Page header hundai
  • श्यामलाल श्रेष्ठ


    २०४४ सालको स्थानीय निर्वाचनलाई उपयोग गर्ने क्रममा मिश्रित परिणाम आयो । राजधानी काठमाडौं नपर पञ्चायतमा हरिबोल भट्टराई र तीर्थराम डंगोलको टिमले सानदार मतले चुनाव जित्यो । आर्थिक स्रोतको अभावका बाबजुद यति ठूलो मतअन्तरले चुनाव जित्नुको सन्देश थियो–‘राजधानी काठमाडौंमा नेपाली कांग्रेसको प्रभाव घटेको छैन । हुन त त्यतिबेला कम्युनिष्ट उम्मेदवारहरूले पनि राम्रै मत ल्याएका थिए । तर हामीले समर्थन गरेका उम्मेदवारहरूले निकै ठूलो मतअन्तर पारे । जनआन्दोलनमा जाने निर्णय गर्नका लागि एउटा आधार तयार ग¥यो, काठमाडौंको यो परिणामले ।
    नेपाली कांग्रेसलाई कमजोर बनाउने खेल जनमतसंग्रहपछि पनि नभएको होइन । परशुनारायण चौधरी, बखानसिंह गुरुङलगायतका ३८ जना नेता पार्टी छाडेर २०३८ सालको चुनाव लड्न गएका थिए । यो घटनाले कांग्रेसमा ठूलै उथलपुथल ल्याएको थियो । तर त्यसले कांग्रेसलाई सोचेजस्तो नोक्सानी पु¥याएको देखिएन ।  परशुनारायण चौधरी पञ्चायतमा प्रवेश गरेकोमा बीपीले सारै नरमाइलो मान्नु भयो । २०३६ सालको जनमतसंग्रह घोषणापछि टुँडिखेलको खुलामञ्चमा भएको आमसभामा बीपीले परशुनारायणलाई भावी प्रधानमन्त्री भनेर घोषणा गर्नुभएको थियो ।   चौधरीलाई पञ्चायतले तान्न सक्ने संकेत बुझेरै बीपीले भावी प्रधानमन्त्री घोषणा गरेको हुनुपर्छ । काठमाडौंका कनकमान शाक्य, दाङका गणेशराज शर्मा, अर्घाखाँचीका काशीनाथ गौतम, पाल्पाका अच्युतराज रेग्मी, गजेन्द्रनारायण सिंहलगायतका दोस्रो तहका धेरै नेताहरू बखानसिंहसँगै पञ्चायत प्रवेश गरेका थिए । त्यसलगत्तै परशुनारायण चौधरी पनि पञ्चायत प्रवेश गरेका हुन् । एकपटक पञ्चायत प्रवेश गरेर पनि २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा लागेका विश्वबन्धु थापा, श्रीभद्र शर्मा, श्रीकान्त अधिकारीलगायतका धेरै नेताहरू फेरि पञ्चायतमा प्रवेश गरे ।

    आन्दोलन सुरु गरेपछि कम्युनिस्टहरू हावी हुने र नियन्त्रण बाहिरको अवस्था र्सिजना हुने त होइन ? भन्ने आशंका यथावत् थियो । तर कम्युनिस्ट शासन भएका मुलुकमा धमाधम आन्दोलन भयो । विश्वबाट कम्युनिस्ट शासन सत्ता धराशयी भएको अवस्थामा अब नेपालमा कम्युनिस्टहरूबाट कुनै खतरा छैन भन्ने निष्कर्ष गणेशमानजीले निकाल्नुभयो । संसदीय प्रजातन्त्र स्वीकार गर्न कम्युनिस्टहरू तयार हुन्छन् भने उनीहरूलाई पनि सहभागी गराएर वार कि पारको आन्दोलन गर्ने उद्घोष गणेशमानजीले गर्नुभयो । 


