Page header hundai

  • काठमाडौं । कमल थापासँग फुटेर बनेका दुईवटै राप्रपालाई निर्वाचन आयोगले एउटै चुनाव चिन्ह हलो दिएका कारण एकीकरण गर्नुको विकल्प नभएको निष्कर्षमा नेताहरू पुगेका छन् । पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले गोलकारभित्रको हलो पाएको छ भने डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) ले आयातकारभित्र हलो पाएको छ ।
    एउटै चुनाव चिन्ह पाउँदा यी दुई पार्टीमध्ये कसलाई नाफा घाटा के हुन्छ ? भन्ने विश्लेषणमा पूर्वपञ्चहरू पुगेका छन् । जनताका पकड भएका नेताहरूको आवद्धता हेर्दा राणाको राप्रपा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने अवस्थामा छ भने डा.लोहनी नेतृत्वको राप्रपा त्यो हैसियतमा छैन । तर चुनाव चिन्हका कारण मतदाता झुक्किने भएकाले राणा नेतृत्वको राप्रपाले पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्ने अनुमान गरिएको छ । यही अनुमानका साथ पार्टी एकीकरणमा राणा लचक भएका छन् । गत बिहीबार राणाले डा.लोहनीलाई बोलाएर पार्टी एकीकरणको विषयमा कुरा गरेका थिए । तर, लोहनीले अध्यक्ष पदको दाबी गरेपछि कुरा मिलेन ।
    समाचार स्रोतका अनुसार राणासँग पार्टी एकीकरण नगर्न एमाले अध्यक्ष खड्ग ओलीले डा.लोहनीलाई उचालेका छन् । उनले ललितपुरमा केशरबहादुर विष्ट र नुवाकोटमा डा.लोहनीले चुनाव जित्ने गरी तालमेल गर्ने आश्वासन दिएका छन् । स्रोतका अनुसार राणाको पार्टी कोल्याप्स नै गराइदिने बचन ओलीले दिएका छन् । माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने भएकाले चितवन ३ मा विक्रम पाण्डेले हार्ने, यज्ञजित शाहलाई आफ्नो पार्टीबाट चुनाव लडाएर रूपन्देहीमा दीपक बोहरालाई चुनाव हराइदिने र धनकुटामा सुनिल थापाले यतिकै चुनाव हार्ने, सिन्धुपाल्चोकमा अध्यक्ष राणालाई चुनाव हराउन तुरूप प्रयोग गरिदिने आश्वासन ओलीले दिएपछि डा.लोहनी दरिएका छन् । तर राप्रपा राष्ट्रवादीका प्रवक्ता महेश्वर रोकायले भने यो समाचार अस्वीकार गर्दै भने– ‘हामीले सम्पूर्ण अधिकार अध्यक्ष लोहनीलाई दिएका छौं, दशैंअघि नै पार्टी एकीकरणको सम्भावना छ ।’
    इता, राणा राप्रपा सरकारमा जाने भएको छ । आइतबार बसेको राप्रपा प्रजातान्त्रिक संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकले दीपक बोहरालाई दलको नेता र विक्रम पाण्डेलाई उपनेता चयन गरेको छ । राप्रपा प्रजातान्त्रिक बोहराको नेतृत्वमा सरकारमा जान लागेको हो । सो पार्टीबाट बोहरा, सुनिल थापा र विक्रम पाण्डे मन्त्री बन्ने छन् । रेशम लामालाई राज्यमन्त्री सिफारिस गरिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले तीनजना मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम छ । 
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…