Page header hundai
  • सरला विक, सहसचिव, राप्रपा महिला संगठन


    राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले फुटेर दुई चिरा भएको छ । यद्यपि फुटेर जाने पशुपतिशमशेर जबराले निर्वाचन आयोगमा दल दर्ता गर्नसकेका छैनन् । यस्तो अवस्थामा पार्टीका कार्यकर्ताबीच अन्योलता छाएको छ । सत्ता र शक्तिको दुरुपयोग नगर्ने हो भने राणाले दल दर्ता गर्न नसक्ने ठम्याइँ राप्रपा महिला संगठनकी सहसचिव सरला विकको छ । उनी भन्छिन्, राणाले दाबी गरेका नौजना केन्द्रीय सदस्य अध्यक्ष कमल थापाको पक्षमा हुँदाहुँदै अर्को पार्टी कसरी दर्ता हुन्छ ? पार्टीको एजेन्डा, विवाद, नेताको चरित्रबारे सरलासँग तरुणले गरेको कुराकानी ः

    ० अध्यक्ष कमल थापाले त्यति धेरै केन्द्रीय सदस्य थप्दा पनि तपाईंलाई पारेन छन् नि ?
    – नपरेको होइन, मैले इच्छा नगरेको मात्र हुँ । पार्टीले जुन जिम्मेवारी दिएको छ, त्यसलाई सफलतापूर्वक अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीमा पद खोज्दै हिँड्नुभन्दा पनि पदले आफूलाई खोजोस् ।

    ० राप्रपाका नेताहरू एक ठाउँमा बस्न नसक्दा रहेछन् नि ?
    – विचार र भावना मिलेन भने एकै ठाउँमा बस्नुपर्छ भन्ने बाध्यता कसैलाई छैन । राजासहितको प्रजातन्त्र र नेपाललाई हिन्दू राष्ट्र बनाउने हाम्रो एजेन्डामा नअटाउनेहरू चोइटिएका छन्, यसलाई अन्यथा लिइराख्न आवश्यक छैन ।

    ० फुट्दा शक्ति क्षय भयो होला नि ?
    – हाम्रो पार्टीले अघि सारेको एजेन्डा केही नेताहरूलाई मन परेन होला, उहाँहरू अगल हुन खोज्दै हुनुहुन्छ । तर राप्रपालाई माया गर्ने कार्यकर्तामा कुनै द्विविधा छैन । पार्टी परिमार्जित र अझ सशक्त भएर जानेछ भन्ने हामीलाई विश्वास छ ।

    ० फुटेर जानेलाई के भन्नुहुन्छ ?
    – उनीहरू लोभीपापी हुन्, महाधिवेशनले दिएको म्यान्डेटमा हिँड्न नसक्ने पदका आकांक्षी मात्र हुन् । अहिलेको सरकारले सत्ताको लालच देखाएकाले उनीहरू पार्टी फुटाउनसमेत तयार भए, त्यस्ता नेतालाई जनताले नै सजाय दिनेछन् ।

    ० सबैलाई समेट्न नसक्नु अध्यक्ष कमल थापाको कमजोरी होइन ?
    – अध्यक्षबाट पनि केही कमीकमजोरी भयो होला, तर त्यसलाई सच्चाएर अघि बढ्नुपर्ने होइन र । फस्टम्यान हुन नपाउनुको पीडाले छटपटिएकाहरू नयाँ पार्टी दर्ता गर्न खोज्दैछन्, उनीहरू सफल हुँदैनन् ।

    ० राप्रपा (प्रजातान्त्रिक) दर्ता हुँदैन ?
    – कसरी हुन्छ ? अर्को पार्टीका केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर प्रयोग गरेर पार्टी दर्ता गर्न पाइँदैन । उनीहरूले दाबी गरेका नौजना केन्द्रीय सदस्य हामीसँगै हुनुहुन्छ । हामीसँग भएका व्यक्तिको हस्ताक्षर दुरुपयोग गरेर पार्टी दर्ता गर्नु कदापी न्यायोचित हुन सक्दैन ।

    ० अध्यक्ष कमल थापाले नेताहरू लुकाएका छन् भनिन्छ नि ?
    – त्यस्ता अराजनीतिक कुरा मलाई थाहा छैन ।

    ० अध्यक्ष थापा निरंकुश प्रवृत्तिका छन् भनिन्छ नि ?
    – हामीलाई त्यस्तो लाग्दैन । विधि विधानअनुसार पार्टी हाँक्दा निरंकुश भनिन्छ भने मेरो भन्नु केही छैन । पार्टीभित्र उत्पन्न विवादलाई छलफल र सहमतिमा टुंग्याउन नखोज्नेहरूले जे पनि भन्छन्, तिनीहरूको पछाडि लाग्न जरुरी छैन ।

    ० राप्रपा महिला संगठन फुटेको छैन ?
    – हाम्रो पार्टी फुटेकै छैन, केही व्यक्ति मन्त्री खान पार्टी छाडेर गएका हुन् । हाम्रो पार्टी कार्यकर्ताको पंक्ति तथा भ्रातृसंस्थामा कुनै विचलन आएको छैन । म सहसचिव रहेको राप्रपा महिला संगठनमा पनि एकाध व्यक्ति शक्तिको पछाडि लागेको गाइँगुइँ सुन्नमा आएको छ ।

