Page header hundai

  • काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको रणनीतिक प्रतिस्पर्धामा नेपाल कसैसँग पनि छैन, तर उत्तर कोरियाको निःशस्त्रीकरणमा नेपालले जोड दिँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा त्यसबारे स्पष्ट मन्तव्य दिएका छन् । नेपालले विज्ञप्ति जारी गरेरै कोरियाली प्रायद्वीपमा शान्ति हुनुपर्छ भनेको छ । 
    नेपालले यो धारणा सार्वजनिक गरिरहेका बेला नेपालस्थित अमेरिका र जापानिज दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटेर काठमाडौंको उत्तर कोरियन दूतावास बन्द गर्नुपर्ने दबाब दिन थालेका छन् । उत्तर कोरियाको अन्तर्राष्ट्रिय भूमिकालाई एउटा र नेपालमा उत्तर कोरियाली नागरिकबाट यहाँ रहेका अमेरिकी नागरिकलाई सुरक्षा थ्रेट भएको भन्ने दलिल अमेरिकी अधिकारीहरूको छ । अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर यो दबाब दिइरहेकी छन् ।  
    परराष्ट्र मन्त्रालयको युरोप अमेरिका हेर्ने महाशाखाले यसबारे प्रधानमन्त्री देउवालाई पनि जानकारी गराइसकेको स्रोतको दाबी छ । तर, उत्तर कोरियासँग नेपालको सम्बन्ध नबिग्रेको, यहाँका कूटनीतिक अधिकारीले आफ्नो कूटनीतिक मर्यादा ननाघेको र संदिग्ध आपराधिक गतिविधिमा लागेको नदेखिएको हुनाले नेपालले प्रश्न गर्ने ठाउँ छैन । नेपालमा कम्युनिस्टहरूको पुरानो जमातले उत्तर कोरियालाई नजिकको मित्र ठानिरहेका छन् । प्रधानमन्त्री भइसकेका एमाले नेता माधवकुमार नेपालले कोरियाली पूर्वनेता, अहिलेका नेता किम जोङ उनका हजुरबा किम इल सुङको जन्मदिवस आयोजक मूलसमितिको पूर्वअध्यक्षका हैसियतमा उत्तर कोरिया गएर फर्केका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेदेखि नेकपा मालेका महासचिव सिपी मैनालीसमेत उत्तर कोरिया आवतजावत गरिरहेका छन् । बिजुक्छेले त कोरियन वर्कर्स पार्टीको जुछे विचारधारालाई अहिले पनि शिरोपर नै गरिरहेको छ । 
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…