Page header hundai
  • राकेश सिंह, नेता, नेपाली कांग्रेस पर्सा 


    विगत तीन दशकदेखि पर्सा कांग्रेसमा सक्रिय नेता राकेश सिंह राजनीतिक विश्लेषक पनि हुनुहुन्छ । गत संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा नाम समावेश भए पनि सभासद् बन्ने अवसर भने पाउनुभएन । नेपाली कांग्रेसभित्रका थोरै सिर्जनशील युवामध्येमा पर्ने राकेश सिंह गत महाधिवेशन  प्रतिनिधिको निर्वाचनमा भने एक मतले पराजित हुनुभएको थियो । विद्यार्थी कालमा दर्जनौं पटक कस्टठीमा पुग्नुभएका सिंहसँग धेरै वर्ष जिल्ला कार्यसमितिमा रहेर काम गरेको अनुभव छ । सिंहसँग वीरगन्ज महानगरको चुनावी अवस्थाका बारे केन्द्रीत रहेर तरुण प्रतिनिधिले गरेको कुराकानी ः

    ० वीरगन्ज महानगरपालिकाको मेयरमा अजय द्विवेदीले जित्नु होला ?
    – उहाँले चुनाव जित्नु हुन्छ, यसमा कुनै शंका छैन । यो कांग्रेसको आधारभूमि हो । क्रान्तिको इतिहास बनाएको जिल्ला हो पर्सा । नेपाली कांग्रेस यो मुलुकको स्थिर र जिम्मेवार शक्ति हो भन्ने कुरा यहाँका जनताले बुझेका छन् । नेपाली कांग्रेसको विकल्पमा अर्को कुनै प्रजातान्त्रिक शक्ति नै छैन । त्यसैले नेपाली कांग्रेसका उम्मेदवारले चुनाव जित्नु हुन्छ ।

    ० उहाँलाई तपाईले कसरी चिन्नु हुन्छ ?
    – विद्यार्थी राजनीति गर्दैगर्दा उहाँलाई मैले तीन दशकअघि नै चिनेको हँु । ठाकुराम क्याम्पसमा हामीले सँगै राजनीति सुरु गरेका हौं । उहाँ स्पष्टवक्ता हुनुहुन्छ । मृदुभाषी हुनुहुन्छ र सरल व्यक्तिको परिचय पनि बनाउनु भएको छ । उहाँ ग्रासरुटबाट उठेको व्यक्ति हुनुहन्छ । उहाँको उम्मेदवारीले पर्सामा कांग्रेसको विजयलाई सुनिश्चित गरेको छ । नेपाली कांग्रेस पर्सामा यसै पनि बलियो छ, त्यसमा पनि अजय द्विवेदीको उम्मेदवारीले कांग्रेसको विजयको सुनिश्चिता थपेको छ । नेपाली कांग्रेसको विजयलाई पर्सामा कसैले पनि रोक्न सक्दैन भन्नेमा हामी विश्वस्त छौं । 

    ० तपाई उहाँको प्रचारमा लाग्नु भएको छ ?
    – हो, म उहाँको प्रचारमै छु । तपाईसँग कुरा गरिरहँदा पनि म फिल्डमै छु । हामी १४ पालिकामध्ये १० वटा जित्ने उद्देश्यका साथ प्रचारमा लागेका छौं ।

    ० वीरगन्जमा कांग्रेसको प्रचार प्रभावकारी छैन भन्दै छन् नि ?
    – ढिला भएको होला, प्रभावकारी छैन भन्न मिल्दैन । वीरगन्जका वडास्तरका केही साथीमा अलिकति असन्तुष्टि देखिएको छ, त्यो मिल्दैछ । असन्तुष्टलाई मनाउने, बागी उम्मेदवारी दिएकोलाई फिर्ता गराउने अभियानमा हामी छौं । कतिपय साथीहरूले मान्नुभएको छ भने केहीमा अझै असन्तुिष्ट छ । अहिले हामी त्यसको व्यवस्थापन गर्न लागेका छौं । आइतबारदेखि हामी चुनाव प्रचारको कामहरू तीव्र रूपले अगाडि बढाउँदै छौं । एकदिनमा पच्चीस तीसवटा कोणसभा गर्दैछौं ।

