Page header hundai

  • कालिका महत
    साल्ट ट्रेडिङ कर्पोरेसन मूलतः व्यापारिक संस्था हो । जसलाई पब्लिक प्राइभेट पार्टनरसीपको उत्कृष्ट नमुनाका रूपमा लिने गरिन्छ । यो संस्थाले विगत ४० वर्षदेखि निरन्तर उपभोक्तालाई सेवा गरिरहेको मात्रै छैन,  अत्यावश्यकीय उपभोग्य वस्तुमा नाफाखोर व्यापारीहरूबाट हुन सक्ने कालोबजारी रोकेको छ । बजारमा हस्तक्षेप गर्दै दैनिक उपभोग्य सामानको मूल्य नियन्त्रणमा साल्ट ट्रेडिङले मद्दत पु¥याएको छ । उच्चगुणस्तर, उचित मूल्य एवं वर्षभरि मुलुकमा सरल सुलभ रूपमा आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसन सफल भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई अति आवश्यक भएका वस्तुहरू नून, चिनी, मैदा, पीठो, सुजी, चामल, दाल, घ्यू, तेल, रासायनिक मल, कोइला आदि वस्तुहरूमा व्यापार गर्दछ ।
    मुनाफाभन्दा पनि देश, जनता र उपभोक्ताप्रति सेवाभावसहित पूर्णरूपेण समर्पित भई आपूर्ति व्यवस्था गर्न‘, नेपाल सरकारको जिम्मेवार एजेन्सीको रूपमा उपभोग्य वस्तुहरूको उपलब्धता एवं मूल्यमा स्थायित्व कायम गर्न सक्नु नै कर्पोरेसनको सफलताको रहस्य भएको कार्यकारी प्रमुख उर्मिला श्रेष्ठ बताउँछिन् । साल्ट ट्रेडिङ कर्पोरेसनलाई पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट नमुनाको रूपमा लिइनुको कारणबारे उनी भन्छिन्–‘नेपाल सरकारको नीति निर्देशनको पालना गर्दै बजारको प्रतिस्पर्धामा गुणस्तयरयुक्त अत्यावश्यक वस्तुहरू उचित मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै विभिन्न व्यापारिक, औद्योगिक समूहहरूबीच सबैभन्दा बढी जिम्मेवार, अनुशासित, उपभोक्ताप्रति समर्पित संस्थाको रूपमा आपूmलाई उभ्याउन सफल भएको छ । फलस्वरूप कर्पोरेसनलाई पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट नमुनाको रूपमा लिइने गरिएको छ ।’
    चालीस वर्षअघि स्थापित साल्ट ट्रेडिङ कर्पोरेसन आजपर्यन्त आमनेपाली उपभोक्तासमक्ष विश्वसनीय र आकर्षक बनिरहेको तथ्यका पछाडि–‘गुणस्तरीय सामग्रीको बिक्री–वितरण हो । हुन पनि सरकारी सेवाको गिर्दो स्तर र निजी क्षेत्रको बढ्दो मुनाफामुखी नीतिका बीचमा साल्ट ट्रेडिङ उभिनु राम्रो पक्ष हो ।’ दक्ष जनशक्ति र दृढ नेतृत्व हुँदा ‘प्राइभेट पब्लिक पार्टनरसिप’ वास्तवमै फलदायी हुँदोरहेछ भन्ने कुराको सफल उदाहरणको रूपमा पनि साल्ट ट्रेडिङ स्थापित भएको छ । खुला बजार अर्थतन्त्र अपनाइएको राज्यको अर्थनीतिभित्रै साल्ट टे«डिङ प्रतिस्पर्धात्मक ढंगले अघि बढिरहेको छ । समय र परिस्थितिको गतिसँगै आफूलाई ढालेर आमउपभोक्तासमक्ष सफलतापूर्वक उभिन सफल यो संस्था सरकारी र निजी क्षेत्रले समेत ईष्र्या गर्न‘पर्ने बनेको छ । तर अझै पनि धेरै पक्षमा थप सुधारको खाँचो नभएको चाहिँ होइन । आफना क्रियाकलाप समय र परिस्थितिको मागबमोजिम ढाल्ने नीति व्यावहारिक धरातलमा उत्रँदा कुन स्वरूपमा देखा पर्ला ? त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।
