Page header hundai
  • प्रदेशसभाका लागि दर्जनौं आकांक्षी, केन्द्रमा पुरानैको सम्भावना


    काठमाडौं । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उमेदवारहरूको मनोनयन गर्ने दिन नजिकिइसकेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै मतपत्रको छपाइ हुने भएका कारण दलहरूले असोज महिनाभित्रै उम्मेदवारको छनोट गरिसक्नुपर्नेछ । दशैं र तिहार पनि यहीबीचमा भएका कारण उम्मेदवारका आकांक्षीहरूलाई विगतमा जस्तो टिकटका लागि लबिङ गर्ने समय पनि छैन । प्रदेश २ को स्थानीय निर्वाचनका कारण असोज २ सम्म प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा दलहरू प्रवेश गर्ने अवस्था छैन ।
    धेरैजसो जिल्लामा निर्वाचन क्षेत्रहरू हेरफेर भएका कारण टिकटका आकांक्षीहरू अन्योलमा  छन् । तर राजधानी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा साविकका निर्वाचन क्षेत्र कायमै रहेका कारण टिकटका आकांक्षीहरू सलबलाउन थालेका छन् ।

    काठमाडौंमा को को दाबेदार ?
    मुलुकको राजधानीसमेत रहेको जिल्ला काठमाडौंमा जनसंख्या वृद्धि अत्यधिक भएका कारण विगतको निर्वाचन क्षेत्र यथावत् रहेको हो । २०६८ सालको जनगणनाअनुसार काठमाडौं जिल्लाको जनसंख्या १७ लाख ७० हजार छ । २०२८ सालको जनगणनामा काठमाडौंको जनसंख्या तीन लाख ५४ हजार मात्रै थियो । देशका सबै जिल्लाबाट बसाइँ सराई भएका कारण काठमाडौंको जनसंख्या यति धेरै भएको हो । स्थानीयभन्दा बसाइँ सराई गरेर आउनेहरूको बाहुल्यता काठमाडौं जिल्लामा बढी भएको तथ्यांक यहाँको जातीय आँकडाले पनि देखाउँछ । २०२८ सालको जनगणनामा नेवारहरूको संख्या ४१ प्रतिशत रहेकोमा २०६८ को जनगणनामा ३३ प्रतिशतमा झरेको छ । त्यो ३३ प्रतिशत नेवारमा उपत्यका बाहिर र भक्तपुरबाट बसाइँ सरी आउनेहरूको संख्या पनि उल्लेख्य छ । त्यसैले उम्मेदवार चयनमा ध्यान पु¥याउन राजनीतिक दलहरूलाई त्यति सजिलो छैन । 
    नयाँ बानेश्वर क्षेत्रका चारवटा वडा काठमाडौंको क्षेत्र नम्बर १ मा समेटिएका छन् । यो क्षेत्रमा यसपटक पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह चुनाव लड्ने कुरामा खासै ठूलो विवाद छैन । तर  आफूहरू सधैं चाक्सीबारीको उपनिवेश जस्तो भएको महसुस यस क्षेत्रका कार्यकर्ताले गरेका छन् । प्रकाशमान आफ्नै घर भएको क्षेत्र नम्बर ७ मा चुनाव लड्न गइदिए हुँदो हो भन्ने चाहना क्षेत्र नम्बर १ का टिकटका अन्य आकांक्षीहरूको छ । प्रदेश सभाका दुई सिटमा यहीँका स्थानीयले टिकट पाउने निश्चित जस्तै छ । जसमा एउटा क्षेत्रबाट सुरजचन्द्र लामिछाने,  जीवनचन्द्र कोइराला र लिलेन्द्र प्रधानको नाम चर्चामा छ भने अर्को क्षेत्रबाट हरिबोल भट्टराई, मोहन राई र दिपेन्द्र श्रेष्ठको नाम चर्चामा छ ।   
