Page header hundai
  • संघ र प्रदेश सभा निर्वाचनको चहलपहल सुरु


    काठमाडौं । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि राजधानी काठमाडौंसँग जोडिएका जिल्लामा चुनावी माहोल तात्न सुरु भइसकेको छ । गत संविधानसभा निर्वाचनमा राजधानी काठमाडौं तथा आसपासको जिल्लामा नेपाली कांग्रेसले ठूलै बाजी मारेको थियो । यसपटक हुने चुनावमा पनि करिब करिब त्यही अवस्था दोहोरिने सम्भावनाका साथ उम्मेदवारबीच रस्साकस्सी सुरु भएको छ ।

    ललितपुरमा को को ?
    चार लाख ६८ हजार जनसंख्या रहेको ललितपुरमा साविककै तीनवटा निर्वाचन क्षेत्र कायम छन् । ललितपुरलाई राजधानी जिल्लाकै रूपमा लिइन्छ, तर जिल्लाको अधिकांश भूभाग कर्णाली अञ्चलभन्दा पनि विकट छ । विकट दक्षिणी क्षेत्रमा जनसंख्या पातलो रहेका कारण उपत्यकाका घनाबस्तीका नेताहरू हाबी छन् । 
    गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट उदयशमशेर राणा, २ बाट चन्द्र महर्जन र ३ बाट मदनबहादुर अमात्यले चुनाव जितेका थिए । यसपटक पनि करिब करिब उनीहरूले नै टिकट पाउने सम्भावना छ । राणा पहुँचवाला घरानाका भएकाले उनको टिकट खोसिने सम्भावना छैन । अमात्य जिल्ला सभापति भएकाले मात्र होइन, ०७० को निर्वाचन आफूसहित तीनै क्षेत्र जिताएकाले उनको विकल्प खोजिनै सम्भावनै छैन ।
    क्षेत्र नम्बर २ मा भने चन्द्र महर्जनले दोहो¥याएर टिकट पाउने सुनिश्चित छैन । ज्यापु समुदायको नेताबाहेक अरुले चुनाव जित्न सक्ने अवस्था नरहेकाले अन्य दाबेदारजस्तै उनी पनि दाबेदार हुन् । ज्यापु समुदायको करिब ६० प्रतिशत मत रहेका कारण क्षेत्र नम्बर २ बाट २०४८ सालयता अन्य जातिका उम्मेदवारहरूको कन्तबिजोग हुने गरेको छ । यही बाध्यताका कारण गत स्थानीय निर्वाचनमा पनि सबै पार्टीले ज्यापु समुदायबाटै उम्मेदवार बनाएका थिए । चन्द्र महर्जनको विकल्पमा प्रेमकृष्ण महर्जन, रामकृष्ण चित्रकार, शान्तिलक्ष्मी महर्जन, धर्म महर्जन, फरिन्दा महर्जनलगायतको नाम चर्चामा छ ।
    प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को ग्रामीण भेगबाट ऋषिराम घिमिरे, मथुराप्रसाद घिमिरे र सहरी क्षेत्रबाट मीनकृष्ण महर्जन र पुरुषोत्तम सिलवालको नाम चर्चामा छ ।
    क्षेत्र नम्बर २ मा भने प्रदेशसभाका दुई सिटमा पनि आकांक्षीहरूबीच रस्साकस्सी देखिएको छ । पुरानो सहरी बस्ती रहेको क्षेत्रमा ज्यापु समुदायका नेतामध्येबाटै उम्मेदवार बनाइने सम्भावना रहेका कारण प्रेमकृष्ण महर्जन, शान्तिलक्ष्मी महर्जन, फरिन्दा महर्जन, धर्म महर्जनलगायतका नेता प्रतिस्पर्धामा छन् । त्यसो त प्रकाशनन्दन जोशी, रूद्र शर्मा, प्रमोद शर्मा, दिवाकर सिलवाललगायतको नाम पनि चर्चामा छ । नयाँ सहरी बस्ती रहेको क्षेत्रमा पवनविक्रम थापा, गणेश सिलवाललगायतको नाम चर्चामा छ । 
    क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभाका दुई सिटमध्ये पुरानो सहरी बस्ती रहेको क्षेत्रबाट जितेन्द्र श्रेष्ठ मलेगो, जितजंग बस्नेत, भरतलाल न्याछ्यौंलगायतको नाम चर्चामा छ । नयाँ बहरी बस्ती रहेको क्षेत्रबाट नवराज महत, गोकुल खड्का, उर्मिला केसी, धना खतिवडालगायतको नाम चर्चामा छ । नवराज महत र जितेन्द्र श्रेष्ठको सम्भावना बढी रहेको बताइन्छ ।

    भक्तपुर : १ मा बिजुक्छे, बाँकी कांग्रेस 
    दुई लाख ५० हजार जनसंख्या रहेको भक्तपुरमा साविककै दुईवटा निर्वाचन क्षेत्र कायमै छन् । जसमध्ये क्षेत्र नम्बर १ मा नेमकिपाका नारायणमान बिजुक्छेको किल्ला तोडिन यसपटक पनि सम्भव छैन भन्ने कुरा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले सिद्ध गरेको छ । यद्यपि भक्तपुर क्षेत्र नम्बर १ बाट टिकटका लागि नेपाली कांग्रेसका विनोद कायस्थ, गणेशमान चक्रधर, बिजेन्द्र जोन्छेलगायतका नेताहरू सक्रिय देखिएका छन् ।
    प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनाव जित्ने सम्भावना छ ।  प्रदेश सभाका दुईवटा सिटमा पनि यिनै तीनजनामध्येबाटै उम्मेदवार हुने सम्भावना छ । गत चुनावमा रामेश्वर ढुंगेलले जितेको क्षेत्र नम्बर २ मा  यसपटक पनि रामेश्वर ढुंगेलकै नाम चर्चामा छ । तर सहिद राधेश्याम जोन्छेकी श्रीमती रजनी जोन्छेको नाम पनि त्यति नै चर्चाका छ । यसैगरी,  दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ, कविर राणा र मुरारी आचार्यको नाम पनि चुनाव जित्न सक्ने सूचीमा छ । उनीहरूमध्येबाटै प्रदेश सभाका दुई सिटमा उम्मेदवार हुने सम्भावना रहेको बताइन्छ । 
     

Ghar Bheti Animal Nepal
  • सहमतिपछि डा केसीको अनशन तोडियो

    काठमाडौं । सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन हिजो अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

  • आज धनधान्यकी देवी लक्ष्मीको पूजा

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक…

  • सेनाले बोलायो पृतना सम्मेलन

    काठमाडौं । नेपाली सेनाले मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल गर्न आगामी कात्तिक १७ गते पृतना सम्मेलन आयोजना गर्ने भएको…

  • भावी कमाण्डरको के छ अवस्था 

    पञ्चायतको नसा, प्रकाशमानविरुद्ध काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बदला लिने घोषणाका साथ रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १…

  • यसरी सन्तुलित बन्यो संसदीय समिति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई चरणमा गरी २२ सदस्यीय संसदीय समिति गठन गरेका छन् । गत मंगलबार…

  • गृह मन्त्रालय कांग्रेसले नै सम्हाल्ने

    काठमाडौं । सत्ता समीकरणलाई धोका दिँदै माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेपछि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बाध्य भएका छन्…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…