    ० असन्तुष्टिको कारण के हो ?
    – २० वर्षपछि स्थानीय निर्वाचन हुन गइरहेको छ, नेतृत्व विकास जाममा परेको छ । ७० वर्ष पुरानो, तीन तीनवटा क्रान्तिको नेतृत्व गरेको पार्टीमा धेरै कार्यकर्ता हुनु, आकांक्षी धेरै हुनु स्वाभाविक हो । उहाँहरूको आकांक्षाको हामी सम्मान पनि गर्छौं । सँगसँगै नेपाली कांग्रेस पार्टीमा रहँदा आउने अनेकौं अवसरको प्रतीक्षा गर्न पनि म सल्लाह दिन्छु । कतिपय हाम्रै बुथ सभापतिले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँसँग कुराकानी गरेर उम्मेदवारी फिर्ता गर्न लगायौं । जो असन्तुष्ट हुनुहुन्छ, उहाँहरू पनि विस्तारै विस्तारै आउनु हुन्छ भन्ने मलाई लागेको छ ।

    ० तपाईहरूको प्रतिस्पर्धा कोसँग हुन्छ ?
    – प्रतिष्पर्धा फोरम नेपालसँग हुन्छ । उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगीसँग हाम्रो प्रतिस्पर्धा हुन्छ । उहाँ एउटा व्यापारिक पृष्ठभूमिबाट फोरममा भर्खरै आउनु भएको हो । उहाँलाई उपेन्द्र यादवले उम्मेदवार बनाउनु भएको छ । चार पाँच महिनाअघि मात्र उहाँ फोरममा जानुभएको थियो । त्यसअघि उहाँ स्वतन्त्र व्यापारी मात्र हुनुहुन्थ्यो । राजनीतिबारे उहाँलाई कमै जानकारी होला । हामी सुखमा मात्र होइन, दुःखमा पनि राजनीति गरेर आएका हौं । विकास के हो, समृद्धि के हो ? हामीले बुझेका छौं । केन्द्रीय राजनीतिको मूलधारमा नआएसम्म मुलुकको विकास सम्भव छैन । मुलुकको विकास नभएसम्म वीरगन्जको मात्र विकास कसरी सम्भव होला र ? वीरगन्जको विकास भुरेटाकुरेबाट हुँदैन । क्षेत्रीय पार्टीबाट पनि हुँदैन, केन्द्रीय पोलिसीकै आवश्यकता छ ।

    ० विमल श्रीवास्तवसँग कांग्रेसको प्रतिस्पर्धा हुुँदैन ?
    – राजपाले विमल श्रीवास्तवलाई टिकट दिएको भए पहिलो स्थानमा हामी दोस्रो उहाँ हुनुहन्थ्यो । तेस्रो स्थानमा विजय सरावगी हुनुहुन्थ्यो । तर राजपाले विमल श्रीवास्तवलाई टिकट नदिएपछि उहाँ तेस्रो, चौथो स्थानमा पुग्नु भएको छ । 

    ० भनेपछि वीरगञ्ज सजिलैसँग कांग्रेसको हातमा पर्ने भयो ? 
    – हो, एकदमै हो । तर चुनाव सजिलो पनि हुँदैन । यसलाई हामीले हल्का रूपले लिएका छैनौं, जनताको मन छाम्ने, उनीहरूको माग सुन्ने अवसरका रूपमा लिएका छौं ।  चुनाव जित्छौं, त्यो बेग्लै कुरा हो । अहिले हामी बिहान ५ बजेदेखि राति १२–१ बजेसम्म घुमिरहेका छौं । पार्टीको पक्षमा प्रचार गरिरहेका छौ । हामीले मूल समिति बनाएका छौं । प्रचार मूल समितिले तय गरेको कार्यक्रमअनुसार हामी लागिरहेका छौं । वीरगन्जमा ३२ वटा वडा छन् । ३२ वडामा एकैदिनमा कोण सभा गर्दैछौं । प्रचार प्रसारको काम निकै प्रभावकारी रूपले गरिरहेका छौ ।  मलाई लाग्छ, जनताको मन हामीले नै बुझेका छौं, जनताले पनि नेपाली कांग्रेसको मन बुझेका छन् ।

    ० वीरगन्ज महानगरमा कति मतले कांग्रेसले चुनाव जित्छ ?
    – मेरो अनुमानमा वीरगन्जमा हामीले दस हजार मतको फरकले चुनाव जित्छांै । दस हजारभन्दा बढी मतको अन्तर हुन्छ भन्ने मलाई लागेको छ ।  
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…