Page header hundai
  • परशु घिमिरे


    प्रधानमन्त्रीको पछिल्लो निर्वाचनका बेला प्रमुख प्रतिपक्षी दलका नेता  खड्गप्रसाद ओलीले संसद्मा सम्बोधन गर्दै भनेका थिए–‘मधेसी दल भनेका नेपाली कांग्रेसकै कमजोरीका सहउत्पादन हुन्, २०१५ सालदेखि अहिलेसम्म मधेसी मुद्दा उठाएर जसजसले खेतिपाती गर्दै आएका छन्, ती सबै कांग्रेसकै प्रशिक्षणमा हुर्केका नेताहरू हुन् ।’ त्यसबेला ओलीले मधेस केन्द्रित दलका वेदानन्द झादेखि गजेन्द्रनारायण सिंह, विजयकुमार गच्छदारदेखि महन्थ ठाकुरसम्मका एक दर्जन नेताको नाम लिन छुटाएनन् । मधेसी दल नेपाली कांग्रेसको कमजोरीका सहउत्पादन हुन् या होइनन् ? यसको विश्लेषणको पाटो छुट्टै छ, तर मधेसी दल भनेको नेपाली कांग्रेसकै प्रशिक्षणमा हुर्केका आवसरवादीहरूको जमात हो भन्ने ओलीको भनाइमा धेरै हदसम्म सत्यता छ ।
    २०१५ सालमै नेपाली कांग्रेसको प्रशिक्षणमा हुर्केका वेदानन्द झाले तराई कांग्रेस नामक पार्टी खोलेर महोत्तरीमा चुनाव लडेका थिए, तर उनको जमानत जफत भयो । उक्त पार्टीले १ प्रतिशत पनि मत पाएन । २०४८ पछि नेपाली कांग्रेसका पूर्वनेता गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना नामको नयाँ पार्टी खोलेर मधेस केन्द्रित राजनीति सुरु गरेका थिए । तर कोर मधेस मानिने सप्तरीदेखि पर्सासम्म उनले आफूबाहेक अरु उम्मेदवारलाई चुनाव जिताउन सकेनन् । लुम्बिनीतिर मिर्जादिलसाद बेगलगायत केहीले व्यक्तिगत पकडका आधारमा चुनाव जितेका हुन् । जनआन्दोलन २०६२–६३ पछि नेपाली कांग्रेसकै प्रभावशाली नेता विजयकुमार गच्छदार, जयप्रकाशप्रसाद गुप्तालगायतका मधेसी जनअधिकार फोरममा आबद्ध भए । यो पार्टी गुप्ताकै दिमागी उपज थियो । 

    स्थानीय निर्वाचनमा मधेसी दल पनि प्रभावशाली देखिएका छन्, तर  राजनीतिक एजेन्डागत प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेकै हो । मधेसी दलले उल्लेख्य सिट जित्नु भनेको कांग्रेस हार्नु हो र कांग्रेस हार्नु भनेको एमालेको राजनीतिक जित हो । 

