Page header hundai

  • ‘आज हामी कसका विरुद्ध लड्न गइरहेका छौं,’ गौरी लन्केशकी पत्रकार मित्रहरूलाई फोन गर्थिन् र सोध्थिन्– ‘तपाईंको सिकायत कोसँग हो ?’ गौरी विशेष गरी आफ्ना सम्पादकसँग सोध्थिन्, ‘अखबारले ती मुद्दालाई सशक्त ढंगले कहिले पनि उठाएन, जुन मुद्दा उनको हृदयले चाहेको थियो । यदि प्रभावशाली व्यक्तिले ठोस कदम उठाउँदैन भने हामी ती काम कसरी सम्भव बनाउन सक्छौं ? गौरी एउटा निर्भीक आवाज थियो, जसलाई सधैंका लागि दबाइयो ।
    दक्षिण भारतको बंगलोरमा गौरी बसोबास गर्थिन्, त्यहीँ आफ्नो नामबाटै एक साप्ताहिक ट्योबलोइड निकाल्थिन् । पत्रिका कन्नड भाषामा निस्कन्थ्यो, जुन उनको पिताको विरासतबाट प्राप्त भएको हो । पत्रिका पाठकको चन्दाबाट चलेको थियो, कर्नाटकको संस्कृतिमा आधारित एक्टिविस्ट ट्योबलोइड हो, जसमा विज्ञापन छापिँदैन थियो ।
    वामपन्थी विचारकको रूपमा गौरीको परिचय बनेको थियो । उनको विचार सम्पादकीयमा स्पष्ट झल्किन्थ्यो । गौरी दक्षिणपन्थी हिन्दुवादी विचारधाराको जमेर विरोध गर्थिन् । धार्मिक र बहुसंख्यकवादको राजनीतिले भारतलाई अविछिन्न राख्न सक्दैन । चर्चित विचारक विद्वान मलेशप्पा कलबुर्गीको बंैगलोरमा उनकै घरमा गोली हानी हत्या भएको थियो, त्यही बेलादेखि दक्षिणपन्थी हिन्दु समूहबाट गौरीलाई पनि बारम्बार धम्की आइरहेकोे थियो ।
    गौरी आफ्ना मित्रहरूलाई भन्ने गर्थिन्, ‘मलाई त्यस्ता धम्कीको डर लाग्दैन । यदि मलाई उनीहरूले वेश्या भने पनि खास फरक पर्दैन । तर म देशको अवस्थादेखि चिन्तित छु । ती व्यक्तिहरू देशलाई अलगथलग बनाउन चाहन्छन् ।
    गौरीलाई निशाना बनाउनुपर्ने अर्को पनि एउटा कारण छ । उनी माओवादी विद्रोहलाई खुला रूपमा समर्थन गर्थिन् । माओवादी भारत सरकारसँग विगत लामो समयदेखि लडिरहेको छ । अर्कोतिर गौरी माओवादीलाई मूल धारमा ल्याउन चाहन्थिन् । यसका साथै उनले दलितलाई अधिकार दिलाउन अभियान नै सञ्चालन गरेकी थिइन, जसलाई राज्यले अछूत सम्झन्थ्यो ।
    गौरी प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दु राष्ट्रवादी पार्टी बीजेपीलाई कत्ति पनि मन पराउँदिन थिइन् । उनी आफ्नो फेसबुक पोस्टमा अक्सर प्रधानमन्त्री मोदीको नाम लिन्थिइन् । हालै पोस्ट गरिएको फेसबुक स्टाटसमा प्रधानमन्त्री मोदीको आलोचना गरेकी थिइन् । उनी जहिले पनि भारतको धर्मनिरपेक्ष छविलाई लिएर मुखरित गर्थिन् ।
    गौरी अखबारमा आफ्नो विषयवस्तुलाई लिएर प्रायः चर्चामा आइरहन्थिन् । धेरैपटक गौरीको स्टोरीका कारण उनका साथीहरूले असुविधाको स्थिति सामना गर्नुपरेको थियो । गौरीले कहिले पनि आफ्नो प्रतिबद्धतासँग सम्झौता गरिनन् । उनी ट्विटर एकाउन्टमा आफूलाई ‘जर्नालिस्ट एक्टिविस्ट’ भन्थिन् । यसमा कसैले अप्ठ्यारो मान्नुपर्ने अवस्था थिएन किनभने उनको अखबारलाई मानहानिको मुद्दा चलाउन छुट सबैलाई थियो । गत वर्ष मानहानिको मुद्दामा गौरीलाई दोषी करार गरिएको थियो । उनले स्थानीय बीजेपी नेताविरुद्ध एउटा अनुसन्धानात्मक रिपोर्ट छापेकी थिइन् । उक्त फैसलापछि बीजेपी आईटी सेलका प्रमुखले ट्विटरमा भनेका थिए– ‘अरु पत्रकारले अदालतको फैसलालाई ध्यानमा राखून् ।’
    यी सबै कुराको प्रभाव गौरीलाई परेको थिएन । गौरीको पत्रिका चर्चा र आम्दानीमा खस्कँदै गए पनि एउटा विचारको धार बनिरहेको थियो । उनले दक्षिणपन्थी हिन्दुवादीहरूलाई चुनौती दिन छाडेकी थिइनन् । गौरीलाई पत्रकारितामा यो हिम्मत उनका पिता पी लंकेशको विरासतबाट प्राप्त भएको थियो । पी लंकेश कर्नाटकको सांस्कृतक हस्तीका रूपमा परिचित थिए । 
    पी लंकेश एउटा जीवन्त र चर्चित ट्योबलोइड निकाल्थे । उनले केही उपन्यास पनि लेखेका थिए, जुन पुरस्कृत भएका थिए । यसका साथै लंकेशले फिल्म पनि बनाएका थिए । यति धेरै क्षमता भएका कारण उनको व्यक्तित्व सीमाभन्दा बाहिर थियो । यसका साथै उनी एक निडर एक्टिविस्ट पनि थिए । 
    गौरी आफ्ना आमाबुवाको तीन सन्तानमध्ये जेठो थिइन् । उनले सुरुमै पत्रकारितामा प्रवेश गर्ने निर्णय लिएकी थिइन् । उनले दिल्लीमा पत्रकारिताको अध्ययन गरिन् । गौरीले एउटा अग्रणी अखबारमा पनि काम गरेकी थिइन् । जब सन् २००० मा गौरीका पिताको निधन भयो, त्यसपछि २० वर्ष पुरानो त्यही अखबार चलाउन इच्छुक थिइनन् । बाध्य भएर अखबार सञ्चालन गर्न थालिन्, उनी राजनीतिमा होमिसकेकी थिइन् । साथीहरूमाझ गौरीको पहिचान एक जुझारु र आम मानिसमा तातो जोश दिन सक्ने क्षमता भएको व्यक्तिका रूपमा थियो । 
    गौरीसँग दुई विद्यार्थी नेता पनि थिए । त्यसमध्ये एक दलित समुदायको थियो भने अर्कोलाई देशद्रोहीको आरोप लगाइएको थियो । विशेष गरी उनी ती व्यक्तिलाई घरमै बोलाउँथिन् । हालैको महिनामा गौरीले पे्रस स्वतन्त्रतामाथि हस्तक्षेप भएका विषयमा कलम चलाउँदै आएकी थिईन् । यसका साथै उनले स्थानीय राजनीति र बैंगलोरमा महिला असुरक्षित छन् भन्ने विषयमा पनि कलम चलाएकी थिइन् ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…