Page header hundai

  • सन् २०१७ मा चर्चा कमाउन सफल लेखक र सर्वाधिक कमाइ गरेका कृतिबारे तथ्यांक सार्वजनिक भएको छ । लेखेरै साहित्यकारहरू अर्बपति बनेका छन् । ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ यस वर्षकै सबैभन्दा बढी कमाउने लेखिका हुन् । उनले ह्यारी पोर्टरको बिक्रीबाट यस वर्ष नौ करोड ५० लाख डलर कमाइ गरेकी छन् । स्कटल्यान्डकी यी लेखिकाले प्रसिद्ध लेखकहरू डान ब्राउन, स्टेफेन किङ र जोन ग्रिसामलाई उछिन्दै यस वर्ष फोब्र्सको सर्वाधिक कमाउने लेखिकाको सूचीको पहिलो स्थानमा रहन सफल भएकी हुन् । तीन सन्तानकी आमा रोलिङले आफ्नो दैनिकी जीविका गुजार्नेक्रममा अनौठो संसारका बारेमा लेखेकी थिइन्, जसले विश्वभर तहल्का मच्चाइदियो । ह्यारी पोर्टरको लोकप्रियताले उनलाई करोडपति बनायो र त्यसपछि उनले असंख्यक उपन्यास लेखेकी छिन् । ह्यारी पोर्टरको अहिलेसम्म विश्वभर विभिन्न भाषामा ४० करोडप्रति बिक्री भइसकेको छ । यो पुस्तक इतिहासमै सर्वाधिक बिक्री हुने पुस्तक बनेको छ ।
    अमेरिकी लेखक प्याटर्सन यो वर्ष सर्वाधिक कमाउने दोस्रो लेखक हुन् । उनको उपन्यास ‘वमिन मर्डर क्लब’ विश्वभर ३० करोडप्रति बिक्री भएका छन् । सन् २००६ देखि प्याटर्सन शीर्षकमा उनका पुस्तक प्रकाशित छन् । आफ्नै नाममा उपन्यासको शीर्षक राख्ने सम्भवतः उनी पहिलो लेखक हुन् । उनी अमेरिकाको न्युयोर्क टाइम्सको सर्वाधिक बिक्रीको सूचीमा लामो समय परेका थिए । उनले १० लाख अनलाइन बिक्री गरेर गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । यो वर्ष उनले पुस्तक वमिन मर्डर क्लबबाट आठ करोड ७० लाख डलर आम्दानी गरेका छन् ।
    जेफ किन्ने अमेरिकाका म्यारिलेन्ड निवासी हुन् । उनको डायरी अफ ए विम्पी किड डायरी अफ विम्पी कडी पहिलोपटक सन् २००७ मा प्रकाशित भएको थियो । सन् २००८ मा अमेरिकामा मात्र एक लाख कपी छापिएको थियो । अहिले विश्वभर यो पुस्तकको १८ करोड कपी छापिसकिएको छ । यो पुस्तक न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीमा लामो समय रहन सफल भयो । अहिलेसम्म यो पुस्तक ५२ भाषामा प्रकाशित भएको छ । जेफ किन्ने टाइम म्यागेजिनको प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन् । अहिलेसम्म आठ करोड मानिसले अनलाइनमा यो पुस्तक पढेका छन् । यो पुस्तक दैनिक ७० हजार बालबालिकाले पढ्छन् । पुस्तकबाट उनले यो वर्ष दुई करोड १० लाख डलर कमाएका छन् ।
    डान ब्राउन पनि अमेरिकी लेखक हुन् । उनले लेखेका विभिन्न कृतिमध्ये दा भिन्सी कोड यस वर्ष सर्वाधिक कमाइ गर्ने पुस्तकको चौथो नम्बरमा परेको छ । यो पुस्तक ५२ भाषामा अनुवाद गरिएको छ । अहिलेसम्म यो पुस्तक २० करोड बिक्री भइसकेको छ । यो पुस्तक आठ करोडप्रति बिक्री भइसकेको छ । यो वर्ष मात्र यो पुस्तकबाट दुई करोड डलर कमाइ भएको छ ।
    प्रसिद्ध अमेरिकी लेखक स्टेफेन किङ थ्रिलर, साइन्स, फिक्सन र काल्पनिक विषयमा लेख्छन् । उनका कतिपय पुस्तकलाई फिचर फिल्म, टेलिभिजन मुभी बनाइएको छ । उनका पुस्तकमध्ये दी स्ट्यान्ड, दी साइनिङ, क्यारी र इट असंख्य भाषामा चलचित्र बनाइएको छ । किङले ५० उपन्यास लेखेका छन् । दी डार्क टावर यस वर्षभरि नै चर्चामा छ । यस पुस्तक बिक्रीबाट मात्र उनले एक करोड ५० लाख डलर कमाएकी छन् । 
    यस वर्षको सर्वाधिक कमाउने अमेरिकी वकिल, राजनीतिज्ञ तथा लेखक ग्रिसम पनि एक हुन् । पूर्णकालीन रूपमा लेखनमा संलग्न हुनुुअघि ग्रिसमले आपराधिक कानुनको अभ्यास गरे र मिसिसिपीबाट अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सदस्यमा निर्वाचित भएका थिए । 
    उनले सन् १९८९ मा प्रकाशित गरेको ‘ए टाइम टु किल’ २० करोड ५० लाखप्रति बिक्री भएको छ । सो पुस्तकलाई २९ भाषामा प्रकाशित गरिएको छ । सन् १९९३ मा फिल्म बनाउनुअघि उनले लेखेको दी फर्मको ७० लाख कपी बिक्री भएको थियो । ग्रिसमको पुस्तकले यो वर्ष एक करोड ४० लाख कमाइ गरेको छ ।
    रोवर्टस रोमान्टिक उपन्यासको क्षेत्रमा चर्चित नाम हो । उनले लेखेका उपन्यासहरूमध्ये २०९ वटा रोमान्टिक उपन्यास सर्वाधिक बिक्री भइसकेका छन् । उनले जिल, मार्चा र सारह हार्डस्टेलगायतका छद्म नाममा उपन्यास लेख्ने गरेकी छिन् । न्युयोर्क टाइम्सको बेस्ट सेल लिस्टमा उनका नोभेल ८६१ सातासम्म रहेका छन् । उनका उपन्यासका ४० करोड कपी छापिएका छन् । जेन्युन लाइज, स्टार्स अफ फच्र्युन, दी नेक्स्ट अलवेज र ब्ल्याक हिल उनका चर्चित कृति हुन् । उनको चर्चित कृति इयर वनले यस वर्ष एक करोड ४० लाख डलर कमाएको छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…