न समयको पाबन्दीसँग उनी सम्झौता गर्दिनन् । यिनै परिवेशमा विजयासँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

    ० सहकारीमा धेरै महिला इन्गेज छन् होइन ?
    – समूह बनाएर छरिएर रहेको पूँजी संकलन गरेर केही गर्छाैं भन्नेलाई सहकारीले अवसर दिएको छ । महिला अथवा जोसुकैलाई सहकारीले आत्मनिर्भर बनाउन सहयोगी भूमिका निर्वाह गरेको छ । 

    ० समूहमा कति सदस्य छन् ?
    – ३३ सयभन्दा बढी सदस्य छन् । ३० करोडभन्दा बढीको कारोबार गर्छौ ।

    ० पूँजी कहाँ लगानी हुन्छ ?
    – व्यवसाय गर्छु भन्नेलाई हामी ऋण दिन्छौं, घरायसी कामकाजका लागि, विदेश पढ्न जानेहरूका लागि पनि हामी ऋण दिन्छौं । पछिल्लो समयमा हामीले सार्वजनिक यातायातमा लगानी गरेका छौं । बिना झन्झट हामी एकै दिनमा ऋण प्रवाह गर्छौ । विशेषतः हामी सामाजिक क्षेत्रमा योगदान पुगोस् भन्ने हिसाबले काम गर्छाैं । जस्तो आफूले गर्न चाहेको व्यवसायमा तालिम दिन्छौं, त्यसपछि ऋण प्रवाह गर्छाैं ।

    ० कुन व्यवसाय गर्न बढी आकर्षित भएको पाइयो ?
    – कम्युटर मर्मत, व्युटिपार्लर, सिलाइबुनाइ र व्यापार व्यवसायमा आकर्षण देखियो । पछिल्लो समयमा सार्वजनिक यातायात फस्टाएको व्यवसाय हो ।

    ० ब्याजबाटै यति धेरै पूँजी संकलन भयो ?
    – हामी ब्याज लिने मात्र होइन, सामाजिक उत्तरदायित्व पनि त्यत्तिकै पूरा गछौंै । ५५ वर्ष नाघेका जेष्ठ सदस्यलाई १ प्रतिशत ब्याज, दशैं खर्च उपलब्ध गराउँछौं । आँखा, मुटु, मृगौला र दाँतको स्वास्थ्य शिविर सञ्चालन गर्छौं । रक्तदानको कार्यक्रम आयोजना गछौं ।

    ० कतिले तालिम पाएर स्वरोजगार बने तथ्यांक छ ?
    – हामीले कार्यालयमा व्यवस्थित ढंगले तथ्यांक राखेका छौं । विशेष गरी कम्युटर, ब्युटिपार्लर सञ्चालन र सिलाइ कटाइ सञ्चालन गर्ने धेरै छन् । ड्राइभिङ तालिममा खासै आकर्षण देखिएन ।

    ० ऋण लिएर तरक्की गर्नेहरू कति छन् ?
    – धेरै छन्, एकजना बहिनीले सबैभन्दा राम्रो सिलाइबुनाइमा गरेकी छन् । कलंकीबाट बालकोट कुद्ने १५ वटा फोर्स गाडीमा हाम्रै संस्थाबाट ऋण प्रवाह भएर सञ्चालन भएको छ ।

    ० भविष्यमा के गर्ने योजना ल्याउँदै हुनुहुन्छ ?
    – सदस्यलाई आत्मनिर्भर बनाउने योजना ल्याउँदैछौं, जो घरबाट बाहिर निस्कन पाउनु हुन्न उहाँहरूलाई घरमै बसेर आयआर्जनको माध्यम देखाइदिन्छौं । विशेष गरी महिला र केही गरौं भन्ने आत्मविश्वास भएका व्यक्तिहरूलाई तालिम दिएर आयआर्जनको बाटो देखाउँछौं ।

    ० यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
    – हामीले सहकारी स्थापना गर्दा यस क्षेत्रमा पनि यस्ता संस्था धेरै थिए । कसरी सञ्चालन गर्ने आइडिया पनि थिएन । यद्यपि काम गर्दै गएपछि यसैमा चासो बढ्यो ।

    ० कमाई पनि राम्रै हुँदो रहेछ ?
    – म आफ्नो कमाई भन्दा पनि समाजलाई समृद्धि बनाउनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ । त्यसैले विभिन्न सामाजिक संस्थामा रहेर बिहान ४ बजेदेखि राति ८ बजेसम्म सक्रिय छु । व्यक्ति होइन, समाज र राष्ट्र समृद्धि बन्नुपर्छ भन्ने मान्यता मेरो छ । त्यसैले व्यक्तिगत कमाईले मेरो जीवनमा खासै अर्थ राख्दैन ।

    ० कुन–कुन सामाजिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ ?
    – रेडक्रसको महिला संयोजक हुँ, त्यसबाहेक लैंगिक समानता, पतञ्जलि योग, टोलसुधार तथा विपद व्यवस्थापनलगायतका दर्जनौं संघ–संस्थामा आबद्ध छु । संस्थामा रहेर वा नरहे पनि हरेक सामाजिक काममा अग्रपंक्तिमा रहेर काम गर्ने मेरो इच्छा हो ।

    ० सबै संघ–संस्थामा काम गर्न समय पुग्छ ?
    – तपाईंजस्तै धेरैले मलाई यही प्रश्न गर्छन्, उहाँहरूलाई जहाँ इच्छा त्यहाँ उपाय भन्ने उत्तर दिन्छु । तर, राम्रो काम गर्ने इच्छा भयो भने समयले पनि साथ दिँदो रहेछ भन्ने लाग्छ । अहिलेसम्म घरपरिवार र सामाजिक संघ–संस्थाका लागि समय दिइरहेकै छु ।

    ० राजनीतिमा पनि संलग्न हुनुहुन्छ ?
    – हो, म नेपाली कांगे्रसको इमान्दार सिपाही हुँ, क्षेत्रीय प्रतिनिधि छु, आसन्न निर्वाचनमा नेपाली कांगे्रसबाट भक्तपुर जिल्ला क्षेत्र नं. २ (क) बाट समानुपाति उम्मेदवारमा एकाइ र क्षेत्रबाट सिफारिस भएकी छु । 

    ० आरक्षणबाटै महिलालाई नेतृत्वमा पु¥याउनुपर्ने रहेछ ?
    – होइन, महिलाले आरक्षण होइनन्, समानता खोजेका हुन् । वर्षौदेखिको हाम्रो पितृसत्तात्मक समाजमा महिलालाई अवसर दिएर समान सहभागिताको हिस्सादार बनाउनु आजको आवश्यकता हो ।

    ० प्रतिस्पर्धाबाट राजनीतिमा आउन महिलालाई कठिन छ ?
    – हाम्रो समाज महिलालाई फस्ट पर्सन बनाउन चाहँदैन । हरेक क्षेत्रको निर्णायक तहमा महिलालाई अवसर दिन हाम्रो समाज चाहँदैन । तर समाज विस्तारै परिवर्तन भइरहेको छ । 

    ० राजनीति र समाजसेवामा लाग्न परिवारले छुट दिएको छ ?
    – परिवारको सहयोगले नै म यो स्थानमा आइपुगेकी हुँ । श्रीमान् कलेजमा अध्यापन गराउनु हुन्छ । दुई सन्तान छन् । घरको व्यवस्थापन हामी दुवै मिलेर गर्छाैं ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…