    गुणस्तरीय आयोडिन मिश्रित नूनको आपूर्तिमा आफूलाई पूर्णतः समर्पित गरेको साल्ट टे«डिङ अब आफ्नो परम्परागत शैली र ढाँचामा काँचुली फेर्ने अभियानमा जुटेको देखिन्छ । मूलतः सेवामुखी उद्देश्य बोकेर स्थापना भएको यो संस्था प्रतिस्पर्धात्मक व्यापारमा उत्रने तरखर गर्दै रहँदा पनि ‘स्तरीयता, सर्वसुलभता र सुपथ मूल्य’ भन्ने नारालाई नै प्रमुख लक्ष्यका रूपमा अघि सार्दै आएको छ । आफ्नो लक्ष्य प्राप्तिका निम्ति प्रतिस्पर्धात्मक वातावरणले कुनै असर नगर्ने विश्वास बोकेर नै साल्ट टे«डिङ नयाँ स्वरूपमा आमउपभोक्ताबीच आएको हो । आफूकहाँ आएर ग्राहकले मालसामान किन्नुपर्ने परम्परागत सोच वर्तमान परिस्थितिमा उपयोगी नहुने बुझेर साल्ट टे«डिङले आफू नै ग्राहकको घरदैलोमा पुग्ने नीति अपनाउन थालेको छ । ‘चेन सप’ अवधारणामार्फत देशभरका सबै पालिका र वडा तहसम्म पुग्ने लक्ष्य रहेको कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले बताइन् ।
    सेवामुखी अवधारणालाई अझ बल प्रदान गर्न साल्ट ट्रेडिङ प्रतिबद्ध छ भन्ने झल्काउन हालै मात्र विकट कर्णाली अञ्चलमा दशैंका निम्ति अत्यावश्यकीय उपभोग्य सामग्रीको आपूर्ति गरेको प्रसंग नै पर्याप्त छ । नेपाली उपभोक्ताहरूलाई गुणस्तरयुक्त नूनको आपूर्ति गर्ने उद्देश्यका साथ अस्तित्वमा आएको साल्ट टे«डिङले उपलब्ध गराउने आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा पाइन्छ । भारतबाटै आयातित नून भारतीय बजारभन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीतिको निरन्तरता नै यो संस्थाको सेवामुखी उद्देश्यको सशक्त उदाहरण हो । 
    साथै ६ महिनाका निम्ति पुग्ने नूनको ‘वफर स्टक’ ले गर्दा आपूर्ति व्यवस्थाको सुव्यवस्था पनि दर्शाउँछ । नेपाली उपभोक्ताको हितलाई प्राथमिक सूचीमा राखेर अघि बढेको अर्को उदाहरणका रूपमा हुम्ला जस्तो विकट ठाउँमा आयोडिन मिश्रण प्लान्ट स्थापना पनि रहेको छ । यस्ता थुप्रै उदाहरण छन्, जसले साल्ट ट्रेडिङको सेवामुखी अवधारणा दर्शाउँछ ।
    साल्ट टे«डिङ आमनेपालीका निम्ति विश्वसनीय र आकर्षक व्यापारिक केन्द्रका रूपमा स्थापित भए पनि केही वर्षअघिसम्म पनि यसको वित्तीय अवस्था धर्मराउन थालेको थियो । पछिल्ला वर्षहरूमा यो संस्थाले फेरि नयाँ गति लिन थालेको छ । घाटाको सामना गर्न‘पर्ने परिस्थितिमा अहिले व्यापक परिवर्तन भएको छ । अनुभवी निर्देशन र कुशल व्यवस्थापनका कारण ओरालो लागिसकेको साल्ट टे«डिङलाई नयाँ गति र उचाइमा पु¥याएको छ । फलतः एक÷दुई वर्षको छोटो अवधिमै यो संस्थाले लामो फड्को मारेको छ । 
