Page header hundai
  • हरिहरप्रसाद गुप्ता


    नेपाली कांग्रेसको वैचारिक नेतृत्व बीपीको र संकटको घडीमा कार्यकर्तालाई संरक्षण दिएर राखेको सुर्वणशमशेरले हो भन्निछ । तर मेरो विचारमा वैचारिक नेतृत्व पनि सुवर्णशमशेरकै हो । उहाँले नै आफू पार्टी सभापति हुँदा नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादी बाटोमा लैजानु भएको हो । २०१२ सालमा नेपाली कांग्रेसले अवलम्बन गरेको त्यो बाटोलाई यतिबेला मुलुकका सबै राजनीतिक दलहरूले आफ्नो नीति तथा कार्यक्रमका रूपमा स्वीकारेका छन् । एक हिसाबले प्रजातान्त्रिक समाजवाद  मुलुकका लागि सर्वस्वीकार्य एजेन्डा बनेको छ । सुर्वणशमशेरले भनेको कुरा कतिपय मामिलामा बीपीले नमानेका कारण कांग्रेसले दुःख पाएको छ । मुलुकले पनि दुःख पाएको छ । 
    सिरहा–सप्तरीतिरका एकजना अत्यन्त महत्वाकांक्षी डाक्टर थिए । उनको नाम मैले यतिबेला बिर्सेँ । बीपीले उनलाई पार्टीमा जिम्मेवारी दिन लागेको थाहा पाउनेवित्तिकै सुवर्णशमशेरले भन्नुभयो– ‘बीपीबाबु, पार्टीमा योगदान नभएका यस्ता महत्वाकांक्षीलाई जिम्म्ेवारी दिइयो भने पहिलो कुरा त पार्टीमा योगदान पु¥याएकाहरू निराश हुन्छन् । दोस्रो कुरा, यस्ता महत्वाकांक्षी व्यक्तिहरू अवसरवादी हुन्छन् र कुनै पनि बेला धोका दिन सक्छन् ।’ तर बीपीबाबुले सुवर्णजीको कुरा सुन्नु भएन । त्यो मान्छेलाई केन्द्रीय सदस्य बनाउनुभयो, उसैसँग उठबस, हिमचिम गर्नुभयो । यो देखेपछि सुर्वणजीले बीपीबाबुलाई बोलाएरै भन्नुभयो– ‘त्यो मान्छे ठिक छैन, उसलाई नजिक नराख्नोस्, तपाईलाई धोका हुन्छ, तपाईले धोका पाउनु भनेको सिंगो कांग्रेसले धोका पाउनु हो ।’ तर बीपीले सुवर्णको सुझावलाई गलत अर्थमा लिनुभयो, त्यो मन्छेलाई उल्टै महामन्त्री बनाउनुभयो, २०१५ सालमा त मन्त्री नै बनाउनु भयो । आखिर ऊ दरबारको सिआइडी रहेछ, २०१७ सालको ‘कु’ मा उसैको मुख्य भूमिका रह्यो । सुवर्णजी दरबार बुझेको मान्छे पनि हुनुहुन्थ्यो । उहाँले त्यो मान्छेको बारेमा सूचना पाएर नै बीपीलाई सचेत गराउनु भएको थियो । तर बीपीको घमण्ड र अरुको कुरा नसुन्ने, आफैं सबै कुरा जान्ने हुँ भन्ने बानीका कारण प्रजातन्त्रमाथि धोका भयो । त्यो मान्छे त पछि पटक पटक पञ्चायतको प्रधानमन्त्रीसमेत बन्यो । राजा महेन्द्रलाई पञ्चायतको पिता र आफूलाई पञ्चायतको आमा भन्थ्यो त्यो मान्छेले । सायद ऊ अहिले पनि जीवितै होला ।
    २०१७ सालको काण्ड प्रजातन्त्रमाथि ठूलो कुठराघात थियो ।

    भतिजो वृन्दाप्रसाद गुप्ता त्यो दिन समान लिन मुजफ्फरपुर गएको थियो ।  पसलमा म थिएँ । समय ठिक नभएकाले मैले छिटै पसल बन्द गरेँ । नजिकै एउटा पान पसल थियो । एकजना मान्छे पान लिन गएको जस्तो देखियो । अमात्यजी त्यहीँ हुनुहुन्थ्यो । त्यो मान्छेले यति छिटो फायर ग-यो कि, सेनाकै मान्छे हो भनेर अनुमान लगाउन हामीलाई गाह्रो भएन, अरुले भएको भए त्यसरी ताकेर हान्न सक्ने थिएन । पछाडिबाट हानेको गोलीले छाती नै छेड्यो । हरिहर मलाई गोली हान्यो भनेर चिच्याउनु भयो ।