    पञ्चायतको चुनावलाई उपभोग गर्ने कि नगर्ने ? भन्ने विषयमा पार्टीमा २०३८ सालदेखि नै बहस भएको हो । तर त्यतिबेला पञ्चायतको उम्मेदवार बन्नेले पञ्चायतलाई समर्थन गर्दै वर्गीय संगठनकोे सदस्यता लिनुपर्ने प्रावधान थियो । पञ्चहरूले चाहेको व्यक्तिले मात्रै वर्गीय संगठनको सदस्यता पाउँथ्यो । वर्गीय संगठनको सदस्यता लिनै पर्ने अनिवार्य प्रावधानका कारण पनि पञ्चायतको चुनावलाई उपयोग गर्ने निर्णय त्यतिबेला पार्टीले लिन नसकेको हो । दोस्रो तहका यतिधेरै नेताहरू पञ्चायत प्रवेश गर्दा पनि नेपाली कांग्रेस कहिल्यै कमजोर भएन । परशुनारायण चौधरी पञ्चायत प्रवेश गरेपछि नेपाली कांग्रेस थारु समुदायमा कमजोर हुने आंकलन गरिएको थियो, तर राधाकृष्ण थारु जस्ता सशक्त नेता कांग्रेसमै भएका कारण परशुनारायणको पलयानले त्यति ठूलो क्षति बेहोर्नु परेन । 
    बीपीको अनुपस्थितिमा पनि त्रयनेताहरूले कांग्रेसलाई बलियो बनाउँदै लगे । २०४५ सालदेखि आन्दोलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गयो । एकातिर मुलुकभित्रैको ठूलो युवा जमात पञ्चायतको विरुद्धमा देखियो । राजधानी काठमाडौंमा विभिन्न ब्यानरमा ठूलो संख्यामा जुलुस प्रदर्शन गर्न सक्ने अवस्थामा हामी पुग्यौं । क्याम्पसहरूमा हुने स्ववियुका निर्वाचनहरूमा धेरैजसो हामीले जित्न थाल्यौं, हामीले नजितेका ठाउँमा कम्युनिस्ट समर्थक विद्यार्थी संगठनहरूले चुनाव जित्न थाले । पञ्चायत समर्थक विद्यार्थीहरूले त चुनाव नजित्ने मात्रै होइन कि भोट पनि नल्याउने अवस्था सिर्जना भयो । गाउँगाउँमा शिक्षकहरूमार्फत पञ्चायतविरुद्ध लहर नै सुरु भएको थियो भने सहरी क्षेत्रमा युवा विद्यार्थीहरू प्रायः सबैजसो पञ्चायती व्यवस्थाविरुद्ध थिए ।
    उता, भारतले पनि पञ्चायतलाई साथ नदिने भयो । यो अवस्था भनेको आन्दोलनका लागि अनुकूल थियो । तर आन्दोलन सुरु गरेपछि कम्युनिस्टहरू हावी हुने र नियन्त्रण बाहिरको अवस्था सिर्जना हुने त होइन ? भन्ने आशंका यथावत् थियो । तर कम्युनिस्ट शासन भएका मुलुकहरूमा धमाधम आन्दोलन भयो । विश्वबाट कम्युनिस्ट शासन सत्ता धराशयी भएको अवस्थामा अब नेपालमा कम्युनिस्टहरूबाट कुनै खतरा छैन भन्ने निष्कर्ष गणेशमानजीले निकाल्नु भयो । संसदीय प्रजातन्त्र स्वीकार गर्न कम्युनिस्टहरू तयार हुन्छन् भने उनीहरूलाई पनि सहभागी गराएर वार कि पारको आन्दोलन गर्ने उद्घोष गणेशमानजीले गर्नु भयो । 
