Page header hundai

  • काठमाडौं । करिब डेढ महिनापछि चलचित्र विकास बोर्डले अध्यक्ष पाउने भएको छ । अध्यक्ष रहेका राजकुमार राईको पदावधि गत भदौ पहिलो साता सकिएपछि बोर्ड नेतृत्वविहीन रहेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले विकास बोर्डको अध्यक्ष नियुक्ति गर्ने छ । 
    अध्यक्षका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पुगेको बुझिएको छ । जसमा मनिष पण्डित, नरेश केसी र विशाल श्रेष्ठ छन् । तीनैजना नयाँ अनुहार हुन् । नेपाली चलचित्र क्षेत्रमा परिचित नाम होइनन् । तीनैजनाले कांग्रेस उच्च तहमा आफ्नो लबिङ पु¥याएको प्रचार गरेका छन् । उनीहरुको प्रचारले केन्द्रीय नेतृत्वलाई बदनामसमेत गरेको छ । स्रोतका अनुसार बोर्ड अध्यक्षमा मनिष पण्डितको सम्भावना रहेको धेरैको बुझाई छ । उनी अमेरिका अध्ययन गरेर फर्किएका हुन् । उनले फेसन डिजाइनसम्बन्धी अध्ययन गरेका छन् । यस्तै, केसी पनि अमेरिकामा चलचित्रसम्बन्धी अध्ययन गरेर फर्किएका हुन् । उनले नेपाल आएर ‘डाइङ क्यान्डिल’ भन्ने चलचित्र निर्माण गरेका थिए । 
    चलचित्र विकास बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन फर्म भरेका थिए । 
    अध्यक्ष राईको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले विकास बोर्डको अध्यक्ष नियुक्ति गर्न १५ दिने विज्ञापन आह्वान गरेको थियो । तोकिएको समय भदौ २५ गतेसम्म १३ जना चलचित्रकर्मीले आवेदन हालेका थिए । आवेदन हाल्नेमा चलिचत्र निर्देशक उज्ज्वल घिमिरे, सुचित्रा श्रेष्ठ, नरेश केसी, निकिता पौडेल, होतराज शर्मा, सुदिपकुमार रेग्मी, आयुष रिजाल (गोपाल), विशाल श्रेष्ठ, आलोककुमार तिवारी, मनिष पण्डित, योगेश घिमिरे (टीकाराम), चोपेन्द्रसागर पराजुली, सुष्मा थापा कार्की छन् ।
    बोर्डको अध्यक्ष नियुक्तिका लागि सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सो समितिले आवेदन फर्म भर्नेहरूको प्रस्तावको मूल्यांकन गरी अन्तर्वार्ता लिएर तीनजनाको नाम मन्त्रालयलाई सिफारिस गरेको हो । तिनै नाम सञ्चार मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने बुझिएको छ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि उम्मेदवारहरू नेताहरूको घरघर धाउन थालेका थिए ।
    विगतमा कांग्रेस मन नपराउनेहरु ‘म जन्मजात कांग्रेस’ भएको भन्दै सञ्चारमन्त्री मोहनबहादुर बस्नेतदेखि प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका थिए । 
    अध्यक्षका लागि फर्म भर्ने एकाधबाहेक कोही पनि लामो समय चलचित्र क्षेत्रमा काम गरेकाहरू छैनन् । नेपाली चलचित्रमा लामो समय काम गर्नेमा उज्ज्वल घिमिरे मात्र हुन्, उनका समर्थकहरु बताइरहेका छन् । तर, उनी अहिलेसम्म कुन दलसँग आस्था राख्छन् ? कसैले भेउ पाउन सकेको छैन । नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले निकै ठूलो प्रयास गरेकी हुन् । कांग्रेसनिकट रहेकी श्रेष्ठ अहिले चलचित्र निर्देशक समाजको अध्यक्ष छिन् । उनी निर्वाचित भएदेखि समाजको गतिविधि शून्य भएको एकथरीको आरोप छ । निकिता पौडेल चलचित्रकर्मी एवं हल मालिक राप्रपाका नेता उद्धव पौडेलकी छोरी हुुन् । नायक आयुष रिजाल अहिले दिनहुँ सञ्चारमन्त्री बस्नेतकहाँ धाउन थालेका छन् । होतराज शर्मा चलचित्र संघमा कार्यालय सहयोगी छन् । तर, उनको नाम सर्टलिस्टमा समेत परेन । शर्माको नाम काटेर १२ जनासँग मात्र कार्ययोजना प्रस्ताव मागी अन्तर्वार्ता लिइएको थियो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…