Page header hundai
  • हामी स्थिरता चाहन्छौं, एमाले द्वन्द्व : निधि


    जनकपुरधाम । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदिप गिरीले दुई नम्बर प्रदेशमा राजपा कतै नदेखिएको टिप्पणी गरेका छन् । आन्दोलनका नाउँमा अंशवण्डा गर्दै हिडेँका राजपासँग स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको कुनै प्रतिष्पर्धा नरहेको गिरीले दावी गरेका छन् । नेपाली काँग्रेस धनुषाले बुधबार जनकपुरमा आयोजना गरेको चुनावीसभामा बोल्दै नेता गिरीले भने,‘ राजपा अंशवण्डामा लागेको छ । नेपाली काँग्रेससँग उसको कुनै प्रतिष्पर्धा देखिएको छैन ।’ जनकपुरमा केहि राजपा देखिएपनि प्रदेश नम्बर दुईको अन्य स्थानमा आफूहरुको प्रतिष्पर्धा एमालेसँग रहेको गिरीले बताए । नेपाली काँग्रेस सबैको साझा पार्टी रहेको बताउँदै गिरीले दुई नम्बर प्रदेशमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन मतदाताहरुलाई आग्रह गरे । 
      नेपाली कांग्रेसका पूर्व कार्यबहाक सभापति विमलेन्द्र निधिले मुलुकमा विकासको लहर ल्याउन दुई नम्बर प्रदेशमा नेपाली काँग्रेको झण्डा फहराउन आग्रह गरे । नेपाली काँग्रेस मुलुकको विकासप्रति प्रतिवद्ध पार्टी रहेको भन्दै असोज दुई गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन निधिले मतदाताहरुसँग अपिल गरे । नेपाली काँग्रेस धनुषाले बुधबार जनकपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै नेता निधिले नेपाली काँग्रेसकै पहलमा विकास निर्माणका पूर्वाधारहरु अगाडी बढेको बताउँदै नेपाली काँग्रेस निर्वाचित भए धनुषा तथा प्रदेश नम्बर दुईको विकास निश्चित रहेको उल्लेख गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा धनुषाको सीमावर्ती क्षेत्र पिपरौनमा भन्सार कार्यालय सञ्चालन गर्ने प्रस्ताव अगाडी बढी सकेको समेत उनले जानकारी दिए । प्रदेश नम्बर दुईका साथै मुलुकको राजनीतिक निकास तथा विकासको एजेन्डा अगाडी बढाउन नेपाली काँग्रेसका उमेदवारलाई निर्वाचित गराउन उनले आग्रह गरे । 
    स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पार्टी नेता कार्यकर्ताहरुलाई समेत एकजुट भएर काँग्रेसका उम्मेदवार लाई निर्वाचित गराउन निधिले आग्रह गरे । चुनाव भन्दा बाहिर रहेको आन्दोलनकारी शक्तिहरुलाई चुनावमा ल्याउन नेपाली काँग्रेस सफल भएको भन्दै नेपाली काँग्रेसले मुलुकमा द्धन्द्ध नचाहेको प्रष्ट भएको निधिले बताए । नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरी निर्माण गरेको संविधानलाई नेपाली काँग्रेसले सर्वस्वीकार्य बनाउन चाहेपनि एमालेको अवरोधका कारण तत्काल संभव हुन नसकेको निधिले प्रष्टाए । एमालेले गरेको असयोगका कारण संविधान संशोधन विधेयक सफल हुन नसकेको बताउँदै एमाले अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर पछिल्लो पटक संविधान संशोधन हुन नदिएको निधिले आरोप लगाए । निधिले भने,‘हामी मुलुकमा राजनीतिक स्थिरता ल्याउन चाहेका छौँ । तर, एमालेले चाहेको छैन । मुलुकमा द्वन्द्व फैलाउनु एमालेको प्रमुख उद्देश्य देखिएको छ ।’ एमालेका नेताहरुले विदेशमा गएर संघीयताको विरोधमा गएर लबिङ गरेर राष्ट्रघाती कार्य गरेको भन्दै एमाले मधेश विरोधी, गणतन्त्र विरोधी र संघीयता विरोधी पार्टी रहेको प्रष्ट भइसकेको निधिले बताए ।
    पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले लोकतन्त्र, गणतन्त्र र संघीयता दिएको भन्दै मुलुकमा राजनीतिक स्थिरता ल्याउन नेपाली काँग्रेसको विकल्प नरहेको उनले प्रष्ट पारे । 

    ओबीसी धनुषा अध्यक्ष काँग्रेसमा प्रवेश
    ओबीसी धनुषाका अध्यक्ष सुरेश ठाकुर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेसले जनकपुरमा आयोजना गरेको चुनावी सभामा ओबीसी अध्यक्ष ठाकुर सहित विभिन्न पार्टी परित्याग गरी एकसय भन्दा बढी नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे । नेपाली काँग्रेसले मात्र मुलुकमा विकास र राजनीतिक निकास दिन सक्ने भएकोले आफूहरु नेपाली काँग्रेसमा प्रवेश गरेको ठाकुरले बताएका छन् । नेपाली काँग्रेसका युवा नेता शशी ठाकुरको सहयोगमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 
    ठाकुर सँगै राजु मण्डल, अजय साह, विजय यादव, साविर राइन, रामकुमार सिंह, राकेश कुमार साह, प्रविण कुमार राय, कुशेश्वर कुमार राय, सुनिल साह, रोहण कुमार मण्डल, कुशेश्वर कुमार राय, सुनिल साह, रोहणकुमार मण्डल, विमलेश कुमार यादव, मनि यादव, अभिषेक यादव सहित एकसय भन्दा बढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…