Page header hundai

  • काठमाडौं । नेपाली कांग्रेस छाडेर २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव लडेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सम्पूर्ण नेता तथा कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका छन् । समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुअघि नै विशेष कार्यक्रम गरेर एक भएको घोषणा गर्ने कार्यक्रम भने केही समय पछि सरेको थियो । नेपाल विद्यार्थी संघको राजनीतिबाट स्थापित भएका नेता गच्छदारको पार्टी लोकतान्त्रिकसँग १७ जना सांसद थिए ।
    उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्रीसमेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री रहेका सहअध्यक्ष गोपाल दहित, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव, लोकतान्त्रिक फोरम उपाध्यक्ष रामजनम चौधरीलगायत नेताहरूसहितका हजारौं नेता कार्यकर्तालाई सहभागी गराउने गरी फेरि अर्को दिन कार्यक्रम आयोजना गरिने गरी उनी कांगे्रसमा प्रवेश गरेका छन् । २०६६ सालमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट विभाजित भई गच्छदारले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । अहिले विभिन्न पार्टीलाई मिलाएर गच्छदारले पार्टीको नाम परिवर्तन गरी नेपाल लोकतान्त्रिक फोरम बनाएका छन् । त्यस्तै, उपाध्यक्ष रामजनम चौधरी पनि फोरममा प्रवेश गर्नुअघि कांग्रेसकै नेता थिए । 
    उनीहरूको प्रवेशले कैलालीका ४, सुनसरीका ४, मोरङका ६, बाँकेका ३ र बर्दियाका एक सिटमा जित सुनिश्चित गराउँछ भने २ नम्बर प्रदेशका प्रायः सबै क्षेत्रमा लोकतान्त्रिकका पाँच सयदेखि कतिपय क्षेत्रमा पाँच हजारसम्म  मत नेपाली कांग्रेसको पक्षमा आउने अवस्था देखिन्छ । 
    यसैबीच, पूर्वमन्त्री कुमार खड्का हिजै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । खड्का अध्यक्ष रहेको अखण्ड नेपाल पार्टी पूरै कांग्रेसमा विलय भएको हो ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…