     

    राणा शासनभन्दा पनि चर्को निरंकुश दमन भयो २०१७ सालपछि । नेपाली कांग्रेसका कार्यकता जो पञ्चायतलाई समर्थन गर्दैनन्, उनीहरूलाई छानीछानी यातना दिने र हत्या गर्ने क्रम सुरु भयो । सुर्वणशमशेर पहिले नै भारत गएका कारण गिरफ्तारीबाट जोगिनुभयो । भारतमा निर्वासित भएका कार्यकर्तालाई संगठित गरी २००७ सालको जस्तै सशस्त्र क्रान्ति सुरु गर्नुभयो सुवर्णजीले २०१८ सालमा । वास्तवमा त्यो क्रान्ति २००७ सालको भन्दा पनि सशक्त ढंगले अघि बढेको थियो । दुर्भाग्यवश त्यति नै बेला चीन र भारतबीच लडाइँ भएका कारण भारतले राजा महेन्द्रलाई साथ दियो । भारतलाई नै आधार बनाएर सशस्त्र क्रान्ति भइरहेका बेला भारतले राजालाई साथ दिएपछि सुवर्णजी आन्दोलन फिर्ता गर्न बाध्य हुनुभयो । आन्दोलन फिर्ता गर्दै जेलमा रहेका बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूलाई छुटाउने अभियानमा सुवर्णजी लाग्नुभयो । सुवर्णजी यसरी नलागेको भए नेताहरूलाई जेलमै सडाएर मार्ने सम्भावना पनि थियो । २००७ सालको क्रान्तिमा भन्दा २०१८ सालको क्रान्तिमा नेपाली कांग्रेसका धेरैले सहादत प्राप्त गरेका छन् । धेरैले निकै वर्ष जेलनेल बिताएका छन् । तर सुर्वणशमशेरको निधनपछि यसको मूल्यांकन भएन । २०१८ सालको क्रान्तिमा सहादत हुनेहरूलाई पार्टीले सम्झेन, कुकुर मराई भयो उनीहरूको । त्यो काण्डमा लामो समय जेलनेल भोग्नेहरूको पनि मूल्यांकन भएन । सुर्वणशमशेरका कार्यकर्ता त हुन् नि भन्ने ढंगले बीपीले हेरेको जस्तो देखियो ।
    २००७ सालको जनक्रान्तिमा जस्तै २०१८ सालको सशस्त्र क्रान्तिमा पनि हामी वीरगन्जका कार्यकर्ताहरूले रक्सौल र मुजफ्फरपुरलाई नै आधार  इलाका बनाएका थियौं । निर्वासनमा गएका सारा कार्यकर्ताको भरणपोषणको व्यवस्था सुवर्णजीले नै गर्नुभएको थियो । म लगभग आठ वर्ष निर्वासनमा बसेँ । निर्वासनमा रहेकै बेला तेजबहादुर अमात्य र सरोज कोइरालाको हत्या गरियो । निर्वासनमा बसेका नेताको हत्या गर्ने विकृत मनस्थिति बोकेका राजाले स्वदेशमा बस्ने नेताहरूलाई किन बाँकी राख्थे र ? विदेशी पाहुनालाई बिदाइ गरेर फर्कँदै गर्दा आफ्नै घर कम्पाउन्ड नजिकै योगेन्द्रमान शेरचनको हत्या गरिएको थियो ।
    त्यतिबेला हत्या गरिएका यी तीनैजना नेपाली कांग्रेसका खुंखार नेता हुन् । भारतको रक्सौलमा तेजबहादुर अमात्यको गोली हानी हत्या हुँदा म पनि उनको साथमै थिएँ । उहाँलाई बेलुकी ७ः३० बजे गोली हानिएको थियो ।  बेलुका घुम्न निस्कने हामी ५–७ जनाको रुटिङ जस्तै थियो । रक्सौलदेखि दक्षिणतर्फ लक्ष्मीपुर भन्ने ठाउँ छ ।  