Page header hundai
  • मासिक २२ लाख हाकिमको खल्तीमा


    काठमाडौं । सशस्त्र प्रहरी बलभित्र ८७ वटा कार्यालय सञ्चालन खर्चको (गाडी मर्मतका लागि पनि) रकम हाकिमको खल्तीमा जाने गरेको छ । बोर्डर आउट पोस्ट (बीओपी) का लागि जाने रकम र राशनको रकम मासिक २२ लाख ६२ हजार रुपैयाँ हाकिमको खल्तीमा जाने गरेको समाचार स्रोतले बताएको छ । सशस्त्र प्रहरी मुख्यालयले कार्यालय सञ्चालनका लागि पठाउने गरेको मासिक रकम बाहिनीपति, सीमा सुरक्षा कार्यालय तथा गणका गणपतिहरूले नै मिलेमतोमा अपचलन गर्ने गरेको बुझिएको छ ।
    पूर्व क्षेत्र प्रहरी कार्यालय प्रमुख जानकीराम भट्टराई, मध्य क्षेत्रका डिआइजी नरेन्द्रकुमार सिंह, मातहतका बाराका एसपी रवीन्द्र ठाकुर, सर्लाहीका एसपी मुरारी बस्नेत, महोत्तरीका एसपी प्रेमराज पोखरेल, रौतहटका एसपी गोपाल गुरुङ, सप्तरीका एसपी रामआधार यादवलागयतको टिमले यसलाई संस्थागत गरिरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 
    बोर्डर आउट पोस्टमा रहेका सवारीसाधन लामो समयदेखि मर्मत सम्भार हुन नसकी थन्किएका छन् । तराईमा रहेका अधिकांश कार्यालय लथालिंग बनेका छन् । स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिएपछि सवारीसाधन मर्मत सम्भार नभएकाले केही दिनअघि मर्मत सम्भार गर्न निर्देशन दिएको थियो । तर मुख्यालयले पठाएको सवारीसाधन मर्मत खर्च बीओपीका प्रमुखले नपाएपछि ती गाडी मर्मत हुन सकेका छैनन् । सशस्त्र प्रहरी बल मुख्यालयलले हालै परिपत्र गरी मर्मत गर्न बाँकी रहेका सबै सवारीसाधन सुचारु गर्न निर्देशन दिए पनि पठाएको पैसा सीमा सुरक्षा कार्यालयका हाकिमले नै राखेपछि मर्मत गर्न नसकिएको भन्दै मुख्यालयलाई मौखिक जवाफ पठाएका थिए ।
    यसरी केन्द्रबाट बीओपीका लागि गएको रकम मासिक २२ लाख हुने गरेको छ । सो रकम बीओपी प्रमुखकहाँ पुग्ने गरेको छैन, स्रोतले भन्यो । मौखिक जवाफपछि सम्बन्धित बाहिनीपतिहरूलाई आ–आफ्नो क्षेत्र मातहतका सबै निकायमा रहेका सवारीसाधन चुस्त राख्न निर्देशन दिएको थियो । तर बीओपीहरूले भने पैसा नपाएकाले सवारीसाधन चुस्त राख्न नसक्ने बताइएको छ । 
    स्रोतका अनुसार ८७ वटा बीओपीलाई मुख्यालयले प्रत्येक महिना २६ हजार पठाउने गरेको छ । तर त्यो रकम सीमा सुरक्षा कार्यालय तथा सम्बन्धित बाहिनीपतिहरूले बीओपीमा नपठाउँदा ती सवारीसाधन मर्मत सम्भार हुन नसकेका हुन् । बीओपी प्रमुखका अनुसार भर्पाइमा सही गराएर रकम भने बाहिनीपति, गुल्मपति र सिसुकाका हाकिमले बाँडेर खाने गरका छन् । त्यसको केही हिस्सा मुख्यालयका हाकिमसम्म आइपुग्ने गरेको उनीहरूको दाबी छ । 
    मुख्यालयले विपद् व्यवस्थापन तथा प्रदेश २ को चुनावलाई लक्षित गरेर सबै सवारीसाधन मर्मत गरी चालू अवस्थामा राख्न निर्देशन दिएको हो । मुख्यालयले पठाएको इन्धन खर्च र मर्मत खर्चअनुसार बीओपीले सवारीसाधन मर्मत नगरेको पाइएपछि गोप्य रूपमा निर्देशन दिएको थियो । तर त्यो अझै कार्यान्वयन हुनसकेको छैन । 
    सीमा सुरक्षा कार्यालय तथा बोर्डर आउट पोस्टमा रहेका अत्यावश्यक सवारीसाधनहरू मर्मतको खर्च सम्बन्धित कार्यालयमा पठाइए पनि चुस्त दुरुस्त बनाउन केन्द्रीय मुख्यालयले पत्राचार गरेपछि केही बीओपी प्रमुखहरूले मौखिक रूपमा सो पैसा आफूहरूको हातमा नपरेको उजुरी गरेका थिए ।
    स्रोतका अनुसार २ नम्बर प्रदेशमा रहेका सबै बीओपीका सवारीसाधन रकम अभावकै कारण सुचारु हुने अवस्थामा छैनन् । बीओपी प्रमुखहरूले कोही कसैसँग मागेर मर्मत सम्भार गर्नुपर्ने अवस्था आएको भन्दै केन्द्रमा मौखिक रिपोर्टिङ गरिसकेको भए पनि मुख्यालयले लिखित उजुरी मागेको छ । ‘आन्तरिक खर्च व्यवस्थापनका लागि कतिपय सन्दर्भमा राशनबाट बचाएर चलाउनुपर्ने अवस्था छ हामीलाई, बाहिनीपति र माथिल्लो निकायका प्रमुखले त्यसैगरी चलाउन आदेश दिएका हुन्छन्,’ बीओपी प्रमुखले भने । उनका अनुसार तराईमा आएको बाढीका कारण कतिपय बीओपी कार्यालयसमेत अस्तव्यस्त भएकाले सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…