Page header hundai

  • काठमाडौं । राप्रपा विभाजित भएर पशुपतिशमशेर राणाको नेतृत्वमा गठन भएको राप्रपा (प्रजातान्त्रिक) ले ‘चक्र’ चुनाव चिन्ह लिएर तेस्रो चरणको स्थानीय चुनाव लड्ने भएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर भएका कारण हलो चिन्ह नपाएपछि चक्र चिन्ह लिएर राप्रपा (प्रजातान्त्रिक) चुनावमा जान लागेको हो । चक्र  चिन्ह  हरिचरण  साह नेतृत्वको नेपाली जनता दलको हो । जनता दलको सहमतिमा राप्रपा (प्रजातान्त्रिक) ले चक्र चिन्ह प्रयोग गर्न पाएको हो । सहमतिका आधारमा एउटा दलले अर्को दलको चुनाव चिन्ह प्रयोग गर्नसक्ने प्रावधान कानूनमा छ । यही प्रावधानअनुसार डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले उपेन्द्र यादवको  मशाल चिन्ह प्रयोग गरेको थियो । राजपाले पनि शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको चुनाव चिन्ह साइकल प्रयोग गर्ने भएको छ ।
    निर्वाचन आयोगले पार्टी विभाजनको मान्यता दिएका कारण राप्रपा (प्रजातान्त्रिक) ले हलो चुनाव चिन्ह पाउने अनुमान गरिएको थियो । तर  स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपत्र पहिले नै छापिएका कारण हलो चुनाव चिन्ह छैन । पार्टी एकीकरणका बेला हलो चिन्ह एक वर्षका लागि निलम्बनमा राख्न राप्रपाले एक वर्षअघि नै निर्वाचन आयोगलाई लिखित पेस गरेको थियो । आगामी मंसिर १ गते मात्रै एक वर्ष पुग्ने भएका कारण प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा भने राप्रपा (प्रजातान्त्रिक) ले हलो चुनाव चिन्ह पाउने सम्भावना छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र असोजभित्रै छपाइ हुने भएको छ भने प्रत्यक्षतर्फको मतपत्र पनि कात्तिकभित्रै छपाइ भइसक्ने छ । त्यसैले राप्रपा (प्रजातान्त्रिक) ले हलो चिन्हको विकल्प खोजेको हो ।
    राणाले पार्टी फुटाउँदा केन्द्रीय समितिको ४० प्रतिशत संख्या नपु¥याएको भन्दै कमल थापाले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । राणा पक्षमा हस्ताक्षर गर्नेमध्ये करिब एक दर्जन जतिले अर्को प्रयोजनका लागि भएको हस्ताक्षर दुरूपयोग गरिएको भन्दै सार्वजनिक रूपमा बोलेका छन् । उनीहरूले अदालतमा गएरसमेत यही कुरा बोलेका कारण राणा संकटमा छन् । यदि राणाले पार्टी विभाजनको मान्यता पाएनन् भने उनको पक्षका १८ जना सांसदको पद धरापमा पर्न सक्छ । तर प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै आएको र अदालतले तत्काल फैसला गर्ने सम्भावना नरहेका कारण राणा पक्ष ढुक्क देखिएको छ ।
    राणाभन्दा पहिलै दर्ता भएको प्रकाशचन्द्र लोहनीको पार्टी राप्रपा (राष्ट्रवादी) ले पनि हलो चिन्ह दाबी गरिसकेको छ । राप्रपा (राष्ट्रवादी) का प्रवक्ता महेश्वर रोकायले भने– ‘हलो भएको झण्डा हामीले पाइसकेका छौं, हलो चिन्ह पनि राणाले भन्दा हामीले नै पहिले दाबी गरेका हौं, यदि राणाले पार्टी विभाजनको मान्यता पाए भने बेग्लै कुरा होइन भने हलो चिन्हमा हाम्रो अग्राधिकार भइसक्यो ।’ स्थानीय तहको निर्वाचनका लागि विश्वेन्द्र पासवानको पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको उल्लेख गर्दै उनले भने– ‘मंसिरमा हुने प्रदेश सभा निर्वाचनमा भने राप्रपा (राष्ट्रवादी) र राप्रपा( प्रजातान्त्रिक) ले एउटै चिन्ह लिएर चुनाव लड्ने सम्भावना छ ।’

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…