Page header hundai
  • शान्ति कार्की, उपमेयरका प्रत्यासी, वीरगन्ज महानगरपालिका


    नेपाली कांगे्रसले वीरगन्ज महानगरपालिकामा शान्ति कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । शान्ति कांगे्रसका पुराना नेतामध्ये एक हुन् । सम्पन्न परिवारमा हुर्केकी शान्ति बीपी कोइरालाको आदर्श ग्रामीण तहमा पु-याउन काठमाडौं छाडेर तराई झरेकी हुन् । तत्कालीन पार्टीको शीर्ष नेतृत्वसँगै जेलनेल भोगेर कांगे्रस संगठनमा समर्पित शान्ति २०२७ सालदेखि पर्सामा बसोबास गर्न थालेकी हुन् । घरदैलो कार्यक्रमबाट उत्साहित भएकी शान्तिसँग महानगरमा कांगे्रसको अवस्था र विगतमा उनले पार्टीमा पु-याएको योगदानबारे तरुणले गरेको कुराकानी :

    ० घरदैलो कार्यक्रम कसरी चलिरहेको छ ?
    – प्रत्येक मतदातालाई भेटेर मत माग्ने काम गरिरहेका छौं । नेपाली कांगे्रसका अग्रज नेताहरूको साथ लागेर प्रत्येक मतदाताको घरमा पुगिरहेका छौं ।

    ० मतदाता के भन्छन् ?
    – पर्सा नेपाली कांग्रेसको आधारभूमि हो, मतदाता रुख चिन्हमा मतदान गर्न उत्साहित भएको पायौं । मतदाताको उत्साह देखेर हामी जित्ने विश्वासमा छौं ।

    ० के एजेन्डा बोकेर घरदैलो कार्यक्रममा हुनुहुन्छ ?
    – स्थानीय समस्याका केही एजेन्डा छन्, त्यसबाहेक सम्पूर्ण एजेन्डा नेपाली कांग्रेसको हो । नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरिसकेको छ । उक्त घोषणापत्रमा उल्लेख भएका एजेन्डा नै हामीले मतदाताको घरदैलोमा पु¥याइरहेका छौं ।

    ० महानगरवासीले के चाहेका रहेछन् ?
    – विकासका कुरा नै प्राथमिकतामा छन् । युनिभर्सिटी, ऊर्जा र अस्पताल महानगरवासीको माग हो । देशको आर्थिक द्वार वीरगन्जलाई सम्मुनत र समृद्ध भएको हेर्ने चाहना महानगरवासीको छ । यो काम नेपाली कांगे्रसले नेतृत्व पायो भने मात्र सम्भव छ भन्ने बुझाई महानगरवासीको छ ।

    ० के आधारले यी कुरा भन्दै हुनुहुन्छ ?
    – पर्सा नेपाली कांग्रेसको आधारभूमि हो, त्यसैले वीरगन्जमा हाम्रो संगठन मजबुत छ । दोस्रो कुरा, पार्टीले विवादरहित ढंगले प्रत्येक वडादेखि सबै पदमा लोकप्रिय, योग्य र सक्षम उम्मेदवार दिएको छ । जनता रुखमा मतदान गर्न व्यग्र प्रतीक्षामा छन् ।

    ० जित्नु हुन्छ ?
    – जति पनि महिलाले जितेका छन्, त्योभन्दा अझ बढी मत ल्याएर जित्छु । 

    ० जित्नु भयो भने के गर्नुहुन्छ ?
    – आलाकाँचा राजनीतिज्ञजस्तो जनतालाई आश्वासन बाँड्दिनँ । ऐन नियमले दिएको अधिकार प्रयोग गरेर नेपाली कांगे्रसको प्रतिष्ठालाई उँचो राख्ने काम गर्छु । उपमेयरले मुख्यतः मेयरको सहयोगीका रूपमा काम गर्नुपर्छ । मेरो अनुभवले मेयरको कामलाई सहयोग गर्छ भन्ने लाग्छ ।

    ० मधेसमा पहाडी समुदायलाई उम्मेदवार बनाइएको छ नि ?
    – यहाँ पहाड र मधेसको कुनै वादविवाद छैन । पहाडी र मधेसीलाई विभाजित गरेर चुनाव जित्ने केही कुत्सित मनोवृत्ति भएका केही राजनीतिक कार्यकर्ताले जातीय कुरा उठाएका हुन् । उनीहरूको यो मनोकांक्षा कुनै हालतमा पूरा हुँदैन ।

    ० मधेसकै कार्यकर्तालाई टिकट दिएको भए राम्रो हुँदैन थियो ?
    – म चाहिँ कहाँकी हुँ र ? सम्पूर्ण जीवन मैले मधेस र मधेसी जनतामा समर्पित गरेकी छु । मधेस र नेपाली कांग्रेसको साइनो अन्योन्याश्रित छ, प्रतिबन्धित हुँदादेखि नै नेपाली कांगे्रसको संगठनमा छु । सर्वमान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुको सामीप्यमा रहेर काम गरेकी छु । मैले अहिलेसम्म पार्टीबाट केही लिएको थिइनँ, अहिले उपमेयरको उम्मेदवार बनाएको छ । पार्टीले मलाई निर्विवाद रूपमा उपमेयरमा अघि सारेको छ, ढिलै भए पनि पार्टीले न्याय गरेकोमा खुसी छु ।

