Page header hundai

  • जनकपुरधाम । उम्मेदवारी दर्तासँगै राजनीतिक दलका उम्मेदवारहरु प्रचारमा लागेका छन् । नेपाली काँग्रेसका मेयरका उम्मेदवार मनोजकुमार साह हिजैदेखि घरदैलो कार्यक्रममा सहभागी भएका छन् । जनकपुरका प्रभावशाली नेता बज्ररंग साहले नेपाली कांग्रेसलाई विजयी गराउन आह्वान गरेपछि नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह थपिएको छ ।
    आज शुक्रबार विहान वडा नं. २ को कार्यक्रममा साहले नेपाली कांगे्रसलाई जिताउन विशेष आग्रह गरेका थिए । नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको जनकपुर उपमहानगरपालिकामा राजपासँग प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अवसरवादीका रुपमा परिचित भएका कारण मेयरका उम्मेदवार लालकिशोर साहले प्रचारलाई गति दिन सकेका छैनन् । 
    जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले युवा नगर सभापति मनोजकुमार साह तथा उपमेयरमा नेतृ निलम कर्णलाई उम्मेदवार बनाएको थियो । स्वच्छ छविका उम्मेद्वारहरु अगाडि सारेको हुनाले कांग्रेसका कार्यकर्ता घरदैलो कार्यक्रममा जाँदा पाँच सयभन्दा बढीको भीड लाग्ने गरेको छ । पूर्व उपमेयर लालकिशोरमाथि कतिपयले भ्रष्टाचार प्रकरणसँग जोडेर हेर्न गरेको कारणले पनि उनलाई मत माग्न असहज भएको हो ।
    घर दैलो कार्यक्रम अगाडि वडाहरुमा कांग्रेसका कार्यकर्ताले झण्डा र रुख चिन्हले सजाएकाले जनकपुरका वडाहरु रंगिएका छन् ।
    – श्रीकान्त झा
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…