Page header hundai

  • काठमाडौं । नेपाली कांग्रेस उम्मेदवार चयनको सघन गृहकार्यमा जुटिरहेको छ । प्रतिनिधिसभातर्फ करिब तीन दर्जन नेताहरू कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा स्पष्ट नै छ । 
    २०४८ सालदेखि निर्वाचन जित्दै आएका पार्टी सभापति शेरवहादुर देउवा डडेलधुरा र नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट चुनाव लड्ने निश्चित छ । पूर्व कार्यबाहक सभापतिद्वय विमलेन्द्र निधि धनुषा ३ र गोपालमान श्रेष्ठ स्याङ्जा–२, महामन्त्री शशांक कोइराला नवलपुर–१, नेता ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी–४, कोषाध्यक्ष सीता यादव सिरहा–३, पूर्वउपसभापति प्रकाशमान सिंह काठमाडौं–१, पूर्वमहामन्त्रीद्वय केबी गुरुङ इलाम–२ र कृष्णप्रसाद सिटौला झापा–३, पूर्वसहमहामन्त्रीद्वय डा.रामशरण महत नुवाकोट १ र पूर्णबहादुर खड्का सुर्खेत–१, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव–सिरहा–२ बाट चुनाव लड्ने निश्चित जस्तै देखिएको छ ।
    यसैगरी, प्रभावशाली केन्द्रीय सदस्यहरू सिरहा–४ मा प्रदीप गिरि, झापा–१ मा विश्वप्रकाश शर्मा, पाँचथरमा भीष्मराज आङदेम्वे, सोलुखुम्बुमा बलबहादुर केसी, मोरङ–६ मा डा.शेखर कोइराला, मोरङ–२ मा सुजाता कोइराला वा डा. मिनेन्द्र रिजाल, मोरङ–४ मा महेश आचार्य चुनाव लड्ने निश्चित जस्तै छ । 
    पद्मनारायण चौधरी सिरहा–१, आनन्द ढुंगाना धनुषा–४, मोहन बस्नेत सिन्धुपाल्चोक–१, नवीन्द्रराज जोशी काठमाडौं–८, गगन थापा काठमाडौं–४, बालकृष्ण खाँण रूपन्देही–३, चन्द्र भण्डारी गुल्मी–२, दीपकुमार उपाध्याय कपिलवस्तु–१, जीवनबहादुर शाही हुम्ला, बद्री पाण्डे बाजुरा, दीलेन्द्रप्रसाद बडू दार्चुला, हृदयराम थानी सुर्खेत–२, कैलाली–५ डा. आरजु देउवा, रमेश लेखक कञ्चनपुर–३, एनपी साउद कञ्चनपुर–२, वीरबहादुर बलायर डोटीबाट चुनाव लड्दैछन् । 
     

  • ईश्वर पोखरेल छक्किए : मन्त्रीका लागि एमालेमा दुई दर्जन नाम

    काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले महासचिव ईश्वर पोखरेललाई छक्याउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि पार्टी अध्यक्षप्रतिको विश्वास संकट…

  • त्रिभुवन विमानस्थलका हाकिम क्याफे साहूको मोहजालमा

    काठमाडौं । आमजनताको सेवा र भलाइका लागि प्रयोग गर्नुपर्ने सरकारी जमिन र भवन दलालहरूको कब्जामा पुगेको छ । अदालत र…

  • चन्दको नेतृत्वमा छुट्टै पार्टी खोलिँदै

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा फेरि विभाजनको संघारमा पुगेको छ । पूर्वप्रधानमन्त्री एवं पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ठूलै समूहले…

  • प्रचण्डले भने, हामी भारतीय चंगुलमा फस्यौं

    काठमाडौं । आफूलाई भारतले आवश्यकभन्दा बढी महत्व दिएको  भन्दै यसको रहस्यबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना निकटस्थ परराष्ट्र मामिला विज्ञसँग छलफल…

  • मोदी नभेटी फर्के पूर्वराजा

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना विफल भएको छ । मोदीसँग भेटघाट गरी राजसंस्था…

  • माधव पक्ष जवाफको तयारीमा

    काठमाडौं । भुसको आगो झैँ भित्रभित्रै फैलिरहेको एमालेको आन्तरिक द्वन्द्व मुख्यमन्त्रीको चयनसँगै सतहमै प्रकट भएको छ । एमालेले सात प्रदेशमध्ये …

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…