    साल्ट टे«डिङको वर्तमान संरचना ‘पब्लिक प्राइभेट सेक्टर’ साझेदारीको नमूना पनि बनेको छ । गुणस्तरीय नून र सीमित खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ । यसले संस्थाप्रतिको आकर्षण अझ् बढाउनेछ । अहिले कृषि विकास केन्द्रमार्फत देशका झन्डै एक चौथाइ किसानहरूलाई मल–खाद्य, बीउ–बिजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा साल्ट टे«डिङले स्थानीय फलफूल र तरकारी निर्यात गर्ने योजना पनि बनाएको छ । 
    देशव्यापी रूपमा सञ्जाल खडा गरिसकेको साल्ट टे«डिङका झन्डै सय शाखा–प्रशाखा र करिब ६ हजार डिलर नेपाली उपभोक्ताको आवश्यकता परिपूर्ति गर्ने भरपर्दो साधन बनेका छन् । देशव्यापी सञ्जाल, प्रतिस्पर्धामुखी जनशक्ति, अत्यधिक भण्डारण क्षमता र गुणस्तरीय नूनको अटुट आपूर्तिकै कारण साल्ट टे«डिङ आमनेपालीबीच भरोसाको आधार बनेको हो । 
    साल्ट टे«डिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा उपभोग्य सामग्री उपभोक्तासमक्ष निरन्तर आपूर्ति गरिरहेकाले पनि होला यसको माग जहिले पनि उच्च रहेको छ । आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पीठो, सुजी, चामल दालजस्ता खाद्य सामग्रीमा मात्र नभई लुब्रिकेन्ट, कोइला, सिमेन्ट, ट्रयाक्टर, मेटल डिटेक्टर जस्ता मेसिनरी सामग्री पनि आपूर्ति गर्दै आएको छ, यो संस्थाले । बजारमा विद्यमान स्तरहीनता र निजी क्षेत्रको गैरजिम्मेवारीले गर्दा नै साल्ट टे«डिङप्रति आम उपभोक्ताको आकर्षण अहिले पनि बढेको हो ।
    आमउपभोक्ताको आकर्षण र विश्वासलाई उच्च सम्मान गर्दै साल्ट टे«डिङले खाद्य उद्योगहरूको स्थापना पनि गरेको देखिन्छ । आयातित सामग्रीको गुणस्तर र मूल्य स्थिर नहुने विश्वासका साथ साल्ट टे«डिङले घ्यू तथा खाद्य उद्योगको स्थापना गरेको जनाएको छ । साथै, संस्थाको व्यवस्थापकीय क्षमता उत्साहप्रद देखेकाले सरकारले अन्य विभिन्न संस्थाहरूको व्यवस्थापनसमेत हस्तान्तरण गरेको छ । यी धेरै सकारात्मक पक्ष भए पनि साल्ट टे«डिङ अहिल्यै पूर्ण सफल भइसकेको देखिन्न । सक्षम नेतृत्व र इमान्दार कर्मचारीको संयुक्त प्रयासले धेरै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएपनि आमउपभोक्तासमक्ष प्रतिस्पर्धात्मक वातावरणमा पुग्नुपर्ने चुनौती भने साल्ट ट्रेडिङसामु अझै तेर्सिएको छ । खासगरी उद्योग क्षेत्रमा साल्ट ट्रेडिङले उत्साहप्रद सफलता प्राप्त गर्न सकेको देखिँदैन । साथै हाल सुरु गरेका नयाँ योजना र कार्यक्रम पनि पूरा गर्न पत्यारिलो आधार अघि सार्न‘पर्ने चुनौती अझै कायमै देखिन्छ । यति हुँदाहुँदै पनि आमउपभोक्ताको विश्वास र आकर्षणको केन्द्रका रूपमै आफूलाई अझै कायमै राख्न सक्नु चाहिँ साल्ट टे«डिङको ठूलो उपलब्धि मान्नैपर्छ ।
    यो कर्पोरेसनले कारोबार एवं नाफामा वृद्धि गरेको छ । आफ्नो सञ्जाल ७५ वटै जिल्लामा फैलाएको छ । व्यापार विविधीकरण गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारमा पनि आफूलाई स्थापित गरेको छ । इमान्दारीसाथ न्यूनतम मुनाफामा सेवाभावसहित व्यापार गर्न‘ नै यसको विशेषता हो ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…