Page header hundai
  • विमन लिम्बू


    कुनै पनि देशको विकासका लागि राजनीतिक स्थायित्व पहिलो सर्त हो । देशमा आन्तरिक द्वन्द्व, संघर्ष र अस्थिरता कायम रहेसम्म कुनै पनि योजना समयमा पूरा हुन सक्दैनन् । २०५२ देखि २०६२ सम्मको माओवादी द्वन्द्वले देशलाई युगौं पछाडि पारिसकेको छ । त्यस्तै, २०७२ सालको महाभूकम्प र २०७४ सालको बाढीले पनि नेपाललाई समृद्ध हुन छेकवार लगायो । विगत वर्षमा भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तंग्रिन लागेको अर्थतन्त्रलाई धक्का लगायो । छिटोछिटो सरकार फेरिने र सरकारले आफ्ना नीति र प्राथमिकता बदल्ने समस्याले पनि देशको समृद्धिमा बाधा पुगिरहेको छ ।  
    नेपालमा २०७४÷७५ मा आर्थिक वृद्धिदर निकै उत्साहजनक देखिएकाले आर्थिक सूचकांकमा सुधार आएको अर्थ विश्लेषकहरूको भनाइ छ । त्यस्तै भारतीय नाकावन्दी हटेपछि बजार चलायमान भएको छ । इन्धनको सहज आपूर्ति हुनु, समयमै मनसुनी वर्षा हुनु र बन्द हडताल कम हुनु, लोडसेडिङ अन्त्य हुनु आर्थिक सुधारका अन्य कारण हुन् । हालैका वर्षमा वैदेशिक सहयोग र प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । नेपालबाट कामको खोजीमा विदेश जाने व्यक्तिहरू पनि केही सीप सिकेर जान थालेका छन् । यो अर्को उत्साहको विषय हो । फ्रि भिसा फ्रि टिकटको अवधारणा पनि क्रमशः सफल हुँदैछ । नेपालको विकासका लागि पर्यटन, कृषि, जलस्रोत र मानव स्रोत सबैभन्दा महत्वपूर्ण ठहरिएका छन् । त्यसमा पनि मानव स्रोत परिचालन र पर्यटनबाट प्रत्यक्ष विदेशी मुद्रा आर्जन हुन्छ । हाल नेपालले इन्धन आयातमा सवैभन्दा बढी रकम खर्चनुपरेको छ । त्यस्तै, हाम्रो समाज उपभोक्तामुखी बन्दै गएको छ । विदेशमा निर्मित मोटर, मोबाइल, वासिङ मेसिन, फ्रिज र अन्य लत्ताकपडा तथा विद्युतीय सामानले नेपालको बजार ओगट्दै छ । हाम्रा निर्यातयोग्य वस्तु ज्यादै सीमित छन् । विदेशी उपभोग्य वस्तुहरू बढी खरिद गर्ने र आन्तरिक उत्पादन कम हुने क्रम नरोकिएमा एकदिन आयात गर्ने क्षमता घटेर देश टाट पल्टिन वेर छैन ।
    प्रत्यक्ष विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटनलाई ध्यान दिइएन भने भविष्यमा ठूलो संकट आउन सक्छ । त्यसतर्फ सरकार, उपभोक्ता र व्यापारी वर्ग समयमै सचेत हुनुपर्ने हो ।

    विदेशमा निर्मित मोटर, मोबाइल, वासिङ मेसिन, फ्रिज र अन्य लत्ताकपडा तथा विद्युतीय सामानले नेपालको बजार ओगट्दै छ । हाम्रा निर्यातयोग्य वस्तु ज्यादै सीमित छन् । विदेशी उपभोग्य वस्तुहरू बढी खरिद गर्ने र आन्तरिक उत्पादन कम हुने क्रम नरोकिएमा एकदिन आयात गर्ने क्षमता घटेर देश टाट पल्टिन वेर छैन ।

