Page header hundai

  • काठमाडौं । स्थानीय तहको चुनाव सकिएलगत्तै प्रमुख दलहरू आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा सघन रूपमा जुट्दै छन् । प्रतिनिधि सभा निर्वाचनको अभ्यास ६० वर्ष पुरानो भए पनि प्रदेश सभाको संरचना तथा निर्वाचनको अभ्यास पहिलो भएका कारण केही अन्योलता देखिएको छ । एकपटक सांसद भइसकेका नेताहरू प्रतिनिधिसभामै चुनाव लड्न इच्छुक देखिएका कारण प्रदेशको मुख्यमन्त्रीका लागि खडेरी पर्ने त होइन भन्ने चर्चा पनि राजनीतिक वृत्तमा गरिएको छ । प्रदेशसभा निर्वाचन लड्न केन्द्रीय नेताहरू खासै तयार देखिएका छैनन् ।
    प्रदेशको नामाकरण र स्थायी राजधानी प्रदेशसभाले नै तोक्ने प्रावधान संविधानमा छ । संविधानमा अस्थायी नामकरण पूर्वदेखि क्रमशः अंकका आधारमा तोकिएको छ । प्रदेशसभाको निर्वाचन अगाडि नै राज्यपाल र अस्थायी राजधानी तोक्नुपर्नेछ । प्रदेशसभाका सदस्यको सपथग्रहण तथा अधिवेशन आह्वान राज्यपालले गर्ने प्रावधान संविधानमा भएका कारण अब छिटै नै राज्यपाल नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने काम सम्पन्न गर्ने तयारी सरकारले गरेको छ । प्रदेशको मुख्यमन्त्रीको मर्यादाक्रम  केन्द्रीय उपप्रधानमन्त्रीसरह हुने व्यवस्था छ । राज्यपालको मर्यादाक्रम  मुख्यमन्त्रीभन्दा माथि हुन्छ । राज्यपालको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा गरिने प्रावधान संविधानमा छ । एकपटक मन्त्री भइसकेका  वा ख्यातिप्राप्त प्राध्यापक एवं वरिष्ठ अधिवक्तामध्येबाट राज्यपाल नियुक्ति गर्ने सम्भावना छ । 
    राज्यपालका लागि निलाम्बर आचार्य, प्रा.कपिल श्रेष्ठ, केदारभक्त माथेमा, कमलनारायण दास, प्रा.जगमान गुरुङ, डा.मदन परियार, भक्तबहादुर बलायर, मिना पाण्डेको नाम चर्चामा आएको छ । कसैकसैले राज्यपालका लागि भारती सिलवालको नाम पनि लिएका छन् । प्राप्त जानकारीअनुसार सर्वोच्च अदालतले जहाँ जहाँ उच्च अदालत राखेको छ, त्यहीँ त्यहीँ प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी सरकारको छ । गृह मन्त्रालयले यही अवधारणाअन्तर्गत प्रदेश प्रहरी प्रमुखको कार्यालय स्थापना गर्दै छ ।


     

Ghar Bheti Animal Nepal
  • सहमतिपछि डा केसीको अनशन तोडियो

    काठमाडौं । सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन हिजो अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

  • आज धनधान्यकी देवी लक्ष्मीको पूजा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक…

  • सेनाले बोलायो पृतना सम्मेलन

    काठमाडौं । नेपाली सेनाले मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल गर्न आगामी कात्तिक १७ गते पृतना सम्मेलन आयोजना गर्ने भएको…

  • भावी कमाण्डरको के छ अवस्था 

    पञ्चायतको नसा, प्रकाशमानविरुद्ध काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बदला लिने घोषणाका साथ रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १…

  • यसरी सन्तुलित बन्यो संसदीय समिति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा गरी २२ सदस्यीय संसदीय समिति गठन गरेका छन् । गत मंगलबार…

  • गृह मन्त्रालय कांग्रेसले नै सम्हाल्ने

    काठमाडौं । सत्ता समीकरणलाई धोका दिँदै माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेपछि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बाध्य भएका छन्…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…