Page header hundai

  • म्यानमारमा समय–समयमा जातीय दंगा भइरहन्छ । गत चैतमा यस्तै अर्को एउटा दंगा भड्किएको थियो । त्यसबेला ४० जनाले ज्यान गुमाए । पछिल्लो पटक नौजना प्रहरी अधिकृतको हत्याबाट सुरु भएको दंगाले उग्ररूप लियो । सयभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं बंगलादेशको शरणमा पुगेका छन् । 
    म्यानमारको सहर नाइपिदवादेखि एक सय ३० किलोमिटर उत्तरमा पर्ने मैकतिला सहरमा हिंसा सुरु भएको थियो । मैकतिला सहरमा एक सुन पसलमा चलेको वादविवादबाट सुरु भएको त्यो हिंसाले उग्ररूप लिएपछि दंगामा रूपान्तरण भएको हो । सो क्षेत्रमा मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच हिंसा भड्किएको हो । 
    उक्त प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौं नागरिकको ज्यान गएको छ । यस हिंसामा करिब १२ हजार व्यक्ति विस्थापित भएको जनाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघसँग सम्बधित कार्यालयले हिंसामा परी सयौं नागरिक घाइते भएको बताएको छ । म्यानमारको राजधानी र त्यस वरपरका सहरमा नै विगतदेखि नै अल्पसंख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा हुने गरेको छ ।
    म्यानमारको पश्चिमी राखिनी प्रान्तमा गत वर्ष पनि रोहिग्या मुस्लिम र बौद्धमार्गीबीचको हिंसामा परी कम्तीमा एक सय ८० नागरिकको ज्यान गएको थियो । सो हिंसामा एक लाख दस हजार व्यक्ति विस्थापित भएका थिए । पछिल्लो समय चलेको यो हिंसाको नियन्त्रणका लागि सरकारले विशेष सुरक्षा व्यवस्था अपनाएको छ । ठूलो संख्यामा सैनिक र प्रहरी खटाएकाले धेरै हिंसा भड्किन नपाएको पनि म्यानमारका अधिकारीले जनाएका छन् ।
    भनिन्छ, संसारमै रोहिग्या मुसलमान अल्पसंख्यक समुदाय हो, उनीहरूमाथि नै म्यानमारमा अन्याय भइरहेको बताइन्छ । आखिर रोहिग्या मुसलमान को हुन् ? म्यानमारका लागि उनीहरू किन समस्या भइरहेका छन् ? उनीहरू भागेर किन बंगलादेश जान्छन् ? उनीहरूलाई अहिलेसम्म म्यानमार सरकारले किन नागरिकता दिँदैन ? नोबल शान्ति पुरस्कार प्राप्त सरकार प्रमुख आङसाङ सुकीसँग यसको जवाफ छैन । 

    म्यानमारको वास्तविकता
    ६ लाख ७६ हजार पाँच सय ५२ वर्गकिलोमिटरमा फैलिएको म्यानमारको जनसंख्या पुगनपुग पाँच करोड छ । बर्मेली भाषा बोल्ने म्यानमारका बहुंख्यक जनता बुद्धधर्ममा आस्था राख्छन् । अल्पसंख्यक जाति र जनजातिको संगमस्थल रहेका म्यानमारको औसत आयु ६४ पुरुष र ६८ महिलाको छ ।
    सन् १९५७ मा राजा अनावराथले स्थापना गरेका एकीकृत म्यानमारलाई त्यसबेला बर्मा भनिन्थ्यो । राजा अनावराथको सन्तानले पनि बर्मामा पाँच सय वर्षभन्दा बढी शासन गर्न सकेन । त्यसपछि सन् १५३१ मा बर्मामा टुनगो राजसंस्थाको अभ्युदाय भयो । सन् १८८५ देखि बर्मा बेलायती उपनिवेशमा रूपान्तरण भयो । सन् १९४८ मा बेलायती उपनिवेशबाट बर्मा मुक्त भयो । 
    सन् १९६२ मा जुन्ता सैनिकले शासन सत्ता हातमा लियो । एक दलीय शासन व्यवस्थाका लागि सञ्चालन गरेको जुन्ता सैनिक शासनले सन् १९९० मा प्रतिपक्षी दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्याधिक बहुमत ल्याएको थियो । तर उक्त जीतलाई सैनिक शासनले मान्यता दिएन । झन्डै २१ वर्षपछि सन् २०११ मा बर्मामा सैनिक शासकले निर्वाचन गरायो । सन् २०१५ मा भएको निर्वाचनमा आङसाङ सुकीले नेतृत्व गरेको प्रतिपक्षी दल नेसनल लिग फर डेमोक्रेसीले संसदमा बहुमत ल्यायो । अहिले उनकै सरकारले शासन सञ्चालन गरिरहेको छ ।

    रोहिग्या मुसलमान को हुन् ?
    म्यानमारको बहुसंख्यक समुदाय बौद्ध धर्ममा आस्था राख्छन् । कूल जनसंख्यामध्ये १० लाख यही रोहिग्या मुसलमानको छ । उनीहरू अवैध बंगलादेशी प्रवासी हुन्, यद्यपि उनीहरू पुस्तौपुस्तादेखि त्यही बसोबास गर्दै आएका हुन् । म्यानमार सरकारले उनीहरूलाई नागरिकता दिन चाहँदैन । उनीहरू नागरिक अधिकारको खोजीमा छन् । सन् २०१२ देखि त्यस क्षेत्रमा साम्प्रदायिक हिंसा जारी छ । यो समुदायको दुई सय परिवार नेपालको शरणमा आइपुगेको बताइन्छ । 

    हिंसाबाट हिन्दू पनि पीडित
    म्यानमारमा जारी हिंसाका कारण चार सयभन्दा बढी हिन्दूले पनि घर छाडेर हिँडेका छन् । घर छोड्नेहरूमा महिला र बालबालिकाको संख्या धेरै छ । केही हिन्दू परिवारका व्यक्तिको हत्या गर्नुका साथै घरमा आगो लगाइदिएपछि उनीहरू उक्त स्थान छोडेर हिँडेका हुन् । 
    काक्स बजारमा हिन्दू, बुद्धिस्ट, क्रिस्चियन युनिटी काउन्सिलका नेता स्वपन शर्माका अनुसार उखियाको शरणार्थी शिविरमा चार सय १२ हिन्दूलाई मन्दिर र वरपरको क्षेत्रमा शरण दिएर राखिएको छ । काक्स बजार जिल्ला प्रशासनले पनि उक्त घटनाको पुष्टि गरेको छ । 
    रमा कर्माकर आफ्ना दुई सन्तान च्यापेर रखाइन प्रान्तको रिक्ता गाउँमा बस्न आइपुगेकी थिइन् । म्यानमार सेनाले उनका पतिसमेत गाउँका केही व्यक्तिको गोली हानी हत्या गरिदिएको थियो । सेनाले नै उनीहरूको घरमा आगो लगाइदिएको आरोप रमाले लगाइन् । हिंसाले महिला र बच्चामाथि उत्पीडन गरेको छ । त्यसै कारण हिन्दू परिवार यतिबेला बंगलादेशतिर भाग्न बाध्य भएको छ । रिक्ता गाउँको अलावा चिआगछारी र फकिरा बजारको गाउँमा बसोबास गर्ने हिन्दूहरू आफ्नो घर छोडेर बंगलादेशतिर लागेका छन् ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…