    ० राप्रपामा भविष्य कस्तो देख्नुभएको छ ?
    – किन नदेख्नु ? हामी हाम्रो एजेन्डामा अडिग छौं । राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको लक्ष्यमा हामी एक दिन अवश्य पुग्नेछौं । अहिले राप्रपामा बिहान उज्यालो हुनुअघिको सन्नाटा छाएको छ । समयसँगै त्यो सन्नाटा हटेर उज्यालो हुनेछ ।

    ० के आधारले यस्ता कुरा भन्दै हुनुहुन्छ ?
    – नेता को कता छन् भन्नुभन्दा पनि हाम्रो पार्टीले अघि सारेको एजेन्डामा जनता सहमत छन् । एक दुई नेताले पार्टी छाडेर जाँदैमा प्रलय ठानिएको छैन, कार्यकर्ताले कुनै हीनताबोध र कमजोरीपन महसुस गरेका छैनन् । पार्टीभित्र फिल्टर भयो, अब राप्रपा नमुना बनेर आउने छ ।

    ० अबको निर्वाचनमा देख्न पाइन्छ ?
    – प्रजातन्त्रमा जनता नै न्यायाधीश हुन् भन्ने कुरा स्वयंसिद्ध तथ्य हो । त्यसकारण हामी हाम्रो एजेन्डा लिएर आगामी निर्वाचनमा जान्छौं । हाम्रो एजेन्डालाई जनताले साथ दिनेछन् भन्ने विश्वास हामीलाई छ ।

    ० तपाईंको चुनाव लड्ने ठाउँ कहाँ हो ?
    – काठमाडौं ठमेलकी हुँ, अहिले भ्रातृसंस्थामा जिम्मेवारी सम्हालेकी छु । चुनाव लड्नका लागि पहिले पार्टीले टिकट दिनुपर्छ । 

    ० राप्रपामा के आकर्षण देखेर लाग्नुभयो ?
    – व्यक्ति होइन, एजेन्डाको पछि लागेकी हुँ । हिन्दू धर्म र राजसंस्थाप्रति आस्था राख्छु । हाम्रो पार्टीले पनि राजासहितको प्रजातन्त्र भनेको छ । अहिले देशमा राजा नभएर जनता बाबुविनाको सन्तानजस्ता भएका छन् ।

    ० राजा भएको भए ?
    – देश समृद्धितिर लम्किन्थ्यो, जनता अनुशासित हुन्थे, अहिलेजस्तो अर्बौ भ्रष्टाचार गर्ने आँट कर्मचारीले गर्दैन थिए । राजनीतिक दलहरूले जति उछितो काटे पनि राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुन् भन्ने कुरा प्रमाणित हुँदै गएको छ त ।

    ० राजा फर्किन्छन् ?
    – राजा आफैले देश चलाउन केही समयका लागि राजनीतिक दललाई छाडिदिएका हुन् । उनीहरू असक्षम भएपछि जनताले पुनः राजालाई राजगद्दीमा राख्ने छन् ।

    ० कहिले ?
    – ठ्याक्कै मिति तोकेर भन्न सकिने कुरा होइन यो । राजनीतिमा विभिन्न आयाम हुन्छ, त्यस आयाममध्ये जनताले आवश्यक ठानेका दिन राजालाई राजदरबारमा फर्काउने छन् ।

    ० पक्का हो ?
    – यो कुनै मज्जाक होइन, विश्वासका साथ मैले यी कुरा भनिरहेको छु । मजस्ता लाखौं शुभेच्छुक राजा दरबार फर्केको हेर्न लालयित छौं ।

    ० राजनीतिबाहेक के गर्नुहुन्छ ?
    – समाजसेवा मेरो अर्को रुचिको विषय हो । विशेषगरी महिला र दलित समुदायलाई आत्मनिर्भर बनाउने, चेतना अभिवृद्धि गर्ने र उनीहरूका बालबालिकाको शिक्षामा योगदान पु¥याउन सक्रिय छु । 

    ० दलितका नाममा धेरै गैरदलित हाबी छन् नि ?
    – सामाजिक गतिविधिमा सक्रिय हुन थालेपछि मैले पनि यस्ता कुरा थाहा पाएकी हुँ । दलितको नाम कति दुरुपयोग भएको छ, त्यसबारे अझै खोज अनुसन्धान गर्दैछु ।

    ० विवाह गर्नुभयो ?
    – गरें, हाम्रो एरेन्ज म्यारेज हो, श्रीमान् जागिरे हुनुहुन्छ, दुई सन्तान छन् । एउटा छोरा उच्च शिक्षा हासिल गर्दैछ ।

    ० परिवारबाट राजनीति र समाजसेवाका लागि सहयोग पुगेको छ ?
    – परिवारको सहयोगबिना नेपाली समाजका महिला चटपटाउन सक्दैनन् ।

    ० के गर्दा घरमा शान्त वातावरण बन्दोरहेछ ?
    – महिलाले मात्र होइन, घरमा शान्त वातावरण बनाउन परिवारका सबै सदस्यको बराबर भूमिका हुन्छ । जिम्मेवारी अरुलाई थोपर्ने र आफू अनुकूल परिवारलाई हिँडाउन खोजियो भने विग्रह आउन सक्छ, त्यस्तो हुन दिनु हुँदैन ।

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…