हरेक दिन बेलुकी त्यहाँसम्म हामी घुम्न जान्थ्यौं । मेरो एकजना भतिजो त्यहाँ कपडाको पसल गथ्र्यो । फुर्सद हुना साथ म त्यो पसलमा पस्थेँ । त्यो पसल कांग्रेसको सम्पर्कस्थल जस्तै थियो । भतिजो वृन्दाप्रसाद गुप्ता त्यो दिन सामान लिन मुजफ्फरपुर गएको थियो । पसलमा म थिएँ । समय ठिक नभएकाले मैले छिट्टै पसल बन्द गरेँ । नजिकै एउटा पान पसल थियो । एकजना मान्छे पान लिन गएको जस्तो देखियो । अमात्यजी त्यहीँ हुनुहुन्थ्यो । त्यो मान्छेले यति छिटो फायर ग¥यो कि सेनाकै मान्छे हो भनेर अनुमान लगाउन हामीलाई गाह्रो भएन । अरुले भएको भए त्यसरी ताकेर हान्न सक्ने थिएन । पछाडिबाट हानेको गोलीले छाती नै छेड्यो । हरिहर मलाई गोली हान्यो भनेर चिच्याउनुभयो अनि त्यहीँ लड्नुभयो । तुरुन्तै ३०–४० जना साथीहरू जम्मा भइहाले । उहाँलाई उठाएर डंकन अस्पताल लिएर गयौं । तर डाक्टरले पनि इमरजेन्सी अपरेसन गरिदिएन । दुई घन्टा ढिला गरिदियो । अत्याधिक रक्तश्राव भइसकेको थियो । अस्पतालको बेडमै उहाँको निधन भयो ।  
    तेजबहादुरको हत्यापछि रक्सौल मात्रै होइन, भारत विहारको चम्पारण जिल्ला नै आतंकित भएको थियो । तेजबहादुरको दाहसंस्कार नेपाल भूमिमै गर्ने हाम्रो योजना थियो,  तर प्रशासनले दिने अवस्था थिएन । सिर्सिया नदी कहीँ नेपाल, कहीँ भारत भएर बग्छ, त्यही नदीको नेपालतर्फको भागमा हामीले उहाँको दाहसंस्कार सम्पन्न ग¥यौं । त्यहाँ खतरा छ, तपाईहरू पक्राउ पर्न सक्नुहुन्छ, तसर्थ भारतीय भूमिमै दाहसंस्कार गर्नोस् भनेर भारतीयहरूले जोडबल गरेका थिए । तर हामीले भन्यौं, ‘तपाईहरू साथ दिनोस् या नदिनोस्, हामी नेपाली भूमिमै संस्कार गर्छाैं, धरपक्कड गरे बेहोर्छौं ।’ भारतीय प्रहरीको एसपी पनि आएको थियो, त्यहाँ दाहसंस्कार नगर्नोस् भनेर सम्झाउन । त्यतिबेला भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । अन्तिममा भारत सरकार पनि बाध्य भयो, ल दाहसंस्कार गर्नोस् सुरक्ष दिन्छौं भन्न । उहाँको अस्तु नरेन्द्र आश्रममा तीन दिनसम्म राखिएको थियो । रेलवे स्टेसनको नजिकै पर्छ त्यो आश्रम । विन्ध्याञ्चल सिंह त्यहाँका विधायक थिए । उनले दाहसंस्कारमा सहयोग गरे । संस्कारको दिन बिहान ४ बजे उठेर फुल टिप्न गएका थियौं । पूरा रक्सौल भारतीय आर्मीले भरिएको रहेछ । वीरगन्जमा पनि पूरा शाही नेपाली सेना तैनाथ गरिएको रहेछ । दुवैतर्फका सेना आफ्नो पोजिसन लिएर बसेका थिए । यस्तो अवस्थामा पनि हामीले नेपाल भूमिमै सहिद अमात्यको दाहसंस्कार ग¥यौं ।  परशुनारायण चौधरीलगायत रक्सौलमा निर्वासित करिब सयजना नेता कार्यकर्ता दाहसंस्कारमा पुगेका थियौं, स्थानीय जनता त दशौं हजार सहभागी थिए । पछि त्यो ठाउँमा मन्दिर बनाएका थियौं, तर अहिले छैन, नदीले बगाएर लग्यो । 
    ( गुप्तासँग परशु घिमिरेले गरेको कुराकानी )

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…