    किनकि हाम्रो देशको पर्यटन व्यवसाय ज्यादै जोखिमपूर्ण छ । पर्यटनको राम्रो पूर्वाधार तयार भइनसकेको हुनाले सानोतिनो हल्लाले पनि छोटै समयमा व्यवसायलाई ठूलो धक्का लाग्ने गरेको छ ।सशत्र द्वन्द्वको समयमा नेपालमा ज्यादै कम पर्यटक आउने गर्दथे । उनीहरूलाई ज्यानको जोखिम थियो । जतिखेर जहाँ पनि आक्रमणको खतरा भइरहन्थ्यो । त्यसपछि भूकम्प र नाकाबन्दीले यो व्यवसायलाई मारमा पा¥यो । पहिलेको वर्ष नेपालमा पर्यटन आगमन उत्साहजनक ढंगले बढेको थियो । खासगरी चिनियाँ पर्यटकको संख्या निकै ठूलो प्रतिशतले बढेको थियो । केही समयअघि साउन महिनामा मुग्लिङ नारायणघाटबीचको सडकमा पहिरो गएपछि धेरै पर्यटक बाटैमा अलपत्र परे । समयमा उद्धार हुन सकेन । सूचना पनि राम्ररी प्रसार प्रचार भएन । विदेशमा नेपालका राजमार्ग असुरक्षित भएको सन्देश एक्कासि फैलियो । धेरै पर्यटक ज्यान जोगाएर स्वदेश फर्के । उनीहरूले नेपालमा यात्रा गर्नु असुरक्षित हुने खबर फैलियो । पर्यटन व्यवसाय सञ्चालन गर्ने नेपाल र नेपाल बाहिरका एजेन्सीले पर्यटकलाई गन्तव्यमा पु¥याए पनि नेपालको यातायात र सडकको दुर्दशाको बारेमा भ्रमात्मक समाचार फैलियो । 
    एकफेर गलत सन्देश फैलिएपछि फेरि सच्याउन समय लाग्छ । चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले बेइजिङबाट पत्रकारको बारेमा वास्तविक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । त्यहीअनुसार केही चिनिया पत्रकार काठमाडौं आई रिपोर्टिङ गरेका छन् । नेपाल सुरक्षित छ भन्ने सन्देश फेरि विश्वभरि फैलिरहेको छ । तर एकफेर गुमेको साख फिर्ता गर्न समय पक्कै लाग्छ । पयर्टन व्यवसायीहरूले अझै एक वर्ष उत्साहजनक रूपमा पर्यटक नआउने भविष्यवाणी गर्र्दै चिन्ता प्रकट गरिरहेका छन् । त्यसो भए पनि नेपालको पर्यटन विकासको लागि उपयुक्त वातावरण बन्ने आशा पलाएको छ । खासगरी स्थानीय तहका दुई चरणका चुनाव समाप्त भई तेस्रो चरणको चुनावको तयारी हुँदैछ । २०७४ सालको माघ ७ गतेसम्म सबै चरणका चुनाव गराइसक्नुपर्ने संवैधानिक व्यवस्था नै छ । यी चरणबद्ध चुनाव सकिएपछि देशमा नयाँ संसद्, नयाँ सरकार र नयाँ प्रादेशिक सरकारहरू गठन हुनेछन् । गाउँ र नगरपालिकाहरूमा जनप्रतिनिधिले काम गर्न थालेपछि आर्थिक स्रोतहरूको परिचालन स्वतः बढ्ने छ ।
    स्थानीय सरकार अधिकार समपन्न हुने संवैधानिक व्यवस्था भएकाले स्थानीय स्रोतको सदुपयोग पनि हुने छ । जनप्रतिनिधिले शासन गर्दा पक्कै पनि कर्मचारीले गरेको भन्दा राम्रो हुनेछ । जवाफदेहिता, पारदर्शिता र छिटोछरितोपन देखापर्ने अपेक्षा सबैले गरेका छन् । यी सबै राम्रा कुराको प्रभाव प्रत्यक्ष र परोक्षा रूपमा पर्यटन उद्योगहरूमा पनि पर्नेछ । पर्यटन व्यवसाय भनेको विदेशी पर्यटनको महत्व पनि त्यत्तिकै हुन्छ । विदेशी पर्यटकको संख्या र बसाइ अवधि बढ्न राजनीतिक स्थायित्वले नै सबैभन्दा बढी काम गर्छ ।
    स्थानीय तहको निर्वाचन र पर्यटन प्रवद्र्घनबीच धेरै सम्बन्ध छ । नेपालका धेरै पर्यटन केन्द्रहरू प्रचार प्रसार नभएका कारण ओझेलमा परेको छ । त्यस्तै कतिपय पर्यटन केन्द्रहरू संरक्षणको प्रतीक्षामा छन् । स्थानीय निकायका नयाँ जनप्रतिनिधिले अव आर्थिक स्रोत जुटाउन पर्यटन विकासलाई ध्यान नदिई सुखै छैन । पर्यटनलाई एकातिर पन्छाएर आर्थिक समृद्घि खोज्ने काम वा प्रयास कुनै पनि प्रादेशिक सरकारहरूले गर्नेछन् भन्ने सोच्न पनि सकिँदैन । केन्द्र र स्थानीय सरकारहरूले पर्यटन पूर्वाधारको विकासका लागि गर्नुपर्ने धेरै काम छन् । खासगरी सडक, टेलिफोन, सार्वजनिक उद्यान, सम्पदा संरक्षण, सरसफाइ, हरियाली वृद्घि र शान्ति सुरक्षा जस्ता आधारभूत कुरा पर्यटन विकासका लागि अपरिहार्य छन् । 