    २०४६ माघ ५, ६ र ७ गते गणेशमानजीको निवास चाक्सीबारीमा नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनको आयोजना भयो । देशभरका कार्यकर्ताहरू पहिले नै काठमाडौं आइपुगे । किनभने पछि आउँदा बाटोमै पञ्चायतका प्रशासकहरूले धरपक्कड गरेर रोक्न सक्थे । यातायातमा अवरोध पु¥याउन सक्थ्यो । आन्दोलनमा भारतीय नेताहरूको सहयोगले महत्वपूर्ण अर्थ राख्ने निश्चित थियो । भारतका प्रभावशाली नेताहरूलाई पनि राष्ट्रिय सम्मेलनमा  आमन्त्रित गरियो । समाजवादी नेता चन्द्रशेखर, जनता पार्टीका नेता डा. सुव्रमण्यम स्वामी, कम्युनिस्ट पार्टीका महासचिव हरिकिशनसिंह सुरजित, कंग्रेस आईबाट एकजे अकबरलगायतका नेताहरू राष्ट्रिय सम्मेलनमा अतिथिको रूपमा आएका थिए । 
    राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा यति ठूलो जनसहभागिता भएको थियो कि क्षेत्रपाटी वरपर खुट्टा राख्ने ठाउँ पनि भएन । भारतीय नेताहरूले के बोल्छन् ? भन्ने जिज्ञासा हाम्रा कार्यकर्तालाई त यसै पनि हुने भयो, सर्वसाधारणका लागि पनि निकै ठूलो चासो थियो ।  तल जेपी स्कुलदेखि माथि ठमेल तथा पकनाजोलसम्म मान्छेहरू खचाखच थिए । भारतीय नेताहरूले नेपालमा मानवअधिकार र प्रजातन्त्रको बहालीमा जोड दिँदै चन्द्रशेखरले विचारोत्तेजक भाषण दिए । डा. सुव्रमण्यम स्वामीले त यतिसम्म भनेकी– ‘राजा वीरेन्द्रले यदि प्रजातन्त्र बहाली गरेनन् भने  उनी मेरा चेला नै होइनन् ।’ किनकि उनले वीरेन्द्रलाई कुनै बेला पढाएका पनि रहेछन् । दुई–चार दिनसम्म सम्मेलन चल्यो ।
    कम्युनिस्टहरू त्यतिबेला फुट्दै फुट्दै २४–२५ वटा पार्टी बनेका थिए ।  यिनै टुक्रालाई समेटेर गणेशमानजीले वाममोर्चा बनाई सात वाम एकठाम भनेर आन्दोलनमा सहभागी गराउनुभयो । एक दुईलाई छाडेर सबै कम्युनिस्ट पार्टीहरूले गणेशमानजीको नेतृत्वलाई स्वीकारेका कारण आन्दोलनमा कम्युनिस्टहरूको कार्यगत एकतालाई नेपाली कांग्रेसले स्वीकार ग¥यो । जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमानजी हुनुभयो । गणेशमानजी र किशुनजीले कम्युनिस्टहरूलाई तपाईहरू आफ्नो ढंगले गर्नोस्, हामी आफ्नो ढंगले आन्दोलनका कार्यक्रम तय गर्छाैं भनेर प्रस्ताव राखेपछि संयुक्त वाममोर्चाका मानार्थ अध्यक्ष तुलसीलाल अमात्यले भन्नुभयो– ‘२०४२ सालको सत्याग्रहमा जस्तै कांग्रेसले कम्युनिस्टहरूको नैतिक समर्थन मात्रै खोजेको हो भने, म आन्दोलनको पक्षमा छैन, कांग्रेससँगै हामी सडकमै झन्डा लिएर उत्रने हो भने सशक्त मेरो सहभागिता रहन्छ ।’ तुलसीलालजीको यो प्रस्ताव हाम्रा नेताहरूले स्वीकार गरे । माघ १९ गते नेपाली कांग्रेस र कम्युुनिस्ट घटकहरूको संयुक्त वाममोर्चा तथा संयुक्त जनआन्दोलन संयोजन समिति बैठकमा फागुन ७ गतेदेखि आन्दोलन सुरु गर्ने तय भयो ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…