Page header hundai
  • राजमार्गमै हार स्वीकार


    काठमाडौं । एक सातापछि सम्पन्न हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले अधयक्ष केपी ओली र नेता माधव नेपालबीच खटपट सुरु भएको छ । माधव नेपालकै गढ मानिएको रौतहटको चन्द्रपुर नगरपालिकामा दुईजना व्यक्तिलाई मेयर पदमा उम्मेदवार सिफारिस गरेपछि खटपटले उग्र रूप लिएको हो । 
    एमाले स्थायी समितिले प्रदेश २ का उम्मेदवारहरूको टुंगो लगाएर पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको नाममाथि अध्यक्ष ओलीले खेल्न थालेपछि विवाद चुलिएको हो । ‘प्रदेश नम्बर २ का १३६ वटै तहका लागि हाम्रो पार्टीका तर्फबाट पार्टी सदस्यहरूको भावना, जनताको चाहना र पार्टी कमिटीहरूको सिफारिसका आधारमा उम्मेदवारहरू चयन गरिएका छन्,’ एमालेले भनेको थियो । तर चन्द्रपुरमा ओली समूहबाट कोही पनि व्यक्ति उम्मेदवार बन्ने अवस्था नभएपछि त्यहाँ आंकाक्षीमध्ये दुईजनालाई नै मेयरको टिकट दिएर पठाइयो । जसले गर्दा पार्टीका नेताहरूसमेत भोट मोग्न जाने अवस्था बन्न सकेको छैन ।
    स्थायी कमिटीको निर्णयविपरीत रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाललाई टिकट दिइएको थियो । तर उम्मेदवारी दर्ता गर्न जाँदा एमालेको तर्फबाट उद्धव रेग्मीले दर्ता गरिसकेका थिए । अहिले रौतहटमा एमालेका उम्मेदवारका पछि नेता र कार्यकर्ता भोट माग्न जान सकेका छैनन् । जनताको मनोभावना विपरीत र पार्टीको निर्णयविपरीत उम्मेदवार दर्ता भएपछि कसले भोट माग्न जान्छ ? एक एमाले नेताले भने ।
    उद्धव रेग्मीलाई कसले उम्मेदवार बनायो भन्ने विषयमा पार्टीभित्र ठूलो बहस सिर्जना भएको छ । चन्द्रपुरमा बाजागाजासहित बाबुराम दाहाल उम्मेदवारी दर्ता गर्न जाँदा रेग्मीले उम्मेदवारी दर्ता गरिसकेका थिए । रौतहट माधवकुमार नेपालको गृहजिल्ला हो । रौतहटमा सबै नेपाल पक्षकाले टिकट पाएकाले बीचमा एकजना भए पनि अध्यक्ष ओलीले आफ्नो मान्छेलाई रातारात टिकट दिएका हुन्, स्रोतले भन्यो । रेग्मी पहिला माधव नेपाल पक्षधरकै भए पनि ओलीले आफ्नो प्यानलमा राखेर उम्मेदवार बनाएर पठाएपछि ओलीप्रति लोयल हुने देखिएको छ । ओली समूहले चलखेल गर्न खोज्दा माधव नेपाल समूहको बाहुल्य रहेको स्थानमा यसपटक हार्ने सम्भावना बढेर गएको छ । अहिले माधव नेपाल पनि प्रदेश २ कै चुनावमा खटिरहेका कारण यो विवाद मिल्ने देखिएको छ । कसरी मिल्छ भन्ने विषयमा भने नेताहरूले केही बताएका छैनन् । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…