    त्यस्तै, व्यवस्थित र सफा होटल रेस्टुराँ, बंैक, विश्रामस्थल र सार्वजनिक शौचालयको पनि कमी छ । अहिले एउटा पर्यटकलाई पुतलीसडक वा कालिकास्थानमा शौचालय जान मन लाग्यो भने उसले दौडेर ठमेल पुग्नुपर्ने अवस्था छ । ठमेलमै पनि सार्वजनिक शौचालय छैनन् । विदेशका कतिपय ठूला सहरमा सय मिटरको दूरीमा सफासुग्घर सार्वजनिक शौचालय हुन्छन् । हाम्रो देशका योजनाकारहरूको दृष्टिमा सार्वजनिक शौचालय आवश्यकै पर्दैन । यस्तो कुरा सानोतिनो हो, तर यसले ठूलो महत्व राख्दछ । त्यस्तै, हाम्रो देशका सहरहरूमा पर्यटन सूचना केन्द्रहरू पनि छैनन् । पर्यटन पूर्वाधारको विकासमा राम्ररी ध्यान दिन यातायात पनि अति महत्वपूर्ण सरोकारको विषय हो । हाम्रो यातायात प्रणाली र यातायात संरचना प्रणाली पनि त्रुटिपूर्ण छ । सारांशमा भन्नुपर्दा राजनीतिक स्थायित्व कायम भएपछि अन्य क्षेत्रले जस्तै पर्यटन विकासले पनि गति लिनेछ । पर्यटन विकास नेपालको सन्दर्भमा ज्यादै महत्वपूर्ण छ । हाम्रो देशका सवै नीति कार्यक्रममा पर्यटनको उल्लेख छ, तर स्पष्ट गुरुयोजना छैन । निजी क्षेत्रले पर्यटन पूर्वाधार जस्तै होलहरूमा धेरै लगानी गरिसकेको छ । विकासका अन्य पूर्वाधार नहुँदा होटल पनि खाली रहने खतरा हुन्छ ।
    देशभित्र पर्यटकले प्रयोग गर्ने र उनीहरूका देशमा लैजाने गुणस्तरीय सामानको उत्पादन पनि हुन सकेको छैन । कुटीर उद्योग सञ्चालित छन् । ती उद्योगले घरेलु उद्योगको रूप पनि लिन सकेका छैनन् । पर्यटकलाई सफा खाना, राम्रो व्यवहार, स्वच्छ पानी, सुरक्षित आवास व्यवस्था अति जरुरी हुन्छ । उनीहरूकै देशको जस्तो खाना उनीहरूले अपेक्षा गरेका हुन्छन्, नयाँ स्वादका लागि एक दुई छाक लिनु बेग्लै कुरा हो । त्यस्तै पर्यटकलाई जथाभावी मूल्य लिएर ठग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ । ती बिक्रेताले विदेशीलाई सामान बेच्दा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन् । त्यसैले सडक पर्यटन व्यवसायीलाई उच्चस्तरको ट्रेनिङको टड्कारो आवश्यकता देखिन्छ । पाँचतारे होटलको मात्र होइन, ठमेलका साना व्यवसाय गर्नेहरूलाई पनि सरकारका निकायहरूले तालिमको व्यवस्था गर्न आवश्यक छ । यी सवै कुराका लागि स्थानीय नेतृत्व सक्रिय रूपले लाग्ने वेला भइसकेको छ । सवैको सामूहिक प्रयासमै पर्यटन व्यवसाय फस्टाउने हो । पर्यटन व्यवसाय फस्टाएमा यसले चौतर्फी रोजगारी दिन्छ । पर्यटन व्यवसायले दिने रोजगारीले पर्यटन व्यवसायी मात्रै होइन, राष्ट्रले पनि प्रशस्त फाइदा लिन सक्छ । स्थानीय स्रोतसाधन परिचालनले देशलाई सम्पन्न बनाउँछ । देशको विदेशमा छवि बढाउने काम पनि पर्यटन उद्योगले नै गर्न सक्छ । सबैले त्यसतर्फ ध्यान दिने वेला भइसकेको छ । हेरौं, हामीले निर्वाचित गरेको स्थानीय सरकारको कार्यशैली कसरी अघि बढ्छ ?
    (लेखिका पर्यटन व्यवसायी हुन्)
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…