Page header hundai

  • काठमाडौं । नेपाल तरुण दलले तराईका आठ जिल्लामा ‘एक तरुण एक राहत’ अभियान सम्पन्न गरेको छ । केही समयअघिको बाढी र डुबानबाट पीडित तराई मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यो अभियान लिएर गएको अध्यक्ष जितजंग बस्नेतले बताए । ती जिल्लामा करिब १० हजार रुपैयाँ बराबरका राहत बाढीपीडितलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । 
    ‘एक तरुण एक राहत’ अभियानमा तरुण दल कास्कीले केन्द्रलाई तीन लाख, चितवन जिल्ला कार्यसमितिले एक लाख नगद प्रदान गरेको थियो । तरुण दलको अभियानका लागि अमेरिकामा रहेका नेपालीले सात लाख सात हजार रुपैंयाँ संकलन गरी तरुण दलका अध्यक्ष बस्नेतलाई पठाएका थिए ।
    देश तथा विदेशबाट प्राप्त सहयोग बोकी तराईको पीडामा मलम लगाउन तरुण दल अध्यक्ष बस्नेतको टोली नगद, औषधि, खाद्यान्न, ब्ल्यांकेट तथा पाल लिएर प्रदेश २ झरेको थियो । तरुण दलले धनुषामा एक लाख नगद, २७५ वटा ब्ल्यांकेट, ३५ थान त्रिपाल, ड्राइफुड बाकस १५ र चामल १९ बोरा वितरण गरेको थियो । 
    यस्तै, महोत्तरीमा दुई लाख नगद, रौतहटमा पौने दुई लाख नगदसहित ८० थान मण्डी प्रदान गरेको थियो । बारामा डेढ लाख र पर्सामा एक लाख तथा ५०–५० थान ब्ल्यांकेट वितरण गरेको थियो । बाढी प्रभावित जिल्लाका तरुण दल अध्यक्ष तथा कांग्रेस जिल्ला पार्टी र भ्रातृसंगठनहरूको उपस्थितिमा राहत सहयोग वितरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतसँगै राहत वितरण अभियानमा तरुण दल उपाध्यक्ष उत्तम चापागाई, महासचिव भुपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङलगायतका नेताहरू खटिएका थिए ।
    बाढीपीडितलाई राहत वितरण गरिसकेपछि तरुण दल प्रदेश २ को स्थानीय तहको निर्वाचन प्रचार प्रसारमा जुटेको थियो । पार्टी केन्द्रको निर्देशनअनुसार मधेसका आठै जिल्लामा तरुण दलको केन्द्रीय समिति र जिल्ला समिति चुनावी प्रचार प्रसारमा लागेको अध्यक्ष बस्नेतको भनाइ छ । ‘बाढीपीडितलाई राहत वितरण अभियानसँगै हामी प्रदेश २ का जिल्लामा चुनाव प्रचार प्रसारमा पनि खटियौं, जसले गर्दा मधेसका जिल्लामा कांग्रेसको पक्षमा चुनावी माहोल निकै राम्रो बन्न पुग्यो,’ बस्नेतले तरुणसँग भने ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…