Page header hundai

  • काठमाडौँ । नायिका झरना थापाले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले व्यापारिक सफलता हासिल गरेको छ । डेब्यु निर्देशनमै उनले आमदर्शक र समीक्षकबाट राम्रो तारिफ पाएकी छन् । गत शुक्रबार प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ ले पहिलो साता बक्स अफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तीन दिनमा बम्पर ओपनिङ गर्दै तीन करोड ४३ लाख ग्रस कलेक्सन गरेको चलचित्रले बाँकी चार दिनमा एक करोड ५९ लाख  कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । ‘ए मेरो हजुर २’ ले बलिउड र हलिउड सिनेमालाई पहिलो साताको कमाईमा उछिनेको छ । 
    एक सातामै पाँच करोड कमाएर ‘ए मेरो हजुर २’ ले वर्षकै हिट चलचित्रमा आफूलाई उभ्याइसकेको छ । पछिल्लो चार दिनमा चलचित्रले राजधानीबाट क्रमशः २५ लाख १५ हजार, ३० लाख १५ हजार, १८ लाख ५५ हजार र १६ लाख रुपैयाँ कलेक्सन गरेको बताइएको छ । त्यस्तै, राजधानी बाहिरबाट क्रमशः २१ लाख २५ हजार, १९ लाख २८ हजार, १५ लाख पाँच हजार र साताको अन्तिम दिनमा १४ लाख ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दोस्रो साता पनि राम्रो व्यापार गर्ने छनक देखाएको छ । दोस्रो सातामा एक मात्र नेपाली सिनेमा रिलिज हुँदा यसको फाइदा ‘ए मेरो हजुर २’ लाई हुने भएको छ । दोस्रो सातामा सिनेमाको ३० प्रतिशत मात्र सो कटौती भएका छन् । ‘ए मेरो हजुर २’ मा साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईलगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन छ ।

    ‘२ रुपैयाँ’ को व्यापार प्रभावित हुने
    ‘ए मेरो हजुर २’ ले दोस्रो साता पनि राम्रो व्यापार गर्ने भएपछि ‘२ रुपैयाँ’ चलचित्र निर्माण पक्ष चिन्तामा परेको छ । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘२ रुपैयाँ’ शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको छ । चलचित्रले क्यु एफएक्समा २४ सो पाएको छ । जुन आफैंमा रेकर्ड हो । यसअघि निश्चल बस्नेतले निर्देशन गरेको ‘लूट २’ क्यु एफएक्समा राम्रो सो पाएको थियो । पहिलो दिन र शनिबार ‘२ रुपैयाँ’ को व्यापार निकै राम्रो भएको छ ।
    प्रदर्शनअगावै यस चलचित्रको गीत ‘कुटुमा कुटु सुपारी दाना‘’ ले युट्युबमा विभिन्न कीर्तिमान राखिसकेको छ । उक्त गीतको रचना, संगीत र स्वर राजनराज शिवाकोटीको रहेको छ । सो गीतमा नायिका स्वस्तिमा खड्काको आइटम डान्स रहेको छ । यो गीतले स्वस्तिमालाई निकै लोकप्रिय बनाइदिएको छ । लोकप्रिय गीत र कमेडी जनराका कारण पनि ‘२ रुपैयाँ’ चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको भनाइ छ । समीक्षक र दर्शकबाट ‘२ रुपैयाँ’ ले राम्रै माउथ पब्लिसिटी पाएको छ ।
    ‘२ रुपैयाँ’ मा दुई निर्देशक जोडी निश्चल बस्नेत र आशिफ शाहको अभिनय देख्न सकिन्छ । बस्नेतले ‘२ रुपैयाँ’ मा मुख्य भूमिका निभाएका छन् । शाह चलचित्रका निर्देशक पनि हुन् । उनी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । निश्चल र आशिफबाहेक मेनुका प्रधान, बुद्धि तामाङलगायतको पनि चलचित्रमा अभिनय रहेको छ । तर, दोस्रो साता पनि ‘ए मेरो हजुर २’ उत्कृष्ट व्यापार गरेमा आफ्नो चलचित्रको व्यापारमा धेरै असर पर्ने हो कि भन्ने चिन्ता निर्देशक आशिफ शाहमा देखिएको छ । 
    कलाकार निर्माता दीपकराज गिरी, निर्देशक विकास आचार्यलगायत दर्जनौं चलचित्रकर्मीले ‘२ रुपैयाँ’लाई सफलताको शुभकामना दिएका छन् । दीपकराजले मनैदेखि चलचित्रले सफलता पाओस् भनेका छन् । ‘२ रुपैयाँ’ लाई दीपकराजले शुभकामना दिनुमा स्वस्तिमा खड्का मुख्य कारण रहेकी छन् । दीपकराजको ‘छक्का पञ्जा २’ मा स्वस्तिमा नायिका छिन् । ‘२ रुपैयाँ’ चलचित्र चलेमा त्यसको फाइदा स्वस्तिमालाई हुने र ‘छक्का पञ्जा २’ लाई प्लस हुने बुझाई दीपकराजको छ ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…