Page header hundai

  • काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित हुने केही दैनिक पत्रिकाका आर्थिक लगानीकर्ताहरूको संगठन नेपाल मिडिया सोसाइटीको केही दिनअघि सम्पन्न बैठकले सरकारी तहबाट हुने भ्रष्टाचारविरुद्ध समाचार प्रवाहको अभियान सुरु गर्ने निर्णय गरेको छ । भ्रष्टाचारविरुद्ध एक ठाउँमा उभिने निर्णय प्रभावशाली मिडियाका लगानीकर्ताहरूले गर्नुलाई  सकारात्मक रूपमै लिइए पनि आगामी निर्वाचनलाई हेरेर सरकारमा रहेका दलविरुद्ध संयुक्त अभियानका रूपमा पनि अर्थ लगाउन थालिएको छ । सोसाइटीमा नअटाएका नागरिकका विनोद ज्ञवाली त्यही बैठकबाट सामेल भएका छन् भने अन्नपूर्ण नेटवर्कका अध्यक्ष रामेश्वर थापाले प्रवेशको इच्छा देखाएका छैनन् । भ्रष्टाचारविरुद्ध अभियानका नाममा एउटा दैनिकले करिब आठ करोड पाएको चर्चा पनि मिडिया संसारमा चलेको छ ।
    ठीक बेलामा ठीक निर्णय लिने, तर आफ्नो निर्णयमा लामो समय अडिन नसक्ने समस्या मुलुकका अरु व्यापारीमा जस्तै ठूला मिडियाका लागनीकर्तामा पनि देखिएको छ । २०५८ सालमा भारतीय व्यापारीको लगानी अन्नपूर्ण पोष्ट दैनिकमा भित्रिएको भन्दै यसको विरोधका लागि मिडिया सोसाइटी गठन भएको थियो । सुरुका केही दिन स्वदेशी मिडियामा विदेशी लगानी आपत्तिजनक रहेको भन्दै मिडिया सोसाइटीका नाममा विभिन्न गतिविधि भएको थियो । समाचार पनि आएको थियो । तर केही समय नबित्दै यो अभियान तुहियो । यतिबेला लिइएको भ्रष्टाचार विरोधी अभियान आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ल्याइएको हो कि ? अन्य ‘हिडेन एजेन्डा’ छन् वा अभियानलाई निरन्तरता दिइन्छ वा दिइन्न ? भन्ने प्रश्न पनि मुलुकको पत्रकारिता क्षेत्रमा उठ्न थालेको छ । भ्रष्टाचार तथा अनियमितताका समाचार विज्ञापनद्वारा विस्थापित हुने समस्या आर्थिक उदारीकरणको नीति अपनाएका हरेक मुलुकमा देखिने गरेको छ । यस्तो समस्या रोक्न मिडियाका लगानीकर्ताहरू एकजुट भएको जनाइएको छ । तर यसले सिन्डिकेट निम्त्याउन सक्ने खतरा पनि बौद्धिक जगतबाट औंल्याइएको छ ।

    भारतले आफूलाई राजपाक्षे बनाउन खोजेको र त्यो षड्यन्त्रबाट बच्न आफूसँग कुशल रणनीति र संगठन भएको कुरा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई बताइसकेको उल्लेख ओलीले गरेकोे बुझिएको छ ।  थाइल्यान्ड बसाईका क्रममा चिनियाँ पक्षसँग ओलीको राम्रै डिल भएको हुनसक्ने अनुमान गरिएको छ ।  