    ० के पाइन्छ भनेर कांग्रेस राजनीतिमा लाग्नुभयो ?
    – पाइन्छ भनेर होइन, दिनका लागि समाजसेवाको माध्यमबाट राजनीतिमा लागेकी हुँ । लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको दर्शन हो । बीपी कोइरालाले नेपाल र नेपालीका लागि देख्नुभएको सपना सबैका लागि पे्ररणा हो, म पनि त्यही पे्ररणाबाट प्रभावित भएर राजनीतिमा लागेकी हुँ ।

    ० कांगे्रसको आदर्शमा विचलन आयो भनिन्छ नि ?
    – अहिलेको राजनीतिक परिस्थिति र नेताहरूको चालढालले त्यो भन्न सकिने आधार बनाइदिएको छ । कांगे्रसमा केही नेताहरू खराब होलान्, पार्टीलाई सही दिशामा हिँडाउन सकेनन् होला, त्यो बेग्लै कुरा हो । कांग्रेसलाई सही बाटोमा हिँडाउने नेताहरू पनि जन्मन्छन् होला नि ।

    ० तपाईं कहिलेदेखि कांगे्रस ?
    – नेपाली कांगे्रसकै लागि सबै कुरा त्याग गरेर बसेकी हुँ । २०२७ सालदेखि कांगे्रस राजनीतिमा छु, १० वर्ष जेल बसेँ । सुरुमा कलैयामा थिएँ, विश्वनाथ अग्रवाल, आत्मराम ओझाजस्ता नेताको संगतले पर्सा आइपुगें । सर्वमान्य नेता गणेशमान, सन्तनेता कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुको सामीप्यमा रहेर कांगे्रस राजनीतिमा सक्रिय भएको हुँु ।

    ० कृष्णप्रसाद र गिरिजाबाबुसँगको अनुभव ?
    – वीरगन्जबाट रक्सोल नजिक छ, केही काम प¥यो भने मलाई पठाउनु हुन्थ्यो । किसुनजीलाई मगैया पान र गिरजाबाबुलाई ५५५ चुरोट ल्याइदिनुपथ्र्यो । उहाँहरूले शान्ति मैया भनेर पार्टीको काम लगाउनु हुन्थ्यो । कांगे्रसको संगठन विस्तारका लागि धेरै काम गरें । राजनीतिमा संलग्न हुने पुरुषहरू नै नभएका बेला म महिला लगभग एक्लोजस्तो थिएँ ।

    ० पार्टीका लागि के गर्नुभयो ?
    – मेरो सर्वस्व नै नेपाली कांगे्रस हो । पार्टीकै लागि अंशमा परेको असनको घर बेचें, शीर्ष नेताहरूसँग एक दशक जेल बसें, मधेसको सेवामा समर्पित छु, यहाँका धेरैलाई आफ्ना बाउबाजे कहाँबाट आए भन्ने थाहा छैन होला, तर म सबैलाई चिन्छु ।

    ० कुन कुन पदमा बसेर काम गर्नुभयो ?
    – लाभको पद लिएको छैन, पार्टीले दिएको सबै जिम्मेवारी पूरा गरेकी छु । पार्टीको हरेक भ्रातृसंस्थामा बसेर काम गरें, अहिले महासमिति सदस्य छु ।

    ० थातथलो चाहिँ कहाँ हो ?
    – खजुरी मौला कार्कीहरू हौं, ललितपुर कुपन्डोलमा घर थियो । त्यसबेला बुवा अदालतको कर्मचारी हुनुहुन्थ्यो । ज्ञानध्वज र नृपध्वज दुई दाजु थिए । एकजना दाजु अधिकृत कर्मचारी भएर पर्सा आउनुभएको थियो । उहाँसँगै म पनि कलैया आएकी हुँ । घरबाट पनि सहयोग पाएपछि म चाहिँ राजनीतिमा संलग्न भएँ ।

    ० राजनीतिमा संलग्न हुन सजिलै भयो ?
    – सुरुका दिनमा निक्कै कठिनाइ भोगेकी थिएँ । राजनीतिमा लागी भनेर घरबाटै निकालिएकी थिएँ, विराटनगर गएर कोइरालाहरूको सामीप्यमा रहेर राष्ट्रिय विद्यालयमा पढें ।

    ० कति पढ्नुभयो ?
    – स्कुल पढ्ने बेला भागदौडमै बित्यो, एसएलसीको परीक्षा दिएँ, त्यसपछि पढिनँ ।

    ० त्यो बेला चुनौती पनि आइलागे होला नि ?
    – यी सबै कुरा भनेर साध्य छैन, तर म निडर थिएँ, साथीहरूलाई म पुरुष सम्झन्न थिएँ, जसका कारण मलाई डर लाग्दैन थियो ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…