Page header hundai

  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ नायिकाको प्रवेशको लहर नै चलेको छ । सुन्दरता र अभिनय क्षमता दुवै भएका नायिकाको प्रवेशले निर्माता निर्देशकलाई आफ्नो चलचित्रमा लिन सजिलो भएको छ । साम्राज्ञीराज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, मलिना जोशी, अश्लेषा ठकुरी, श्रद्धा प्रसाई, सपना घिमिरे, अदिती बुढाथोकीसँगै अब अर्की नायिकाको प्रवेश भएको छ । उनी हुन् दीपिका प्रसाईं । दीपिका ‘ऐश्वर्य’ चलचित्रमार्फत रजतपटमा डेब्यु गर्दैछिन् । 
    रमेश उपे्रेतीले निर्माण गरेको ‘ऐश्वर्य’ को हालै गीत र टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मको गुणस्तरीयतासँगै द्वन्द्वसमेत देखाइएको छ । सिनेमा हलमा ‘ए मेरो हजुर २’ सँगै यस टिजरलाई दर्शकले हेर्न पाउनेछन् । सार्वजनिक गीत ‘तिमी रोएको पल’ मार्फत चर्चामा आएको ‘ऐश्वर्य’ लाई टिजरले थप हाइप दिने विश्वास निर्माण पक्षको रहेको छ । 
    चलचित्रको टिजरमा गीतसँगै केही दृश्यको झलक देखाइएको छ ।  चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्ज‘न श्रेष्ठ, निर्मल शर्मा, तेंजु योञ्जनलगायतको अभिनय रहेको छ । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बरालको छायांकन रहेको ‘ऐश्वर्य’ आगामी कात्तिक ९ गते रिलिज हुनेछ । 
    गीत र टिजर हेर्दा दीपिका प्रसाईं निकै बोल्ड देखिन्छिन् । उनको सुन्दरताकै कारण गीत र टिजरलाई दर्शकले धेरै मन पराएका छन् । उनले अर्की नायिका केकी अधिकारीलाई ओझेलमा पारेकी छन् । ‘ऐश्वय’ चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्न पाउँदा उनी दंग देखिन्छिन् ।
    ‘पहिला त फिल्म गर्ने सोच नै थिएन, तर  कथावस्तु मन परेरै फिल्म गरेकी हुँ । पहिलो गीतबाट पाएको प्रतिक्रियाले निकै उत्साहित छु । चलचित्रमा मोडलिङ नै गरिरहेको देखिनेछु । फिल्ममा काम गर्दै गएपछि नेपाली फिल्मलाई अझै नजिकबाट चिन्ने मौका मात्र पाएको छैन, बदलिँदो मेकिङ शैलीले खुसी पनि छु,’ दीपिका भन्छिन् । आफू नवप्रवेशी भएकाले नेपाली चलचित्रबारे धेरै जानकारी नभए पनि पहिले सुनेको भन्दा नेपाली चलचित्रको मेकिङ शैली निकै राम्रो भइसकेको उनको भनाइ छ ।

    ‘रुद्रप्रिया’ सँग नजुध्ने भो ‘ऐश्वर्य’
    सुरुमा ‘ऐश्वर्य’ कात्तिक २ गते रेखा थापाले निर्माण गरेको ‘रुद्रप्रिया’ सँग एकैदिन प्रदर्शन हुने भनिएको थियो । तर, अहिले रिलिज डेट सारेर कात्तिक ९ गते पु¥याइएको छ । ‘हाम्रो टिमले वितरकको आग्रहलाई मानेर डेट सारेको हो । कलाकार नै निर्माता भएको फिल्म सँगै आउँदा घाटा लागे नि कलाकारलाई नै लाग्छ, त्यसैले टिमको निर्णयअनुसार हामी कात्तिक ९ गते आउँदैछौं,’ निर्माता तथा नायक रमेश उप्रेती भन्छन् । अमेरिकाबाट फर्केपछि रमेशले पहिलो पटक चलचित्र निर्माणमा हात हालेका हुन् । 
    उनले ‘ऐश्वर्य’ चलचित्रलाई स्टाइलिस बनाउन खोजेको बताए । ‘नेपालको सुन्दरतासँगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन् र हामी पनि कथाअनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उद्देश्य हो,’ उनले भने ।
    ‘ऐश्वर्य’ को निर्देशन दिवाकर भट्टराईले गर्दैछन् । उनले यसअघि ‘ड्रिम्स’ मा एसोसिएट डाइरेक्टर, स्टुपिड मन, जीवनसाथी जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।  ‘ड्रिम्समा एसोसिएट निर्देशक भएर काम गरिसकेपछि मेरो निर्देशनमा आउने नेक्स्ट फिल्मले दर्शकलाई निराश बनाउनु हुँदैन भन्ने सोचाइ थियो, जसलाई पूरा गरे जस्तो लाग्छ । फिल्ममा मैले स्टारडम देखाउने प्रयास मात्र गरेको छैन, एउटा क्वालिटीको फिल्म दर्शकसामु ल्याउने प्रयास पनि गरेको छु । फिल्मले सुपर मोडलको कथासँगै बिजनेसम्यानको जीवनशैलीलाई पनि प्रस्ट्याउनेछ । हरेक मान्छे ऐश्वर्य प्राप्तिका लागि संघर्ष गरिरहेको हुन्छ, यसैलाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौं,’ दिवाकर भन्छन् ।
    ‘ऐश्वर्य’ मा कलाकार प्रशान्त ताम्राकारले राम्रो भविष्य देखाएका छन् । टिजरबाटै चलचित्रमा उनको भूमिका कस्तो छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसअघि केही चलचित्रमा अभिनय गरे पनि प्रशान्तलाई धेरै दर्शकले मार्क गरेका छैनन् । तर, ‘ऐश्वर्य’ को टिजरबाटै प्रशान्तको फ्यानको संख्या ह्वात्तै बढेको छ । ‘यस फिल्ममा मलाई सुहाउँदो क्यारेक्टर गरेको छु । धेरै कुरा मैले खुलाउँदा मज्जा नआउला, तर टिजर हेरेर पनि तपाईले एक किसिमको अनुमान लगाइसक्नुभएको छ । यस फिल्ममा दर्शकले मलाई एक नयाँ अवतारमा हेर्न पाउनेछन्,’ प्रशान्त भन्छन् ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…