    भ्रष्टाचार तथा अनियमितताको सम्भावना सत्तामा रहनेहरूद्वारा बढी हुने भएकाले मिडिया सोसाइटीको यो निर्णयले आफ्नो पार्टीको पक्षमा लाभ पुग्ने आंकलनका साथ प्रमुख प्रतिपक्षी दल एमाले निकै उत्साहित भएको देखिएको छ । यतिबेला सत्तामा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा (प्रजातान्त्रिक) लगायतका दल छन् । सरकारको समर्थन गरेका कारण मधेसी दल पनि सत्तारुढ दलअन्तर्गत नै पर्छन् । प्रतिपक्षको सिंगो मैदान एमालेका लागि खाली छ । अनियमितताविरुद्ध समाचार खोज्ने क्रममा मिडिया सोसाइटीअन्तर्गतका केही पत्रिकामा हचुवाका समाचार पनि प्रकाशित हुन थालेका छन् । चुनावको मुखमा मन्त्रीहरूविरुद्ध हचुवाका समाचार प्रवाहित हुनु निर्वाचनको आचार संहिताभित्र पर्छ कि पर्दैन ? भन्ने प्रश्न पनि त्यति नै टड्कारो बनेको छ ।
    एमाले अध्यक्ष खड्गप्रसाद ओली उपचारका लागि थाइल्यान्डमा लामो समय बसेर फर्कनु र मिडिया सोसाइटीद्वारा चुनावको मुखमा प्रतिपक्षलाई अनुकूल हुने निर्णय आउनु संयोग मात्र मानिएको छैन । ओलीले  चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूसँग आफ्नो फलदायी भेटघाट भएका कारण अब हुने चुनावी परिणाम एमालेका लागि निकै उत्साहजनक हुने खुलासा निकटस्थ नेताहरूसँग गरेका छन् । गत शनिबार ओलीले विष्णु पौडेल, अग्नि खरेल, राजन भट्टराईलगायतका आफू निकटस्थ नेताहरूको गोप्य बैठक राखेर भनेका थिए– ‘कांग्रेस र माओवादीको गठबन्धन गराएर हामीलाई हराउन भारतको सम्पूर्ण ताकत प्रदेश २ मा लागेको छ, तर यो ताकतलाई मैले चिरिसकेको छु, तीनवटा कमान्ड प्रदेश २ मा पुगिसकेका छन्, मिडियाको ठूलो सपोर्ट हामीलाई हुँदैछ ।’
    भारतले आफूलाई राजपाक्षे बनाउन खोजेको र त्यो षड्यन्त्रबाट बच्न आफूसँग कुशल रणनीति र संगठन भएको कुरा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई बताइसकेको उल्लेख ओलीले गरेकोे बुझिएको छ ।  थाइल्यान्ड बसाईका क्रममा चिनियाँ पक्षसँग ओलीको राम्रै डिल भएको हुनसक्ने अनुमान गरिएको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराका कारण माओवादीसँग भारत खुसी नभएकाले त्यसको फाइदा एमालेले उठाउने अनुमान पनि ओलीको छ ।
    पहाडिया राष्ट्रवादको एजेन्डा प्रत्युत्पादक भएको विश्लेषण पार्टीभित्र हुन थालेपछि कार्यकर्तालाई आश्वस्त बनाउन ओलीले चीनबाट आफूलाई ठूलो सहयोग प्राप्त भएको बताएका हुन् या साँच्चिनै चीन एमालेका पक्षमा आक्रामक रूपमा प्रस्तुत भएको हो ? यो प्रश्नको उत्तर निर्वाचन परिणामपछि मात्रै आउनेछ । त्यसो त ओलीले एक महिनाअघि भारतीय राजदूतसँग पनि कुरा मिलेको खुलासा आफ्ना निकटस्थहरूसँग गरेका थिए । उनले भनेका थिए– ‘भारतीय राजदूत मञ्जिवसिंह पुरी मलाई भेट्न आएका थिए, मैले मधेसी दलहरूलाई तपाईहरू छाडिदिनोस्, तपाईहरूका लागि मैले के गर्नुपर्छ, खाली कागजमा सही गर्न तयार छु भनेँ, उनी खुसी भएर फर्केका छन्, अब भारतको सहयोग हामीलाई प्राप्त हुन्छ ।’ मृगौला रोगको औषधि सेवन गरिरहेका ओलीको कुन चाहिँ कुरा पत्याउने भन्नेमा उनी निकटस्थ नेताहरू नै दोधारमा परेको समाचार स्रोतले जनाएको छ । 
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…