    महन्थ ठाकुर, वृषेशचन्द्र लाललगायतका प्रभावशाली नेताहरूले तराई मधेस लोकतान्त्रिक पार्टी खोले । पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २४० सिटमा ३७ सिट चुनाव जित्यो भने मधसी दलहरूले २९ सिटमा चुनाव जिते । यो भनेको करिब करिब नेपाली कांग्रेसको हाराहारी जस्तै हो । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनले के प्रमाणित ग¥यो भने– ‘मधेस नेपाली कांग्रेसको मुटु हो, मधेसको समर्थनविना नेपाली कांग्रेसले आफ्नो साख जोगाउन सक्दैन ।’ तर मधेसको आवाजलाई मधेसी दलका नेताहरूले सम्बोधन गर्न सकेनन्, अर्थात् मधेसको आवाज कार्यान्वयन गर्ने ताकत उनीहरूले राखेनन्, मधेसवादलाई उनीहरूले अवसरवादमा परिणत गरे । यो घटनापछि दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनमत नेपाली कांग्रेसतिर ढल्क्यो । मधेसका माग धेरै हदसम्म सम्बोधन भयो । यो घटनाले के सिद्ध ग¥यो भने– ‘नेपाली कांग्रेस मधेसको ब्रेन हो ।’
    ‘मधेस नेपाली कांग्रेसको मुटु हो र नेपाली कांग्रेस मधेसको ब्रेन हो’ भन्ने तथ्य विगत ७० वर्षयताका विभिन्न राजनीतिक घटनाक्रम तथा उतारचढावले सिद्ध गरिसकेका छन् । मुलुकमा एउटा पनि अग्रगामी परिवर्तन छैनन्, जसको नेतृत्व नेपाली कांग्रेसले नगरेको होस् । र, नेपाली कांग्रेसको नेतृत्वमा भएका एउटा आन्दोलन तथा क्रान्ति पनि छैनन्, जसमा सबैभन्दा ठूलो सहभागिता मधेसी समुदायको भएको नहोस् । मधेसले साथ नदिँदा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस धेरै नै प्रभावहीन हुने र नेपाली कांग्रेस प्रभावहीन हुँदा मधेस ठगिने गरेको तथ्य निकट इतिहासका विभिन्न घटनाक्रमले सिद्ध गरेका छन् । 
    दोस्रो जनआन्दोलनपछि मधेसी जनमत साम्प्रदायिक क्षेत्रीय पार्टीतर्फ ढल्कनुमा नेपाली कांग्रेसको कमजोरी रहेको भन्ने केपी ओलीको आरोप असत्य होइन । कृष्णप्रसाद भट्टराई सभापति हुँदासम्म नेपाली कांग्रेसको निर्णायक तहमा मधेसी समुदायका नेताहरूको उल्लेख्य सहभागिता थियो । मधेसको आवाज नेपाली कांग्रेसको निर्णायक तहमा प्रतिबिम्बित हुन्थ्यो । तर गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित हुनासाथ पार्टीको निर्णायक तहमा मधेसी नेताहरूको पहुँच टुट्यो । सुशील कोइरालाका पालासम्म यसले निरन्तरता पाइरह्यो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसप्रति मधेस आशावादी छ । पार्टीको निर्णायक तहमा मधेसको प्रतिनिधित्व छिट्टै हुन्छ भन्ने कुरामा मधेसी जनता विश्वस्त छन् ।
    प्रदेश २ को आसन्न स्थानीय निर्वाचनको परिणाम भनेको आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन परिणामको पूर्वआंकलन पनि हो । प्रदेश २ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विगतको साख जोगायो भने आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमतको नजिक पुग्ने सम्भावना देखाउँछ । तर गत दुईवटा संविधानसभा निर्वाचनकै जस्तो परिणाम मधेसको यो स्थानीय चुनावमा पनि आयो भने आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस दोस्रो पार्टीमा झर्ने सम्भावना नजिकिन्छ । आगामी पाँच वर्षसम्म मुलुकको शासन सत्तामा एमालेकै हालिमुहाली हुन पनि सक्छ ।
    संविधान संशोधनमार्फत मधेसका आकांक्षा सम्बोधन गर्ने एजेन्डा नेपाली कांग्रेसको हो । संविधान संशोधन आवश्यक छैन भन्ने एजेन्डा एमालेको हो । एक प्रकारले यो चुनाव यिनै दुई एजेन्डाबीचको जनमतसंग्रह पनि हो । प्रदेश २ को आसन्न स्थानीय चुनावमा मधेसी दल पनि प्रभावशाली देखिएका छन्, तर राजनीतिक एजेन्डागत प्रतिस्पर्धा भनेको कांग्रेस र एमालेकै हो । मधेसी दलले उल्लेख्य सिट जित्नु भनेको कांग्रेस हार्नु हो र कांग्रेस हार्नु भनेको एमालेको राजनीतिक जित हो । मधेसमा उल्लेख्य सिट जित्दा मात्रै एमालेको राजनीतिक एजेन्डाले जित्ने होइन, कांग्रेसले हार्नु भनेको एमालेको एजेन्डाको स्वतः जित हो । एमालेको राजनीतिक एजेन्डाले जित्दा मधेसका आकांक्षा सम्बोधन हुने अवस्था छैन ।
    संविधान संशोधनमार्फत मधेसका आकांक्षा सम्बोधन गर्ने ताकत मधेसी दलले राख्लान् त ? भन्ने प्रश्न पनि त्यत्तिकै पेचिलो छ । मधेसी दलहरू एउटै झण्डा र चिन्ह लिएर चुनाव लडेको भए केही हदसम्म यो ताकत राख्थे । निर्णय गर्ने ताकत नभए पनि निर्णयका लागि दबाब दिन पुग्नेगरी उनीहरूको प्रतिनिधित्व हुन पनि सक्थ्योे । तर तीनवटा मधेस केन्द्रीत दल समानान्तर रूपमा चुनाव लडेका कारण उनीहरूको राज्यका कुनै पनि तहमा निर्णायक ताकत नरहने निश्चित छ । ३ प्रतिशत मत नकटाए समानुपातिकतर्फको प्रतिनिधित्व नपाउने प्रावधानसहित निर्वाचन ऐन हालै पारित भएको छ । तीनवटा मधेसी दल समनान्तर रूपमा चुनाव लड्दा ३ प्रतिशत मत कटाउने ताकत कुनैको पनि रहने देखिँदैन, किनकि मधेसी समुदायको जनसंख्या ३० प्रतिशतभन्दा माथि छैन । 
    मधेसी जनमतमा कांग्रेस, एमाले र माओवादीको पकड पनि कमजोर छैन । त्यसमा पनि विगतदेखि वर्तमानसम्मका मधेसी दलका नेता धेरै नै बद्नाम भएका छन् । संविधानसभाको निर्वाचनमा प्राप्त समानुपातिकको मतलाई  मधेसी दलका नेताहरूले हदैसम्म दुरूपयोग गरेका छन् । विजय गच्छदारले गीता राणा, बाबुराम पोखरेललगायतलाई सांसद पद बिक्री गरेका छन् भने शरत्सिंह भण्डारीले सांसद बनाएकी मृदुला राउत को हुन् ? भन्ने सबैले बुझेकै छन् । महन्थ ठाकुरले आफ्नी सम्धिनीलाई, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले आफ्नी श्रीमतीलाई सांसद बनाएर मधेसी जनमतको हदैसम्म उपहास गरेका छन् । यस्ता व्यक्तिवादी नेताहरूको क्लब जस्तो भएको झुण्ड हो राजपा । त्यसमा पनि तीनवटा पार्टी समानान्तर रूपमा चुनाव लड्दा कसरी पुग्छ ३ प्रतिशत मत ? ३ प्रतिशत मत पुगेन भने समानुपातिकको त्यो कोटा स्वतः ठूला पार्टीहरूको हातमा जान्छ । अर्थात् मधेसी दलले प्राप्त गरेको मतबाट एमालेका समानुपातिक उम्मेदवारहरूले संसद्मा प्रतिनिधित्व हुने अवसर पाउँछन् । मधेसी दललाई मत दिनु भनेको प्रकारान्तरले एमालेलाई मत दिनु जस्तै हो ।
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…