Page header hundai

  • काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका तीन पात्र यतिखेर दल बदलका कारण चर्चामा छन् । जसमा दुईजना नायिका र एकजना गायिका छन् । तीनैजना अहिले राजनीतिमा क्रियाशील छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएकाले उनीहरू सांसदको टिकट पाउने लबिङमा छन् । जसमध्ये गायिका कोमल वलीलाई एमालेले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिससमेत गरिसकेको छ ।
    गायिका कोमल वली र नायिका रेखा थापा एकैचोटि राप्रपा प्रवेश गरेका थिए । राप्रपाको एकता महाधिवेशनबाट दुवै एकैपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भए । तर, राप्रपा विभाजन भएपछि उनीहरु निष्कृय रहँदै एमालेमा प्रवेश गरेका छन् । केही समय कोमल वली कमल थापाकै राप्रपामा बसिन् भने रेखा थापाले पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक रोजिन् । रेखा थापाले राप्रपा त्यागेपछि कोमल वली पनि एमाले प्रवेश गरिन् । चुनाव लड्ने सर्तमा मात्र कोमल वली एमाले प्रवेश गरेकी हुन् । उनलाई मन्त्री बनाउने घोषणा एमाले अध्यक्ष केपी ओलीले गरिसकेका छन् ।
    एक साताअघि मात्रै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच प्रदेश र संघीय निर्वाचनमा तालमेल गरेर जाने र पछि पार्टी नै एकीकरण गर्ने सहमति भएको छ । नायिका करिश्मा मानन्धर नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी विगत एक वर्षदेखि नयाँ शक्तिमा छिन् । उनीसँगै नयाँ शक्ति पार्टी प्रवेश गरेका अशोक शर्मा र सरोज खनालले राजनीति छाडिसकेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर लड्ने भएको छ । जसले गर्दा अब करिश्मा र कोमल वलीले सूर्य चिन्हमा भोट माग्नुपर्ने अवस्था छ ।
    यता, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक भने लोकतान्त्रिक गठबन्धनमा सामेल भएको छ । रेखा राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य हुन् । कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन कसरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाने भन्ने विषयमा छलफलमा छन् । वाम तालमेलपछि पार्टी एकीकरणको तहसम्म पुग्यो भने राप्रपालगायतका साना दलले कांग्रेससँग एकीकरण नगरी सुखै छैन । त्यसैले नायिका रेखा थापा आगामी दिनमा कांग्रेसको मोर्चामा उभिने निश्चित छ । रेखाले कांग्रेसबाटै राजनीति सुरु गरेकी हुन् । २०६२÷६३ को आन्दोलनपछि रेखा थापा कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघकी सदस्य थिइन् । त्यही बीचमा उनी माओवादी प्रवेश गरिन् । माओवादी प्रवेश गरेदेखि नै रेखा थापाको फिल्मी करियर ओरालो लाग्न सुरु भएको हो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…