Page header hundai

  • काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, ठूला नेता प्रदीप गिरि, केन्द्रीय नेता पद्मनारायण चौधरीको राजनीतिक कर्मस्थल सिरहाका १७ वटा पालिकामध्ये नेपाली कांग्रेसले नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकामा मात्रै निर्वाचन जित्यो । 
    जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकामा नेपाली कांग्रेसको पोजिसन तेस्रो भयो । त्यहाँ कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा.सुभाष प्रमुखका उम्मेदवार थिए । प्रदेश २ कै सबैभन्दा ठूलो नगरपालिका लहानलगायत तीनवटा पालिका एमालेले हात पा¥यो । मुलुकको पहिलो ठूलो दल नेपाली कांग्रेसको हैसियत सिरहा जिल्लामा पाँचौंमा थन्कनुको मुख्य कारक कोषाध्यक्ष सीतादेवी बनेकी छन् । पुत्रमोहका कारण नै सिरहामा कांग्रेसले यो हविगत बेहोर्नु परेको स्थानीय कार्यकर्ता बताँउछन् । उनका छोरा सुभाष राजनीतिकर्मी होइनन् । चिकित्सा पेसा अंगालेका छोराले सिरहा नगरपालिकाको मेयर पदमा टिकट पाउने कन्फर्म नभएसम्म एकलौटी भयो भन्दै उनले उम्मेदवार चयन प्रक्रिया बहिष्कार गरिन् । पार्टीकी एक मात्र महिला पदाधिकारी, त्यसमध्ये प्रदेश २ मै टिकट वितरण हुँदै गर्दा उनको बहिष्कार प्रत्युत्पादक हुने अवस्था थियो । त्यसैले पार्टीले छोरालाई टिकट दिनुपर्ने उनको माग पूरा ग¥यो । तर उम्मेदवार चयन प्रक्रियामा सहभागी भइसकेपछि उनले अर्को अड्को थापिन्– ‘छोराले ज–जसलाई सिफारिस गर्छ, उसैउसैलाई वडाध्यक्षको टिकट दिनुपर्ने ।’ नगरपालिकाका सबै वडामा एकलौटी टिकट  बाँड्न पाउनुपर्ने सीता यादवको अडानपछि पार्टीभित्र खैलाबैला मच्चियो ।
    कोषाध्यक्ष यादवका समर्थकहरू घरेलु हतियार लिएर जिल्ला सभापतिलगायत वडाध्यक्षका अन्य आकांक्षीमाथि जाइलागे । उम्मेदवार मनोनयनका दिन कांग्रेस कार्यालय रणभूमिमा परिणत भयो । कांग्रेसद्वारा कांग्रेसमाथि नै गरिएको भौतिक आक्रमणले रगतको खोलो बग्यो ।  कांग्रेसका एक दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ता सख्त घाइते भए ।  सदरमुकाममा भएको यो कुरुक्षेत्रको दुस्प्रभाव सिरहा जिल्लाका अन्य पालिकामा मात्रै होइन, चुनाव हुन गइरहेका १३६ वटै पालिकामा प¥यो । यसैगरी, अर्को कमाल पूर्वराष्ट्रपति डा.रामवरण यादवको परिवारद्वारा भयो ।  लक्ष्मनीया गाउँपालिकामा पूर्वराष्ट्रपति डा.यादवका आफ्नै भतिजा समीर यादव कांग्रेसको विद्रोही बनेर मेयर पदमा चुनाव लडे । उनले एक हजार चार सय मत प्राप्त गरे भने आधिकारिक उम्मेदवार कुमारकान्त झाले दुई हजार पाँच सय मत प्राप्त गरे । ३५ सय मत प्राप्त गरेर संघीय समाजवादी फोरमका उम्मेदवारले चुनाव जिते । जबकि पूर्वराष्ट्रपति यादवको परिवारले सबभन्दा बढी अवसर पाएको छ । उनी आफैं केही समयअघि मात्र निवर्तमान भएका हुन् भने छोरा चन्द्रमोहन र भतिजी किरण यादव सांसद नै छन् ।
     

Ghar Bheti Animal Nepal
  • सहमतिपछि डा केसीको अनशन तोडियो

    काठमाडौं । सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन हिजो अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

  • आज धनधान्यकी देवी लक्ष्मीको पूजा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक…

  • सेनाले बोलायो पृतना सम्मेलन

    काठमाडौं । नेपाली सेनाले मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल गर्न आगामी कात्तिक १७ गते पृतना सम्मेलन आयोजना गर्ने भएको…

  • भावी कमाण्डरको के छ अवस्था 

    पञ्चायतको नसा, प्रकाशमानविरुद्ध काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बदला लिने घोषणाका साथ रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १…

  • यसरी सन्तुलित बन्यो संसदीय समिति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा गरी २२ सदस्यीय संसदीय समिति गठन गरेका छन् । गत मंगलबार…

  • गृह मन्त्रालय कांग्रेसले नै सम्हाल्ने

    काठमाडौं । सत्ता समीकरणलाई धोका दिँदै माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेपछि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बाध्य भएका छन्…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…