    कोटेश्वर, गोठाटार, काँडाघारीलगायतका ठाउँहरू समेटिएको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि प्रतिमा गौतम, दिपक कुइँकेल, लोकेश ढकाल, उपेन्द्र कार्कीलगायतको नाम चर्चामा छन् । यीमध्ये एकजनाले प्रतिनिधिसभामा टिकट पाए भने बाँकी दुईजनाले प्रदेश सभामा टिकट पाउनेछन् । त्यसो त प्रदेश सभाका लागि शंकर थापा, दिपक थापा, ओम कार्की, दिलीप श्रेष्ठ, हरिश्चन्द्र श्रेष्ठ, मनिष कोइरालालगायतको नाम पनि चर्चामा छ ।
    स्थानीय लोकप्रिय नेता चक्रबहादुर ठकुरीको निधन भएका कारण क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको टिकट कसले फेला पार्छ ? भन्ने अहिले नै एकिन छैन । केन्द्रीय नेता तथा वर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि यसपटक काठमाडौंबाटै चुनाव लड्ने सम्भावना छ, तर उनले कुन क्षेत्र रोज्छन् ? टुंगो छैन । उनका लागि अनुकूल क्षेत्र भनेका ३, ४ र ५ हुन् । ४ मा गगन थापा यथावत् छन् । ५ मा नरहरि आर्चायको स्वास्थ्यले साथ दिएन भने कार्की चुनाव लड्ने सम्भावना छ । यद्यपि मन्त्री कार्कीलाई सुनसरीबाट पनि चुनाव लडिदिन आग्रह भएको छ । क्षेत्र नम्बर ३ मा अम्बिका बस्नेत, हरिबोल भण्डारी, दिपक रिसाल, गोविन्द पुडासैनी, लता घिमिरे, गजेन्द्र लामा, परशुराम पोखरेल र विमल ठकुरीमध्येले नै प्रतिनिधि सभा र प्रदेश सभाको टिकट पाउने चर्चा नेपाली कांग्रेस वृत्तमा छ । अम्बिका बस्नेतले केन्द्रमा टिकट पाए प्रदेशमा हरिबोल भण्डारी र दिपक रिसालको सम्भावना छ ।
    क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ गगन थापाले टिकट पाउने कुरामा खासै विवाद देखिन्न । प्रदेश सभातर्फ भने जानु घिमिरे, राधा घले, नरोत्तम वैद्य, श्रीराम लामिछाने, कर्माछिरिङ शेर्पा, भोला थापा, न्हुच्छेनारायण श्रेष्ठ, आत्माराम पौडेल, साधुराम खड्कालगायतको नाम चर्चामा छ । 
    क्षेत्र नम्बर ५ मा नरहरि आचार्यको स्वास्थ्यले साथ नदिएकाले उनी उठ्ने सम्भावना छैन । काठमाडौं क्षेत्र नम्बर ५ बाट ज्ञानेन्द्रबहादुर कार्की चुनाव लड्ने सम्भावना छ । प्रदेश सभाका दुई सिटमा रमेश खड्का, गोकर्ण केसी, विनोद भट्टराई, दामोदर खड्का, प्रेमबहादुर खड्का, अनिषराम भट्टराई, बसन्त श्रेष्ठ, मुरारी तामाङलगायतको नाम चर्चामा छ । 
    क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभाका लागि रक्षामन्त्री भीमसेनदास प्रधान र जिल्ला पार्टी सभापति सबुज बानियामध्ये एकजनाले टिकट पाउने सम्भावना छ । महिला नेतृ जीवन डंगोल, न्हुच्छेनारायण मानन्धर, विश्वम्भर प्रधान, वर्षाराम भण्डारी, विजय मानन्धर, इन्द्रमान महर्जन लगायतको नाम प्रदेश सभाका लागि चर्चामा छ । 

    काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, २ मा दीपक कुइँकेल वा प्रतिमा गौतम, ३ मा अम्बिका बस्नेत, ४ मा गगन थापा, ५ मा ज्ञानेन्द्रबहादुर कार्की, ६ मा भीमसेनदास प्रधान, ७ मा प्रगतिमान रञ्जित, ८ मा नवीन्द्रराज जोशी, ९ मा तीर्थराम डंगोल वा नवीन चित्रकार, १० मा राजन केसी 

     


    कांग्रेस नेता प्रकाशमान सिंहको घर भएको क्षेत्र नम्बर ७ मा केन्द्रीयस्तरका नेताहरूको खडेरी जस्तै छ । ६० प्रतिशतभन्दा बढी बाहुल्यता नेवार समुदायको छ । प्रकाशमान विगतमा जस्तै क्षेत्र नम्बर १ मा चुनाव लडे भने क्षेत्र नम्बर ७ मा युवा नेता प्रगतिमान रञ्जितले बाजी मार्ने सम्भावना छ । गैरनेवार क्षेत्रमा पनि उत्तिकै पकड रहेका कारण उनी चुनाव जित्ने सम्भावना बोकेका आकांक्षी हुन् । विगतमा जस्तै महिला कोटा पु¥याउनुपर्ने वाध्यता बायो भने प्रमिला सिंहले तेस्रोपटक टिकट पाउने छिन् । प्रदेश सभातर्फ भने एउटा क्षेत्र ८० प्रतिशत नेवारी र अर्को क्षेत्र ७० प्रतिशत गैरनेवारी मतदाता हुनेगरी कायम गरिएको छ । मुख्य सहरी इलाका रहेको क्षेत्रमा प्रगति रञ्जित र विजय मालीको विकल्प देखिएको छैन भने ग्रामीण इलाका रहेको क्षेत्रमा सुदर्शन आचार्य, प्रमोदहरि गुरागाइँ, धर्म अर्याल,  विनोद पन्त र उत्तम भट्टराईमध्ये एकजनाले टिकट पाउनेछन् । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेवारलाई नै अघि बढाउनुपर्ने अवस्था छ भने प्रदेश सभातर्फ एकजना नेवार र एकजना गैरनेवारलाई अघि बढाउनुपर्ने अवस्था छ । 
    क्षेत्र नम्बर ८ मा प्रतिनिधि सभाका लागि फेरि पनि नवीन्द्रराज जोशी नै उम्मेदवार हुन् । प्रदेश सभाका २ सिटमा जुद्धरत्न बज्राचार्य, केदार मानन्धर देवरत्न डंगोल, कृष्ण अमात्यलगायतको नाम चर्चामा छ ।
    क्षेत्र नम्बर ९ मा ध्यानगोविन्द रञ्जित, नवीन चित्रकार, तीर्थराम डंगोलमध्ये एकजनाले प्रतिनिधि सभाको टिकट पाउने सम्भावना छ । यीनै तीनजनामध्येबाट दुईजनाले प्रदेश सभाको टिकट पाउने सम्भावना छ । त्यसो त प्रदेश सभाका लागि श्याकृष्ण खड्का, धर्म गौतम, दामोदर गौतम, जयकृष्ण महर्जन र राजन केसीको नाम पनि चर्चामा छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेवारलाई नै अघि बढाउनुपर्ने अवस्था छ भने प्रदेश सभातर्फ एकजना नेवार र एकजना गैरनेवारलाई अघि बढाउनुपर्ने अवस्था छ ।
    क्षेत्र नम्बर १० मा प्रतिनिधि सभातर्फ फेरि पनि राजन केसीको विकल्प छैन । प्रदेश सभातर्फ प्रणयसिंह मुन्ना, पुकार महर्जन, धर्म केसी र इन्द्रमान तुलाधरको नाम चर्चामा छ । १२ वर्ष त्रिविको राजनीति गरेका मुन्नाले तीन विषयमा डिग्री लिएका छन् ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…