Page header hundai
  • के सम्भव छ कारवाही गर्न ?


    नुवाकोट । बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।
    बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्यासी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ ।
    यस्तै पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ । उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।
    जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए ।
    पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए । कारवाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् ।
      नुवाकोट त उदाहरण मात्रै हो । चुनाव हारेका ९० प्रतिशत उमेदवारहरुले अन्तर्घात नै मुख्य कारण भएको दावी गर्दै केन्द्रीय कार्यालयमा उजुरी दर्ज गराएका छन् । चुनाव जितेका पालिकाहरुबाट भने खासै त्यस्तो उजुरी  नआएको नेपाली कांग्रेस स्रोतले जनाएको छ । हरेक पालिकासम्म पार्टीमा दुई वटा पक्ष छन्   एउटा पदमा दुवै पक्षकोले टिकट पाउने अवस्था छैन । एउटा पक्षकाले टिकट पाउने हो । चुनाव जिते आफ्नै व्याक्तित्वले जितेँ भन्ने र हारे अन्र्तघातका कारण हारेँ भन्दै केन्द्रीय कार्यालयमा उजुरी दर्ज गराइएको छ । अव प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव आउन करिव दुई महिना बाँकी छ ।  करिव ५ सय पालिकाबाट यस्ता उजुरी आउने क्रमका कारण अनुशासन समितिमा रहेका नेताहरुले यो वीचमा छानविन गर्न भ्याउने अवस्था छैन । उनीहरुलाई पनि आफ्नो चुनावी तयारी गर्नुछ । यसवीचमा दशैं, तिहार , छठ जस्ता पर्व पनि मान्नु छ ।   प्रदेश सभा र प्रतिनिधि सभा जस्ता निकै महत्वपूर्ण चुनावको मुखमा अरु पार्टीबाट समेत कार्यकर्ता तान्नु पर्ने हुन्छ । यस्तो बेला पर्याप्त छानविन नगरी  हचुवाको भरमा आफ्नै पार्टीका कार्यकर्तालाई लखेट्न सकिने अवस्था छैन । हालसम्म जति उजुरी आएका छन्  तिनको  पर्याप्त छानविनका लागि भने कम्तिमा एक वर्षको समय लाग्छ ।
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…